सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • देश
  • प्रतिनिधिसभाको बैठक भोलि ३ बजेसम्मलाई स्थगित

प्रतिनिधिसभाको बैठक भोलि ३ बजेसम्मलाई स्थगित

  • सोमवार, साउन २२, २०८०
प्रतिनिधिसभाको बैठक भोलि ३ बजेसम्मलाई स्थगित

काठमाडौं — प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ ।

संसदको अवरोध खोल्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सहमति नजुटेपछि सूचना टाँसेर स्थगित भएको हो ।

संघीय संसद सचिवालयले सूचना टाँसेर प्रतिनिधिसभाको बैठक २३ साउनको दिउँसो ३ बजे बस्ने जानकारी दिएको छ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन राजस्व अनुसन्धान विभागले २ साउनमा सिनामंगल क्षेत्रबाट बरामद गरेको थियो । सो प्रकरणमा प्रधानमन्त्री कार्यालय मातहतको राजस्व अनुसन्धान विभागले राजस्व चुहावटसम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको थियो ।

तर नेकपा एमालेले सरकारी अनुसन्धानमा आफूहरुलाई विश्वास नभएको भन्दै सुन तस्करी छानबिनमा उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राखेको छ ।

उसले यही माग राखेर १० साउनदेखि लगातार संसद अवरोध गर्दै आएको छ । पछिल्लो पटक सोमबार दिउँसो १ बजेलाई बैठक बोलाइएको थियो । बैठकअघि नै संसद अवरोध खोल्ने विषयमा छलफल थर्न सभामुख देवराज घिमिरेले प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीको बैठक राखेका थिए ।

सोमबार दिउँसो साढे १२ बजे बसेको बैठकमा सहमति नजुटेपछि नेताहरु साढे ३ बजे फेरि बैठक बस्ने गरी उठेका थिए । त्यसपछि संसद बैठक पनि सूचना टाँसेर ४ बजेका लागि सारिएको थियो । अपरान्ह ४ बजे बसेको शीर्ष नेताको बैठकले पनि संसदको अवरोध खोल्ने ठोस सहमति नभएपछि संसद बैठक मंगलबारसम्मलाई सारिएको हो ।

चर्चामा

सम्बन्धित समाचार