• होमपेज
  • देश
  • सत्ता प्राप्ति राप्रपाको प्राथमिकता होइन : अध्यक्ष लिङ्देन

सत्ता प्राप्ति राप्रपाको प्राथमिकता होइन : अध्यक्ष लिङ्देन

  • शनिबार, साउन २७, २०८०
सत्ता प्राप्ति राप्रपाको प्राथमिकता होइन : अध्यक्ष लिङ्देन

काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीले सत्तालाई प्राथमिकतामा नराखेको दाबी गरेका छन् ।

३४औं अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय चाबहिलमा शनिबार आयोजित रक्तदान कार्यक्रमपछि सञ्चारकर्मीसँग उनले सत्तालाई राप्रपाले प्राथमिकतामा नराखेको जनाए । उनले कांग्रेस सांसद सुनील शर्मालाई पक्राउ गर्ने र अर्को दिन नै छोड्ने कुरा छलफलको विषय बनेको जनाए ।

उनले सत्ता पक्षका सांसद शर्माले सत्ता पक्षकै मन्त्रीहरुमाथि प्रश्न उठाएर राजीनामा माग्दा पक्राउ गरिएको आरोप लगाए । अध्यक्ष लिङ्देनले सांसद शर्मालाई छोड्ने र अन्य चिकित्सकलाई थुनामै राख्ने कुराको छलफल गर्नुपर्ने माग गरे ।

‘डा. सुनील शर्मा पक्राउ प्रकरण यो पहिला नै अनुसन्धान सकिएर बसेको थियो । अहिले नै किन कार्यान्वयन गरियो ? यति नै बैला, सुनील शर्माले सत्ता पक्षकै सांसद भएर पनि सरकारका मन्त्रीहरु र सुन तस्कर र भ्रष्टाचारप्रति सरकारपक्षमै मन्त्रीहरुमाथि औंला उठाउनुभयो,’ उनले भने, ‘समातेर किन फेरि छोड्नुपर्ने र अरुलाई किन थुनामै राख्नुपर्ने परिस्थिति भयो, त्यो बारेमा अब यो छलफलको विषय हुँदै छ, राप्रपाले अहिले सत्तालाई प्राथमिकतामा राखेको छैन ।’

अध्यक्ष लिङ्देनले नेपाली युवाहरु राजनीति काम छैन भनेर पर बस्ने नभई राजनीतिमा हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने धारणा राखे

चर्चामा

सम्बन्धित समाचार