बिहिबार, जेष्ठ १०, २०८१
  • होमपेज
  • देश
  • कोशीको मुख्यमन्त्रीमा माओवादी केन्द्रको पनि दाबी

कोशीको मुख्यमन्त्रीमा माओवादी केन्द्रको पनि दाबी

  • आइतवार, साउन १४, २०८०
कोशीको मुख्यमन्त्रीमा माओवादी केन्द्रको पनि दाबी

काठमाडौं — सत्ता गठबन्धनमा कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रले पनि दाबी गरेको छ ।

सत्ता गठबन्धनका तीन दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरुले आइतबार बिहान कोशीका संसदीय दलका नेताहरुसँग छलफल गरेका थिए । बालुवाटारमा भएको छलफलमा माओवादी दलका नेता इन्द्र आङ्बोले मुुख्यमन्त्रीमा आफ्नो दाबी रहेको बताएका थिए ।

मुख्यमन्त्री समेत रहेका कांग्रेस संसदीय दलका नेता थापाले पनि दाबी गरेका छन् । तर गठबन्धनमा रहेको अर्को दलले बहुमत पुर्याउन सक्छ भने नेतृत्व छाड्नसक्ने संकेत उनले गरेको बैठकमा सहभागी एक नेताले बताए ।

कोशीमा यसअघि असारमा पनि आङ्बोको नेतृत्वमा सरकार बनाउने लगभग सहमति भएको थियो । तर शीर्ष तहमा कांग्रेसले मुख्यमन्त्री लिने सहमति भएपछि २१ असारमा कांग्रेस संसदीय दलका नेता थापा मुख्यमन्त्री बने ।

११ साउनमा सर्वोच्च अदालतले थापाको नियुक्ति बदर गर्यो । सरकार गठनका लागि थापाले पेश गरेको दाबीपत्रमा सभामुख बाबुराम गौतमको हस्ताक्षर गर्नु असंवैधानिक भएको भन्दै सर्वोच्चले थापाको नियुक्ति बदर गरेको थियो । साथै १७ गतेभित्र संविधानको धारा १६८(२) अनुसार सरकार गठन गर्न परमादेश दिएको थियो ।

त्यसअनुसार प्रदेश प्रमुखले १६ गते अपराह्न ५ बजेसम्म दाबी पेश गर्न दलहरुलाई आह्वान गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार