बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • देश
  • पहिरोले बेतालमाण्डौ डोगडी सडकखण्ड अवरुद्ध, एक नहरसमेत बगायो

पहिरोले बेतालमाण्डौ डोगडी सडकखण्ड अवरुद्ध, एक नहरसमेत बगायो

  • शनिबार, साउन २०, २०८०
पहिरोले बेतालमाण्डौ डोगडी सडकखण्ड अवरुद्ध, एक नहरसमेत बगायो

बाजुरा — शुक्रबार राति आएको अबिरल बर्षाले बेतालमाण्डौ देखी खप्तड छेडेदह गाउँपालिको केन्द्र जोड्ने सडकखण्ड अवरुद्ध भएको छ । सडक अवरुद्ध हुदा खप्तड छेडेदह गाउपालिकाका स्थानियलाई पालिका बाहिर आउजाउ गर्न समस्या भएको छ ।

सडक खण्ड अबरुद्ध भएसंगै बेतालमाडौ बजार तथा उपचारका लागि अछामको बयलपाटा जानका लागि समस्या भएको छ ।  No description available.

साथै सडकसंगै खप्तड छेडेदह ३ का विभिन्न गाउका नहरहरु समते बगाएको छ । अबिरल बर्षासंगै आएको पहिरोले वडा नम्बर ३ पुडावालामा करिब २० लाखभन्दा बढिको लागतमा भर्खरै निर्माण गरिएको नहर क्षेदविक्षेद भएको स्थानिय गोपाल बुढाले बताएका छन । गएको आर्थिक बर्षमै निर्माण सम्पन्न नहर एकै हिजो एकै राति पहिराले बगाई दियो बुढाले बताए ।

त्यस्तै बेतालमाडौ हुदै खप्तड छेडेदह गाउँपालिकाको केन्द्र जोड्ने सडक खण्डको मालझुली बजार नजिकै पल्टेढ्ङगामा माथिबाट आएको पहिरोले अबरुद्ध गरेको स्थानिय बुढाको बताए ।

बर्षाले क्षेदविक्षेद गरेको नहर र अबरुद्ध सडक तत्काल सुचारु गर्न वडा तथा गाउँपालिकाले ध्यान दिनुपर्ने स्थानिय नरेश धामीले बताए । बर्षात सुरु भएसंगै वडाका सबैजसो टोलहरु पहिरोको उच्च जोखिममा परेका छन ।

वडाका धनाल्त, टुनिसैन, धुर्तोला लगायतका बस्तीका नागरिकहरु निरन्तर बर्षा सुरुभएपछि झनै त्रसित बनेका छन । सो वडाका सम्पूणर् टोलहरुमा भर्खरै डोजर लगाएर सडकहरु निर्माण गरिएकाले अहिलेको बर्षायाममा पहिरोको जोखिममा परेका छन । No description available.

यसरी लगातारको अबिरल बर्षाले गाउँपालिकाका ठाउँ ठाउँमा सडक अबरुद्ध हुनुका साथै जमिनसमेत बगाइसकेको स्थानियहरुले बताएका छन । त्यस्तै अबिरल बर्षाले गाउँपालिकाकाे वडा नम्बर २ पिपल गाउँमा पनि दर्जनाै घर पहिराेकाे उच्च जाेखिममा परेका त्याहाका  स्थानियहरुले बताएका छन । 

यस बिषयमा खप्तड छेडेदह गाउपालिका ३ का कार्यवाहक वडा अध्यक्ष मन बहादुर धामीले भने वडा अध्यक्ष काम बिशेषले बाहिर रहेकाले उँहा आइपुगे पछि त्याँहाको सडक सुचारुगर्ने लगायतका बिषयमा छलफल गरिने बताएका छन । No description available.

No description available.

चर्चामा

सम्बन्धित समाचार