सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • कला /साहित्य
  • जसलाई सिखरमा राख्छौँ उहि गद्धार हुन्छ

जसलाई सिखरमा राख्छौँ उहि गद्धार हुन्छ

  • बुधबार, असार १३, २०८०
जसलाई सिखरमा राख्छौँ उहि गद्धार हुन्छ

सुरेशकुमार पाण्डे   –   गजल

जसलाई सिखरमा राख्छौँ उहि गद्धार हुन्छ,
किनहोला बिदेशीको गोठालो सरकार हुन्छ।

देशमा भाषणको प्रतिस्प्रधा दलालिको उस्तै,
कुनैछैन पेसा यही ज्याँन पाल्ने आधार हुन्छ।

गरिबको जिन्दगानी त रहिछ आर्कैको लागी,
खानकै निमित्त धनीको ढाल र औजार हुन्छ।

घर घरमै कुपोषणको सिखार बाल बालिका,
उपचार बिना मर्छन् गरिब मात्र लाचार हुन्छ।

हुन्छ भन्छन् गणतन्त्रमा समानता र स्वतन्त्रा,
भ्रष्टाचारीलाई जिताउँने नै उही हथियार हुन्छ।

धनमानको स्वर्गमा गरिबहरूको बिक्छ कथा,
किन की शोषण दमन उनैलाई लगातार हुन्छ।

२७-०६-२०२३

चर्चामा

सम्बन्धित समाचार