सोमवार, जेष्ठ १४, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • भारतकाे केदारनाथमा पहिराेमा परी १७ नेपाली बेपत्ता

भारतकाे केदारनाथमा पहिराेमा परी १७ नेपाली बेपत्ता

  • शुक्रबार, साउन १९, २०८०
भारतकाे केदारनाथमा पहिराेमा परी १७ नेपाली बेपत्ता

 भारतकाे उत्तराखण्डमा पहिराेले हाेटल बगाउँदा १७ जना नेपाली बेपत्ता भएका छन् । बेपत्ता हुनेमा कर्णाली प्रदेशको जुम्ला र हुम्लाका मात्रै १० जना छन् ।

केदारनाथ प्रवेश गर्ने सडकखण्डको रुद्रप्रयागमा पहिराेले हाेटल बगाउँदा १७ जना नेपाली बेपत्ता भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन । बेपत्ता हुनेमा जुम्लाका चन्द्र कामी, उनका छाेरा लालबहादुर कामी, सुखरा रावत र उनका छाेरा जाेरा रावत रहेका छन् ।

हुम्लाका वीरबहादुरले गाैरीकुण्डमा हाेटल सञ्चालन गर्दै आएका थिए । उनकाे हाेटलमा खाना खान गएका बेला पहिरोले हाेटल बगाएको हो । पहिराेमा परेर हाेटल सञ्चालक वीरबहादुर उनकी श्रीमती सुमित्रा, छाेरी निशा र छाेरा हरिबहादुर पनि बेपत्ता भएका छन् । उनीहरूकाे थर भने खुलेकाे छैन । वीरबहादुरकै हाेटलमा खाना खान गएका धर्मराज बुढा र उनका छाेरा मानबहादुर बुढा पनि बेपत्ता छन् ।

यस्तै, पहिरोमा परी अमर बोहरा, उनका छाेराहरू मानबहादुर, पृथ्वी, जटिल र वकिल, श्रीमती अनिता, छाेरीद्वय राधिका र पिंकी पनि बेपत्ता भएका छन् । तर, उनीहरू कुन ठाउँका हुन् भने खुलेको छैन । बेपत्ता भएका सबैकाे खाेजी भइरहेको उत्तराखण्ड प्रहरीले जनाएको छ । याे क्षेत्रमा भारी वर्षा भइरहेकाले उद्दार तथा खाेजीमा कठिनाइ भएको बताइएको छ ।

चर्चामा

सम्बन्धित समाचार