सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • देश
  • मकवानपुर पहिरो अपडेट : एक जनाको मृत्यु, ६ जना बेपत्ता

मकवानपुर पहिरो अपडेट : एक जनाको मृत्यु, ६ जना बेपत्ता

  • मङ्लबार, साउन २३, २०८०
मकवानपुर पहिरो अपडेट : एक जनाको मृत्यु, ६ जना बेपत्ता

मकवानपुर– मकवानपुरको बागमती गाउँपालिका–५ सिग्रे मा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ । घटनामा तीन बालबालिकासहित ६ जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बागमती–५ सिग्रे देभानका अक्कलबहादुर स्याङतानको घर पहिराले पुरिएको हो । पहिरोमा परी अक्कलबहादुरकी श्रीमती ५५ वर्षीया सन्तमाया स्याङतानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, अक्कल बहादुर, उनकी छोरी शिला स्याङतान, ज्वाइँ जीवन पहरी, नाति चार वर्षीय मिलन पहरी, डेढ वर्षीया नातिनी दिव्या पहरी र पाहुना सिन्धुली हरिहरपुरका १६ वर्षीय पासाङ पहिरोमा पुरिएर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरी पुगेर उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए । khabarhup

चर्चामा

सम्बन्धित समाचार