आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • देश
  • मधेश प्रदेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा

मधेश प्रदेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा

  • सोमवार, साउन १५, २०८०
मधेश प्रदेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा

काठमाडौं — मधेश प्रदेशमा जनमत पार्टीका तर्फबाट सरकारमा सहभागी एक मन्त्री र एक राज्यमन्त्रीले पदबाट राजीनामा दिएका छन् ।

लामो समयदेखि बिना विभागीय मन्त्रीकारुपमा रहेका वसन्त कुशवाहा र सञ्जयकुमार यादवले सोमबार पदबाट राजीनामा दिएका हुन् ।

कुशवाहाले सम्हालेको भूमि व्यवस्था कृषि तथा सहाकारी मन्त्रालय जेठ ९ मा मुख्यमन्त्री सरोजकुमार यादवले खोसेर एकीकृत समाजवादीका गोविन्द न्यौपानेलाई नियुक्त गरेका थिए ।

दुवैलाई हटाएर अब हुने मन्त्रिपरिषद् विस्तारमा जनमतले प्रमुख सचेतक चन्दन सिंह र राज्यमन्त्रीका लागि मञ्जु खंगलाई पठाउने तयारी गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार