• होमपेज
  • समाज
  • भारतको महाराष्ट्रमा पहिरो जाँदा २७ जनाको मृत्यु, करिब ६० जना बेपत्ता

भारतको महाराष्ट्रमा पहिरो जाँदा २७ जनाको मृत्यु, करिब ६० जना बेपत्ता

  • सोमवार, साउन ८, २०८०
भारतको महाराष्ट्रमा पहिरो जाँदा २७ जनाको मृत्यु, करिब ६० जना बेपत्ता

 भारतको महाराष्ट्र राज्यमा गएको पहिरोमा परी २७ जनाको मृत्युभएको छ भने करिब ६० जना बेपत्ता भएका छन् ।

मुम्बईबाट करिब एक सय किलोमिटर टाढा अवस्थित रायगड जिल्लाको एउटा गाउँमा बिहीबार मनसुनसँगै खसेको पहिरामा परी ज्यान गुमाएका २७ जनाको शव भेटिएका उद्धारकर्मीले बताएका छन् ।

भग्नावशेषमा खोजी भइरहेको रायगड जिल्ला अधिकारी योगेश म्हसेले एएफपीलाई बताएका छन् । मूल सडकबाट करिब पाँच किलोमिटर टाढा घटनास्थल रहेको तथा त्यहाँ भारी यन्त्र पुग्ने बाटो नभएकाले मानिसले नै साना यन्त्रको सहयताले खोजी गरिरहेका उनले बताए ।

उक्त क्षेत्रमा अविरल वर्षा भइरहेकाले खोजलाई चुनौतीपूर्ण बनाएको छ । जिल्ला अधिकारी म्हसेले खोज तथा उद्धार चौथो दिनमा प्रवेश गरेको र जीवित भेटिनेमा आफू आशावादी नभएको बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार