• होमपेज
  • देश
  • सबै काण्डहरुको एकमुष्ट छानबिन गरौं : बाबुराम भट्टराई

सबै काण्डहरुको एकमुष्ट छानबिन गरौं : बाबुराम भट्टराई

  • शनिबार, साउन २७, २०८०
सबै काण्डहरुको एकमुष्ट छानबिन गरौं : बाबुराम भट्टराई

वीरेन्द्रनगर — नेपाल समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकमा भएका सबै भ्रष्टाचारका काण्डहरुको एकमुष्ट छानबिन गर्नुपर्ने बताएका छन् । पार्टीको प्रशिक्षण अभियानका क्रममा सुर्खेत आएका नेता भट्टराईले यस्तो बताएका हुन् ।

उनले बहुदलकालका लाउडा काण्डदेखि ललिता निवास प्रकरण, नक्कली भुटानी सणरार्थी हुँदै सुनकाण्डसम्मका सबै खाले भ्रष्टाचारका काण्डहरु छानबिन गर्न स्वतन्त्र उच्च स्तरीय छानबिन गर्ने निकाय बनाएर एकमुष्ट छानबिन गर्नुपर्ने बताए । उनले भने, ‘मैले नियतबस कुनै गल्ती गरेको छैन। मेरो नेतृत्वको मन्त्रीपरिषद बैठकले सानो निर्णय गरेको रहेछ । सबै कुरा प्रधानमन्त्रीले थाहा पाउँदैनन् ।

पशुपतिको गुठीको जग्गा ललिता निवास भन्ने रहेछ । राजाको पालामा बिरताको बकसका नाममा दिएको रहेछ । त्यो जग्गा गुठीकै जग्गा गल्ती भएर समरजंग कम्पनीलाई ४ रोपनी फिर्ता गर्ने प्रस्ताव आएको रहेछ । त्यो निर्णय भएको हो । त्यो त्रुटि भएको हो भने छानबिन गरौँ । म छानबिनलाई सहयोग गर्छु ।’

उनले भने, ‘मुलुकमा भएको सबै अनियमितताका काण्डहरुलाई एकमुष्ट छानबिन गरौँ । त्यो छानबिन गर्ने निकाय मुलुकको कार्यकारीको छायामा पर्नु हुँदैन। त्यसले न्यायसँगत निर्णय गर्दैन । जो सत्तामा रहन्छ उसलाई जोगाएर सत्ता बाहिर रहेका इमान्दार व्यक्तिहरुलाई पनि फसाउने समस्या छ । यस्तो हुनु हुँदैन । दलभन्दा माथि उठेर छानबिन गर्ने र दोषीलाई सजाय र निर्दोषलाई उन्मुति दिनुपर्छ । जिम्मेबार निकायबाटै गैर जिम्मेबार व्यवहार हुनु हुँदैन।’

उनले अहिलेको निर्वाचन प्रर्णाली र व्यवस्थाले मुलुकलाई राजनीतिक स्थायित्व र समृद्धि दिन नसक्ने बताए । उनले भने, ‘अब पूर्ण प्रत्यक्ष निर्वाचन प्रर्णालीमा जानुपर्छ । प्रत्यक्ष निर्वाचन प्रणालीमा जाँदा महिलाको ठाँउमा महिला, दलितको ठाउमा दलित, जनताजिको ठाँउमा जनजाति बीच नै प्रतिस्पर्धा गराउनुपर्छ ।’

उनले मुलुकमा बैकल्पिक शक्तिको खाँचो झन बढ्दै गएको भन्दै नेपाल समाजवादी पाटी नेपालको बैकल्पिक शक्तिका रुपमा विकास हुँदै गएको दाबी गरे । उनले भने, ‘विगतका दिनहरुमा हामी हतारिएर विभिन्न शक्तिसँग गठबन्धन गर्ने, अर्कोको चुनाब चिह्रमा चुनाव लड्ने जस्ता कार्य गरियो । अब त्यो गर्दैनौँ ।’

चर्चामा

सम्बन्धित समाचार