शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • यौन स्वास्थ्य
  • बाजुरामा गर्भवती तथा सुत्केरी चेकजाँच बाफत पैसा उठाउदै स्वास्थ्य संस्था

बाजुरामा गर्भवती तथा सुत्केरी चेकजाँच बाफत पैसा उठाउदै स्वास्थ्य संस्था

मार्तडी र कोल्टिमा भिडियो एक्सरेको ४ सय शुल्क

  • आइतवार, साउन १४, २०८०
बाजुरामा गर्भवती तथा सुत्केरी चेकजाँच बाफत पैसा उठाउदै स्वास्थ्य संस्था
बाजुरा — नेपाल सरकारले गर्भवती तथा सुत्केरीले सरकारी स्वास्थ्य संस्थामा चेकजाँच तथा सेवा लिएर बाफत सम्पुर्ण सेवा निशुल्क हुने व्यबस्था गरेको छ ।
तर बाजुराका स्वास्थ्य संस्थाले गर्भवती तथा सुत्केरीबाट चेकजाँच, भिडियो एक्सरे, प्रयोगशाला चेकचाँज बाफत पैसा लिने गरेको छ । 
जिल्ला अस्पताल बाजुरा र कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रले एकपटक गर्भवतीले भिडियो एक्सरे गरे बाफत ४ सय लिने गरेको पाईएको छ । चेकजाचँ गर्न आएका गर्भवती तथा सुत्केरी बाट बिल काटेर पैसा अशुल्ने गरेको पाईएको छ । 
आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम निर्देशिका २०७८ को परिच्छेद २ र ३ मा सम्पुर्ण सेवा निशुल्क भनिएको छ ।
निर्देशिकामा “सेवाग्राही महिलालाई आवश्यक पर्ने सम्पूर्ण प्रयोगशाला जाँच, औषधी, उपकरण र सामान खरीद गरी सेवाग्राहीलाई अनिवार्य रुपमा निःशलु्क सेवा उपलब्ध गराउनु पर्ने छ ।
सेवा प्रदायक स्वास्थ्य संस्थाले सेवाग्राही महिलालाई औषधी, उपकरण, सामान, प्रयोगशाला शुल्क वा सेवा आदि वापत कुनै पनि शुल्क लिन पाईने छैन” उल्लेख गरिएको छ ।
जिल्ला अस्पताल बाजुरामा भिडियो एक्सरे बाट पैसा लिने गरेको अस्पतालमा कार्यरत स्टाफनर्स निशा रोकायाले वताएकि छन् । कम्तिमा चारपटक नियमित गर्भजाँचका बेला निशुल्क त अनिवार्य गर्नुपर्ने त्यो हुन नसकेको उनले वताईन् ।
सरकारले गर्भवती तथा सुत्केरीबाट चेकजाँच कुनै पैसा नलिनुपर्ने हो, तर अस्पतालले लिने गरेको उनले वताइन्, यो बारेमा कोही बोल्दैन्न, पहिला देखी पैसा लिने गरेको रोकायाले थपिन् । 
कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रले पनि गर्भवती चेकजाँचको बाफत रकम लिने गरेको छ । बुढिनन्दा नगरपालिका ५ बस्ने डम्मरा बम मल्ले गर्भजाँच अन्तर्गत भिडियो एक्सरे बाफत ४ यस तिरेको वताईन् । उनले कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा चेक गराएकि हुन् ।
बुढिनन्दा नगरपालिका स्वास्थ्य संयोजक आमेजङ्ग शाहीका अनुसार महिनाको १२ र १३ गते निशुल्क सेवा दिने गरेको बाँकि समय भिडियो एक्सरे बाफत ४ लिने गरेको वताएका छन् ।
स्वास्थ्य ब्यबस्थापन समितिको निर्णय अनुसार पैसा लिने गरेको उनले वताए । साथै भिडियो एक्सरे चिकित्सले हेर्ने भएकाले पैसा लिने गरेको शाहीले थपे । 
केही स्वास्थ्य संस्थाले अन्य प्रयोगशालामा केही निशुल्क गरेपनि केहीले भने पैसा अशुल्ने गरेको पाईएको छ । सरकारले कार्यनिर्देशिका बनाएर निशुल्क सेवा दिने कागजमा उल्लेख गरेपनि कार्यनवयन भने नभएको स्थानिय रबिन्द्र रोकायाले वताएका छन् । धेरै गर्भवती आमा अहिले पनि नियमित गर्भजाँच नगर्ने गरेको पाईएको छ । 
जिल्ला अस्पताल बाजुराका सुचना अधिकारी नृपराज गिरीले भिडियो एक्सरे बाफत पैसा लिने स्वीकार गरेका छन् । आफुलाइ कुनै जानकारी थिएन्, पैसा लिने गरेको रहेछ, अब बाट भने निशुल्क गर्ने गिरीले वताएका छन् । 
सरकारले घर घरमा गएर गर्भवतीको चेकजाचँ र भिडियो एक्सरे गरेको वताएको पाइन्छ । बाजुरामा ४ बर्षमा १२ जना सुत्केरीको मृत्यु भएको छ ।
समयमै उपचार नपाउदा बाजुराका महिलाले अकालमै ज्यान गुमाउनु परेको छ । २०७६ सालमा ५ जना, २०७७ सालमा १ जना, २०७८ मा २ जना र २०७९ मा ४ जना सुत्केरीको मृत्यु भएको छ ।

चर्चामा

सम्बन्धित समाचार