बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढिगंगा नगरपालिकाका कर्मचारीले न्याय माग्न जादा ज्यान मार्ने धम्की

बुढिगंगा नगरपालिकाका कर्मचारीले न्याय माग्न जादा ज्यान मार्ने धम्की

  • सोमवार, असार २५, २०८०
बुढिगंगा नगरपालिकाका कर्मचारीले न्याय माग्न जादा ज्यान मार्ने धम्की

बाजुरा– असार २१ गते साझँ साढे ४ बजे बाजुराको बुढिगंगा नगरपालिकामा कर्मचारी माथि हातपात र गालि गलौज पाएका कर्मचारीलाई ज्यान मार्ने धम्की आएको जनाएका छन । बुढिगंगा नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष भुवन सिंह केसीका छोरा दिलिप केसीले कर्मचारी माथि हातपात र गालि गलौज गरेको भन्दै पिडीत कर्मचारीले कानुनी बाटो अपनाउनदा ज्यान मार्ने धम्की दिएको बुढिगंगा नगरपालिकाले एक बिज्ञप्ती जारी गर्दै यस्तो बताएको छ । बुढिगंगा नगरपालिकाले राष्ट्रसेवक कर्मचारी माथी भएको र्दुब्यबाहर प्रति खेद प्रकट गर्दै कार्यवाहीको माग गरेको छ ।
सोमबार नगर कार्यपालिकाको कार्यालय बुढिगंगा नगरपालिकाले बिज्ञप्तीमा घटनाको निन्दा गर्दै कार्बाहीको माग गरेको छ । साथै सुरक्षित रुपमा काम गर्ने वाताबरण गर्न र सुरक्षाको प्रत्याभुति गर्न माग गरेको छ । दिलिप केसीले बिहिवार दिउसो नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत नरेन्द्र नाथ र इन्जिनियर उप्रेन्द्र साउदलाई हातपात गर्नुका साथै गालि गलौज गरेको नगरपालिकाले जनाएको छ ।
योजनाको काम कम भएको तर बिल उठाएर पुरै भुक्तानि दिनुपर्ने भन्दै उनले कर्मचारी माथि हातपात र गालि गलौज गरेको नगरपालिकाले वताएको छ । केसीले पहिला फोन बाट पनि कर्मचारीलाइ धम्काइरहेको नगरपालिकाले जनाएको छ, पछि कार्यलयमै पुगेर हातपात र गालि गलौज गरेको कर्मचारीले वताएका छन । कर्मचारीले काम अनुसारको बिल उठाउने भनेका थिए, तर उनले पुरै बिल उठाउने भन्दै कर्मचारी माथि आक्रमण गर्न खोजेको नगरपालिकाको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
बिज्ञप्तीमा उल्लेख भए अनुसार कार्यालय भित्र ल्याप्टप कम्पुटर गिलास लगायतका सामानहरु तोडफोड गर्नुका साथै आर्थिक बर्ष अन्त्यतिर योजना भुक्तानी हुन नसकेकोले निज पिडकले नै त्यसको जिम्मेवारी लिनुपर्ने जनाएको छ । पिडीत कर्मचारीले न्याय नपाउने स्थिती श्रृजना भएमा जिल्ला प्रशासन र प्रहरीले त्यसको जिम्मा लिनुपर्ने नगरपालिकाकका कर्मचारीहरुद्धारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

No photo description available.

No photo description available.

चर्चामा

सम्बन्धित समाचार