बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढिगंगा नगरपालिकामा स्वास्थ्यकाे आकस्मिक सेवा बाहेक सबै बन्द

बुढिगंगा नगरपालिकामा स्वास्थ्यकाे आकस्मिक सेवा बाहेक सबै बन्द

  • बुधबार, असार २७, २०८०
बुढिगंगा नगरपालिकामा स्वास्थ्यकाे आकस्मिक सेवा बाहेक सबै बन्द

बाजुरा– बुढीगंगा नगरपालिकाका कर्मचारीले सुरक्षाको माग गर्दै सामुहीक आन्दोलन सुरु गरेका छन् । जनताको पक्षमा काम गर्दा र राज्यको सम्पत्ती दुरुपयोग गर्नबाट रोक्न खोज्दा उल्टै ज्यान मार्ने धम्की र मुद्दा खेप्नु पर्ने अवस्था आउने हो, भने सम्पूर्ण कामकाज बन्द गरि आन्दोलनमा उत्रिएका हुन । सयुक्त हस्ताक्षर सहीतको विज्ञप्ती प्रकाशित गरि कर्मचारीले जीउ ज्यानको सुरक्षा र अराजक व्यक्तिमाथि कारवाही नगरिएसम्म कुनै प्रकारको सेवा प्रवाहका काममा सहभागि नहुने र जिल्ला प्रशासन कार्यालयमा सामुहीक धर्ना दिने घोषणा गरेकाे कर्मचारीहरुकाे सयुक्त हस्ताक्षेरीत बिज्ञप्तीमा उल्लेख गरिएकाे छ।

बुढिगंगा नगरपालिकाका कर्मचारीहरुले आकस्मिक स्वास्थ्य सेवा बाहेक सबै कार्य बन्द गरेका छन।  असार २१ गते साझँ साढे ४ बजे बाजुराको बुढिगंगा नगरपालिकामा कर्मचारी माथि हातपात र गालि गलौज गरेका ब्यक्तीलाइ कार्बाहीकाे माग गर्दै नगरपालिका बाट प्रदान हुने सेवाहरु सबै बन्द गरिएकाे बुढिग‌गा नगरपालिकाका क्रमचारीहरुले बताएका छन ।   बुढिगंगा नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष भुवन सिंह केसीका छोरा दिलिप केसीले कर्मचारी माथि हातपात र गालि गलौज गरेको भन्दै पिडीत कर्मचारीले कानुनी बाटो अपनाउनदा ज्यान मार्ने धम्की दिएको र कानुन बमाेजिम न्याय नपाउन्जेल कार्यालय बन्द गर्ने कर्मचारीहरुले बताएका छन ।  बुढिगंगा नगरपालिका कर्मचारीहरुले एक बिज्ञप्ती जारी गर्दै  नगरपालिका वडापालिका स्वास्थ्य स‌स्था लगायतका सबै कार्यालयबाट हुने कार्यहरु बन्द गर्ने  घाेषणा गरेका छन । बुढिगंगा नगरपालिकाले राष्ट्रसेवक कर्मचारी माथी भएको र्दुब्यबाहर प्रति खेद प्रकट गर्दै कार्यवाहीको माग गर्दै  सदरमुकाम मार्तडीमा आएर जिल्ला प्रशासन कार्यालयमा पुगेका छन ।
सुरक्षित रुपमा काम गर्ने वाताबरण गर्न र सुरक्षाको प्रत्याभुति गर्न माग गरेको बिज्ञप्तीमा उल्लेख गरिएकाे छ । दिलिप केसीले गत बिहिवार दिउसो नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत नरेन्द्र नाथ र इन्जिनियर उप्रेन्द्र साउदलाई हातपात गर्नुका साथै गालि गलौज गरेकोले निज केसीलाइ कानुनी दायारमा ल्याउनुकाे साटाे उल्टै कर्मचारीलाइ मुद्धा हालेकाेले कर्मचारीले काम गर्ने वातावरण नभएकाे बिज्ञप्तीमा उल्लेख गरिएकाे छ ।
योजनाको काम कम भएको तर बिल उठाएर पुरै भुक्तानि दिनुपर्ने भन्दै उनले कर्मचारी माथि हातपात र गालि गलौज गरेको नगरपालिकाले वताएको छ । केसीले पहिला फोन बाट पनि कर्मचारीलाइ धम्काइरहेको नगरपालिकाले जनाएको छ, पछि कार्यलयमै पुगेर हातपात र गालि गलौज गरेको कर्मचारीले वताएका छन । कर्मचारीले काम अनुसारको बिल उठाउने भनेका थिए, तर उनले पुरै बिल उठाउने भन्दै कर्मचारी माथि आक्रमण गर्न खोजेको नगरपालिकाको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
बिज्ञप्तीमा उल्लेख भए अनुसार कार्यालय भित्र ल्याप्टप कम्पुटर गिलास लगायतका सामानहरु तोडफोड गर्नुका साथै आर्थिक बर्ष अन्त्यतिर योजना भुक्तानी हुन नसकेकोले निज पिडकले नै त्यसको जिम्मेवारी लिनुपर्ने जनाएको छ । पिडीत कर्मचारीले न्याय नपाउने स्थिती श्रृजना भएमा जिल्ला प्रशासन र प्रहरीले त्यसको जिम्मा लिनुपर्ने नगरपालिकाकका कर्मचारीहरुद्धारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

श्रृखलावद्ध घटनामा संलग्न व्यक्तिले सुरुमा हातपात गरि पछि आफू सत्य सावीत हुन आक्रोशित कर्मचारीको बेइज्जती गराउने नियतका साथ रेकर्ड गरिएको सामाग्रीको पछि लागेर धारणा बनाउने र कर्मचारीलाई नै दोषि सावीत गर्ने जसरी मुद्दा प्रक्रिया अघि बढाउने कार्य नरोकिए सम्पूर्ण क्षति र जिम्मेवारी उजुरी दिने र लिने पक्षले नै लिनु पर्ने कर्मचारीको अडान छ ।

No photo description available.

No photo description available.

चर्चामा

सम्बन्धित समाचार