आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • देश
  • बुढिगंगा २ बजेडीका १३ परिवारलाई कम्मल र त्रिपाल वितरण

बुढिगंगा २ बजेडीका १३ परिवारलाई कम्मल र त्रिपाल वितरण

  • बिहिबार, साउन ३२, २०८०
बुढिगंगा २ बजेडीका १३ परिवारलाई कम्मल र त्रिपाल वितरण

बाजुरा– बुढिगंगा नगरपालिका २ बजेडीका १३ परिवारलाई कम्मल र त्रिपाल वितरण गरिएको छ ।

 बर्षाैदेखि पहिराेकाे चपेटामा परेका र अहिले बर्षायममा अविरल बर्षाका कारण पहिरोको उच्च जोखिममा रहेका परिवारलाई कम्मल र त्रिपाल वितरण गरिएको बुढिगंगा नगरपालिका उपप्रमुख माया कुवर खड्काले बताएकी छन ।

पहिरो पिडितहरुलाई बुढिगंगा नगरपालिकाको समन्वय र नेपाल रेडक्रस सोसाइटी बाजुराको सहयोगमा राहत सामाग्री वितरण गरिएको उपप्रमुख खड्काले बताइन् ।

विगत लामो समयदेखि बजेडी गाउँ पहिरोको उच्च जोखिममा रहेको र त्याँहाको बस्ती स्थानान्तरणका लागि नगरपालिकाले पहल गरिरहेको उपप्रमुख खड्काले बताएकी छन ।

तत्काल बासँका लागि कम्मल र त्रिपाल वितरण गरिएको भएपनि दिर्घकालीन बसोबासका लागि सुरक्षित ठाउँ खोजेर पिडितहरुलाई स्थानान्तरण गरिने नगरउपप्रमुख खड्काले बताएकी छन ।

चर्चामा

सम्बन्धित समाचार