सोमवार, जेष्ठ १४, २०८१
  • होमपेज
  • देश
  • कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै

कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै

  • आइतवार, साउन २८, २०८०
कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै

काठमाडौँ– नेपाली कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै छ । गत शुक्रबार सुरु भएको संसदीय दलको बैठक आज पनि नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्न लागेको हो ।

राष्ट्रियसभा र प्रतिनिधिसभा कांग्रेस सांसदहरूलाई विभिन्न सात वटा एजेन्डामा केन्द्रित रहेर बोल्न समय दिइएको छ । शुक्रबारको बैठकमा केही सांसदले आफ्नो धारणा राखेका थिए भने बाँकीले आज आफ्नो धारणा राख्ने छन् ।

सांसदहरुले संसदको गतिरोध, प्रस्तावित विधेयकलगायतका विषयमा धारणा राख्ने छन् । गत शुक्रबारको बैठकमा बोल्ने सांसदहरुले सरकार कांग्रेस प्रति पूर्वाग्रही भएको आरोप लगाएका थिए ।

सांसद सुनील शर्माको गिरफ्तारी र रिहाइको विषय आजको बैठकमा पनि उठाइने बुझिएको छ ।

चर्चामा

सम्बन्धित समाचार