सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • समाज
  • कार्वाहीको माग गर्दै नेपाल निजामति कर्मचारी संगठन बाजुराद्धारा बिज्ञप्ती

कार्वाहीको माग गर्दै नेपाल निजामति कर्मचारी संगठन बाजुराद्धारा बिज्ञप्ती

  • शुक्रबार, असार २२, २०८०
कार्वाहीको माग गर्दै नेपाल निजामति कर्मचारी संगठन बाजुराद्धारा बिज्ञप्ती

बाजुरा–बाजुराको बुढिगंगा नगरपालिकामा कर्मचारी माथि हातपात र गालि गलौज गरेको भन्दै नेपाल निजामति कर्मचारी संगठन बाजुराले बिज्ञप्ती निकालेको छ । वडा नम्बर ७ का वडाअध्यक्ष भुवन सिंह केसीका छोरा दिलिप केसीले कर्मचारी माथि हातपात र गालि गलौज गरेको भन्दै संगठन द्धारा कार्यवाहीको माग गरेको छ ।

बिहीवार संगठनका अध्यक्ष पुर्णचन्द्र जैशीद्धारा हस्ताक्षर बिज्ञप्तीमा घटनाको निन्दा गर्दै कार्यवाहीको माग गरेको छ । साथै सुरक्षित रुपमा काम गर्ने वाताबरण गर्न र सुरक्षाको प्रत्याभुति गर्न माग गरेको छ ।

दिलिप केसीले बिहिवार दिउसो नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत नरेन्द्र नाथ र इन्जिनियर उप्रेन्द्र साउदलाई हातपात, गालि गलौज गरेको भन्दै प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख डिएसपी कबिन्द्र बोहोराले वताएका छन् ।
दिलिप केसीलाइ प्रक्राउ गरेर सदरमुकाम मार्तडीमा ल्याएका छौ, आज पिडितपक्षलाइ बोलाएर कानुनी कार्यवाहीका लागि अगाडि बढाइने प्रहरीले वताएको छ । एकपटक दुइपक्ष बिच छलफल पनि गर्ने उनले वताए ।

योजनाको काम कम भएको तर बिल उठाएर पुरै भुक्तानि दिनुपर्ने भन्दै उनले कर्मचारी माथि हातपात र गालि गलौज गरेको नगरपालिकाले वताएको छ । केसीले पहिला फोन बाट पनि कर्मचारीलाइ धम्काइरहेका थिए, पछि कार्यलयमै पुगेर हातपात र गालि गलौज गरेको कर्मचारीले वताए ।

कर्मचारीले काम अनुसारको बिल उठाउने भनेका थिए, तर उनले पुरै बिल उठाउने भन्दै कर्मचारी माथि आक्रमण गर्न खोजेको उपप्रमुख माया कुवरले वताएकि छन् । इन्जिनियर साउद माथि भने हातपात गरेको उनले लगाएको सर्टनै च्यातिएको कुवरले वताईन् । जसले थर्काएपनि धम्काएपनि काम नभएको रकमको बिल नउठाउन र भुक्तानि नर्गन कर्मचारीलाइ निर्देशन दिइसकेको उनले वताईन् ।

No description available.

चर्चामा

सम्बन्धित समाचार