बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • राजनीति
  • एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

  • शुक्रबार, असार २९, २०८०
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं —  नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ ।

पार्टीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेका अनुसार पार्टी कार्यालय आलोकनगरमा बिहान ११ बजे सचिवालय बैठक बस्ने छ

नेता पाण्डेका अनुसार आजको बैठक कीर्तिपुरस्थित पुष्पलाल स्मृति पार्कमा बस्नेछ । बैठकमा एक वर्षे पार्टी सङ्गठन सुदृढ अभियानको समीक्षा गरिनेछ ।

यसको अलावा कतिपय नेता कार्यकर्ताले पार्टीको जिम्मेवारी छोडेकाले त्यस स्थानमा कसलाई जिम्मेवारी दिने भन्ने समेत छलफल हुने नेताहरूले बताएका छन् । 

पार्टी गठनमा साथ दिएका मुकुन्द न्यौपाने, केदार न्यौपाने, चूडामणि जङ्गलीलगायतले नेकपा एकीकृत समाजवादी केही समयअघि मात्र छाडेका थिए ।

चर्चामा

सम्बन्धित समाचार