कपिलवस्तु— जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा १० वर्षमा ३३ जनाले नेपाली नागरिकता परित्याग गरेका छन् ।
नेपाल नागरिकता ऐन २०६३ जारी भएपछि प्रशासन कार्यालयबाट नागरिकता लिएका उनीहरुमध्ये ३२ जना भारतीय र एक अमेरिकी नागरिक बनेका छन् ।
भारतमा व्यवसाय गर्न, जग्गा खरिद गर्न, नोकरी, मावली ससुरालीबाट सम्पत्ति पाएका, भारतमा विवाह भएका, स्थायी बसोबास गर्न र निर्वाचनमा उम्मेदवार हुन भन्दै उनीहरुले नागरिकता त्याग गरेका हुन् । त्यस्तै एकजनाले अमेरिकी नागरिक प्राप्त गर्न नागरिकता त्याग गरेका हुन् ।
नेपाली नागरिकता त्यागेको निस्सा भएपछि अर्को मुलकको नागरिक बन्न सजिलो हुने भएकाले त्यागेको सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताए ।