शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • देश
  • दीपेन्द्रको औसत प्रदर्शन, मोन्ट्रियल टाइगर्सको पहिलो हार

दीपेन्द्रको औसत प्रदर्शन, मोन्ट्रियल टाइगर्सको पहिलो हार

  • बिहिबार, साउन ११, २०८०
दीपेन्द्रको औसत प्रदर्शन, मोन्ट्रियल टाइगर्सको पहिलो हार

 नेपाली क्रिकेटेर दीपेन्द्र सिंह ऐरी सम्मिलिति मोन्ट्रियल टाइगर्सले ग्लोबल टी२० क्यानडा क्रिकेट लिगमा पहिलो हार बेहोरेको छ ।

दीपेन्द्रले औसत प्रदर्शन गरेको खेलमा मोन्ट्रियल टाएगर्स ब्राम्पटन वल्भससँग १५ रनले पराजित भयो । खेलमा दीपेन्द्रले २८ रन बनाएका थिए र टिमका लागि यो शकिब अल हशनसँगै व्यक्तिगत उच्च स्कोर रह्यो ।

लगातार तीन खेल जितेको मोन्ट्रियलको यो पहिलो हार हो ।

ब्राम्पटनका कोलिन डे ग्रान्डहोम र लोगा भान बिकले उत्कृष्ट बलिङ गरेपछि १४४ रनको लक्ष्य पछ्याएको मोन्ट्रिलए टाइगर्स ५ बल अगावै १२८ रनमा अलआउट भयो ।

मोन्ट्रियलका लागि शकिबले २१ बल र दीपेन्द्रले २४ बलमा समान २८ रन बनाए पनि पर्याप्त भएन । २४ बल खेलेका दीपेन्द्रले २ चौका प्रहार गरेका थिए । दिलप्रित सिंहले २४ रन बनाए ।

ब्राम्पटनका लोगा भान विकले ३ तथा कोलिन डे ग्रान्डहोमले २ विकेट लिए । शाहिद अहमदजाईले पनि २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ब्राम्पटनले १९.५ ओभरमा सबै विकेट गुमाएर १४३ रन बनाएको थियो । ब्राम्पटनका लागि कोलिन डे ग्रान्डहोमले ४० बलमा ७ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ५६ रन बनाए ।

उस्मान खानले ३३ तथा मार्क च्यापम्यानले २१ रन जोडे ।

मोन्ट्रियलका कार्लोस ब्रेथवेइटे र आयन अफजल खानले ४-४ विकेट लिए । २ ओभर बलिङ गरेका दीपेन्द्र सिंह ऐरीले २० रन खर्चेर विकेटविहिन भए ।

चर्चामा

सम्बन्धित समाचार