शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • देश
  • सन्दीप लामिछानेको मुद्दामा किशोरीकी आमाको जन्ममिति यकिन गर्न अदालतको आदेश

सन्दीप लामिछानेको मुद्दामा किशोरीकी आमाको जन्ममिति यकिन गर्न अदालतको आदेश

  • बिहिबार, साउन ३२, २०८०
सन्दीप लामिछानेको मुद्दामा किशोरीकी आमाको जन्ममिति यकिन गर्न अदालतको आदेश

काठमाडौँ- राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने प्रतिवादी रहेको बलात्कार मुद्दामा अदालतले पीडित किशोरीकी आमाको जन्ममिति यकिन गर्न आदेश दिएको छ ।

अदालतले पीडित किशोरी गौशाला–२६ की आमाको जन्ममिति फरक परेको भन्दै प्रमाणीकरणका लागि आदेश दिएको हो ।

नाबालिगको आमाको जन्ममिति एउटा कागजातमा २०५३ र अर्को कागजातमा २०३३ रहेको पाइएपछि जन्ममिति प्रमाणिकरण गर्न भनिएको हो । लामिछाने विश्वकप क्रिकेट प्रतियोगिता छनोटका लागि जिम्बावे प्रस्थान गरेपछि मुद्दाले निरन्तरता पाउन सकेको थिएन ।

अब भने उक्त मुद्दाको सुनुवाइ निरन्तर हुने भएको हो । यसअघि, नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसका काठमाडौँले लामिछानेलाई पूर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्चअदालत पाटनले रु २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

सर्वोच्च अदालतले लामिछानेलाई विदेशका प्रतियोगितामा भाग लिन जान पाउने आदेश गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार