आइतवार, जेष्ठ २०, २०८१
  • होमपेज
  • देश
  • महिला विश्वकप फुटबलमा अष्ट्रेलियालाई हराउँदै स्वीडेन तेस्रो

महिला विश्वकप फुटबलमा अष्ट्रेलियालाई हराउँदै स्वीडेन तेस्रो

  • शनिबार, भदौ २, २०८०
महिला विश्वकप फुटबलमा अष्ट्रेलियालाई हराउँदै स्वीडेन तेस्रो

काठमाडौं— अष्ट्रेलियालाई हराउँदै स्वीडेन महिला विश्वकप फुटबलमा तेस्रो भएको छ । शनिबार तेस्रो स्थानका लागि भएको खेलमा स्वीडेन २-० ले विजयी भएको हो ।

३० औं मिनेटमा फ्रिडोलिना रोल्फोको पेनाल्टी गोलमा स्वीडेनले अग्रता लिएको थियो । त्यसपछि ६२ औं मिनेटमा कोसोभारे अस्लानीले गोल गरेर स्वीडेनको जित सुनिश्चित गरिन् ।

हारपछि आयोजक अष्ट्रेलियाले भने चौथो स्थानमा चित्त बुझाएको छ । उपाधिका लागि स्पेन र इंगल्याण्ड भिड्नेछन् ।

चर्चामा

सम्बन्धित समाचार