शुक्रबार, जेष्ठ ११, २०८१

बझाङमा एक जना बेपता

  • शुक्रबार, साउन १९, २०८०
बझाङमा एक जना बेपता

अर्थजङ्ग शाही — बझाङमा एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बुंङ्गल नगरपालिका ३ विर्पैयाँका करिब ४० वर्षीय धनबहादुर बोहरा रहेका छन् ।

उनी बुङ्गल नगरपालिकाका कार्यालय सहयोगीसमेत रहेको इलाका प्रहरी चौकी बिजगडाले जनाएको छ । बोहरा नगरपालिकाबाट घर नफर्केको र उनले लगाएको चप्पल कालङ्गा नदिको किनारमा बिजगडा पुलको नजिक भेटिएको प्रहरीले जनाएको छ ।

बिहीबार साँझदेखि बोहरा घर नफर्किएपछि परिवारले उनको खोजी गर्दा बिजगडा पुल नजिक चप्पल भेटाएको हुँदा उनी कालंगा नदीमा खसेको वा नखसेको यसबारे आधिकारिक रुपमा भन्न नसकिने इलाका प्रहरी चौकी बिजगडाले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार