आइतवार, जेष्ठ १३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • त्यो औलाद जसले बाआमाकै अफ्सान गर्ला

त्यो औलाद जसले बाआमाकै अफ्सान गर्ला

  • बुधबार, साउन ३१, २०८०
त्यो औलाद जसले बाआमाकै अफ्सान गर्ला

आफ्नै औलादले आमा बाबालाई हैरान हुन्छ,
जिवन भरी जोगाएको इज्जत अफ्सान हुन्छ।

दुःख पाएकाहरूले खुसी खोज्छौँ औलादको,
आफ्नै योजनाले नै भविश्य सँग वेइमान हुन्छ।

जुन दलदलबाट हामि निस्कियौँ खसे उसैमा,
‘उफ!यही जिन्दगिमा हाम्रै कती उखान हुन्छ।

मयाँ नपाउँदा मयाँकै परिभाषा बुझ्न सकेनौँ,
अन्धो मयाँले नै हाम्रो जिवनमै धुनधान हुन्छ।

त्यो औलाद जसले बाआमाकै अफ्सान गर्ला,
उसैको गयर हाजिरीले पुरा घर सुनसान हुन्छ।

मलाई मायाँलेनै धेरै कुरा सिकायो भबिस्यमा,
जिवन सपार्ने र बिगार्ने यसैको योगदान हुन्छ।

चर्चामा

सम्बन्धित समाचार