सोमवार, जेष्ठ १४, २०८१
  • होमपेज
  • देश
  • गृहमन्त्री राजीनामा गर्न बाहेक रोष्ट्रममा जानु अनौठो : ओली

गृहमन्त्री राजीनामा गर्न बाहेक रोष्ट्रममा जानु अनौठो : ओली

  • आइतवार, साउन २८, २०८०
गृहमन्त्री राजीनामा गर्न बाहेक रोष्ट्रममा जानु अनौठो : ओली

काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री राजीनामा गर्नबाहेक अरु कामका लागि संसदको रोष्ट्रममा जानु अनौठो भएको बताएका छन् ।

एमालेले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले गृहमन्त्री असफल भइसकेको बताए । तर रोष्ट्रममा गएर ठूला गफ दिएको उनले बताए ।

‘गृहमन्त्रीले त रोष्टममा राजीनामा गर्न बाहेक जानु भनेको अनौठो कुरा हो’, ओलीले भने, ‘चुरोट भनेर ल्यायो सुन हुन्छ, सुन भनेको पक्राउ गर्‍यो, राखेको ठाउँबाट चोरी हुन्छ । गृहमन्त्री जवाफदेही होइन ?’

चर्चामा

सम्बन्धित समाचार