सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • कला /साहित्य
  • खोला सुके मासिए बगर भन्छन् धान दिवस

खोला सुके मासिए बगर भन्छन् धान दिवस

  • बुधबार, असार २०, २०८०
खोला सुके मासिए बगर भन्छन् धान दिवस

खोला सुके मासिए बगर भन्छन् धान दिवस,
दही चिउरा खाई उस्तै बन्छन् उखान दिवस।

घर बने हिंजो मङ्ग मङ्ग बसाउँने गहराहरूमा,
धेरै ठाउँ खोला खेतकै बन्यो अफ्सान दिवस।

भन्नलाई त भन्छन् आज धान दिवस् राष्ट्रको,
बञ्जर बनाई भूमि गरेकैछन् अपमान दिवस।

दुध आउँदासम्म दुध खान्छन् र मासु मरेपछि,
यस्तै बतासमा हिंड्छन् देशको जहान दिवस।

बेचे जमिन खोला नाला अनी भित्राए बिदेशी,
दही चिउरा अर्कैको आफ्नो योगदान दिवस।

नरमाइलो लाग्नथाल्यो हिंजो आज मलाईनी,
नमनाउँ नमनाउँ लाग्छ अब केहीथान दिवस।

चर्चामा

सम्बन्धित समाचार