• होमपेज
  • देश
  • प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै

प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै

  • मङ्लबार, साउन १६, २०८०
प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै

संवैधानिक परिषद्को बैठक मंगलबार बस्दै छ। परिषद्को बैठक अपराह्न ४ बजे सिंहदरबारमा बस्ने उपसभामुख इन्दिरा रानामगरले जानकारी दिइन्।

‘अहिलेसम्म बैठक बस्ने नै भन्ने छ,’ उनले सेतोपाटीसँग भनिन्। आज बस्ने संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश सिफारिस गर्ने छ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि साउन २० गते सकिँदै छ। पदावधि सकिन एक महिना बाँकी छँदै नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्नेमा सरकारले संविधानको उल्लंघन गरेको छ।

संवैधानिक परिषद् बैठक बोलाउने सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गरेका थिए।

आज बस्ने बैठकले विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीश सिफारिस गर्ने छ। श्रेष्ठ वरीयताक्रममा अगाडि छन्।

चर्चामा

सम्बन्धित समाचार