सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • देश
  • कर्म होइन काममा भर परौँ मानव औतार सबै

कर्म होइन काममा भर परौँ मानव औतार सबै

  • बुधबार, साउन २४, २०८०
कर्म होइन काममा भर परौँ मानव औतार सबै

सुरेशकुमार पाण्डे— गजल!

कर्म होइन काममा भर परौँ मानव औतार सबै,
नपरौँ भ्रममा अन्धविस्वासभित्र खबरदार सबै।

को देखेर आयो खै स्वर्ग नर्क आकास पत्ताल,
यो समाजलाई भ्रममुक्त गरौँ हामी बारबार सबै।

कसैले राजनीति गरे तिम्रैछातिमा भ्रमको खेती,
अहिलेसम्म गरिबकै लागि बनेनन् सरकार सबै।

लिएर जाने केही छैन अन्तिम यात्रा रित्तो हुन्छ,
नबनौँ एक आर्काको पराण लिने हतियार सबै।

देश बिदेश राजनीति पाशा थापेर पेट पाल्छन,
कोही कसैको होइन हो ऐयासीको आधार सबै।

जसले जे भोग्यो त्यही भन्छन् सच्चा मानिसले,
देशलाई त पारिसके दलालहरू नाङ्गेझार सबै।

गरिबको मुक्तिको नाउँमा गरिबकै बास भुट्छन्,
अब त बुझ्नैपर्छ देखेर उनिहरूकै व्यवहार सबै।

चर्चामा

सम्बन्धित समाचार