शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • देश
  • जमैकालाई हराउँदै कोलम्बिया महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा

जमैकालाई हराउँदै कोलम्बिया महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा

  • मङ्लबार, साउन २३, २०८०
जमैकालाई हराउँदै कोलम्बिया महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा

काठमाडौं — जमैकालाई १–० ले पराजित गर्दै कोलम्बिया महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

मेलबर्नमा कोलम्बियाको कप्तानी गरेकी क्याटालिना उस्मेले ५१ औं मिनेटमा निर्णायक गोल गर्दै क्वार्टरफाइनलमा इंग्ल्यान्डसँगको भेट पक्का गरेकी हुन् । यी दुईबीचको क्वार्टरफाइनल खेल शनिबार सिड्नीमा हुने छ ।

कोलम्बिया महिला विश्वकपको अन्तिम आठमा पुगेको यो पहिलो पटक हो । खेलको ३२१ मिनेटपछि खाएको एउटा गोलले जमैका भने घर फर्कन बाध्य भयो ।

चर्चामा

सम्बन्धित समाचार