सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • देश
  • सुदूरपश्चिममा १५ दिनमै अनियमितता विरुद्धका ७७ उजुरी अख्तियारमा दर्ता

सुदूरपश्चिममा १५ दिनमै अनियमितता विरुद्धका ७७ उजुरी अख्तियारमा दर्ता

  • बुधबार, साउन १७, २०८०
सुदूरपश्चिममा १५ दिनमै अनियमितता विरुद्धका ७७ उजुरी अख्तियारमा दर्ता

धनगढी —  नयाँ आर्थिक वर्ष सुरु भएसँगै सुदूरपश्चिम प्रदेशभित्र आर्थिक अनियमितताका उजुरी बढ्न थालेको छ।

सबैभन्दा बढी उजुरी स्थानीय तहसँग सम्वन्धित छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा आर्थिक वर्ष २०८०/८१ सुरु भएसँगै अनियमिता विरुद्धका उजुरी बढ्न थालेको हो। सार्वजनिक पद धारण गरकै व्यक्ति एवं सार्वजनिक संघसंस्थाबाट अनियमितता हुने गरेको भन्दै अख्तियारमा उजुरी आउनेक्रम बढेको कार्यालयले जनाएको छ।

चालु आर्थिक वर्षको पहिलो महिना, साउन १५ गतेसम्म सुदूरपश्चिमका विभिन्न क्षेत्रबाट गरी ७७ उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा दर्ता भएका छन्। सबैभन्दा बढी हुलाक सेवाबाट ४१, समाचार पत्रको आधारमा एक, लिखित १४ तथा इमेलबाट १९ उजुरी दर्ता भएको कार्यालयले जनाएको छ।

संघ, प्रदेश र स्थानीय तहबाट सञ्चालित योजनामा भइरहेको आर्थिक अनियमितता विरुद्ध अख्तियारमा सबैभन्दा बढी उजुरी पर्ने गरेका छन्। कुल उजुरीमध्ये ३५ प्रतिशतभन्दा बढी स्थानीय तहसँग सम्वन्धित उजुरी रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले बताएको छ।

चालु आर्थिक वर्ष सुरु भएसँगै अनियमितता विरुद्धका उजुरी एकपछि अर्को बढ्दै गएको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार फेसबुक, भाइबर, हुलाक तथा लिखित रुपमा अनियमितता सम्वन्धि उजुरी दिने व्यवस्था गरिएको छ।

अख्तियारमा परेका उजुरीमाथि उजुरीको प्रकृति हेरेर अनुसन्धान गर्ने काम भइरहेको समेत कार्यालयले जनाएको छ। दिनेश खबरबाट

चर्चामा

सम्बन्धित समाचार