बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • देश
  • बुढिगंगा नगरपालिकाको नीति तथा कार्यक्रम : शिक्षा, स्वास्थ्य, कृर्षि, पर्यटन र पूर्वाधारलाई जोड

बुढिगंगा नगरपालिकाको नीति तथा कार्यक्रम : शिक्षा, स्वास्थ्य, कृर्षि, पर्यटन र पूर्वाधारलाई जोड

  • शनिबार, असार ९, २०८०
बुढिगंगा नगरपालिकाको नीति तथा कार्यक्रम : शिक्षा, स्वास्थ्य, कृर्षि, पर्यटन र पूर्वाधारलाई जोड

बाजुरा–   बुढिगंगा नगरपालिकाले आर्थिक वर्ष ०८०/०८१ को निति तथा कार्यक्रम ल्याएको छ । हिजो असार ८ गते एक भब्यसमारोहका बिच निति तथा कार्यक्रम ल्याएको थियो ।
गएको आर्थिक वर्ष ०७९/०८० लाई आधार तथा निति निर्माण बर्षका रुपमा काम अगाडी पढाएको थियो भने यो आर्थिक बर्ष कार्यान्वयन बर्षका रुपमा अगाडी बढाउने नगर प्रमुख रामबहादुर बानियाँले बताए ।यो वर्षको निति तथा कार्यक्रम “शिक्षा, स्वास्थ्य, कृर्षि पर्यटन र पूर्वाधार, सुरक्षित र समृद्ध बुढीगंगा विकासको आधार” भन्ने मुल नाराका साथ निति तथा कार्यक्रम अगाडी बढाएको छ । कार्यक्रममा आर्थिक बर्ष ०७९/०८० मा नगरपालिकाले तय गरेका नीति तथा कार्यक्रम र वजेटमा उल्लेखित कार्यक्रमहरु मध्ये अधिकांश सम्पन्न भईसकेका छन भने केही कामरु समपन्न हुने चरणमा रहेको बताईएको छ । शैक्षिक गुणस्तर अभिबृद्धि गर्न नगर स्तरिय परिक्षाको अनुगमन गरि परिक्षालाई मर्यादित बनाउने काम सुरु गरिएको छ । शैक्षिक सुधार अन्र्तगत ४ ओटा विद्यलालय भवनहरु निर्माण, २ ओटा विद्यालयलाई सूचना प्रविधिसंग जोडिएको छ भने एउटा विद्यालय प्रयोगशाला र एउटा पुस्तकालय स्थापना गरिएको बताएका छन् ।
बिद्यालय सुधार कार्यक्रम अन्र्तगत विस्तृत कार्ययोजना निर्माण गरी नगरपालिका भित्रका सवै बिद्यालयका प्राधानाध्यापकसंग ३४ बुदे करारनामा गरि लागु गरिएको छ । २२ ओटा बिद्यालय र ३ ओटा आधारभूत स्वास्थ्य सस्थामा ई हाजिर जाडान गरि काम थालिएको छ । शिक्षक क्रियाकलाप डायरी, त्रिशत्तिल मावि पशुपती मावि र वजेडी आधारभुक्त विद्यालयलाई २५ ओटा कम्प्युटर सहयोग ल्याप स्थापना गरिएको छ । ४ ओटा माविमा जीवनउपयोगी सीपमा आधारित रुपान्तरण कक्षासंचालन गरिएको छ ।
नगरपालिकाले आर्थिक वर्ष ०७९/०८० मा ४१ ओटा कार्यबिधि निर्माण गरि कार्यन्वयन गरिएको चरणमा छन भने आवाधिक योजना, मध्यामकालिन खर्च संरचना, नगर क्षमता विकास योजना, कृर्षि रणनिति, नगर यातायात गुरुयोजना, नगर पाश्वचित्र, आन्तरिक नियन्त्रण प्राणाली निर्मार्णको अन्तिम चरणमा रहेको बताईएको छ ।
त्यसै गरि आखा उपचार केन्द्र नागरिक आरोग्य सेवा केन्द्र विभिन्न् स्थानमा स्वास्थ्य शिवीर संचालन गरिएको छ । जटिल रोगहरुको निदानको लागि विरामीलाई स्वास्थ्य उपचार सहयोग गरिदै आएको छ । नगरपालिकाका दुर्गम क्षेत्रका जनतालाई सहजताको लागि ६ ओटा ब्रथिङ सेन्टर ३ ओटा नगर स्वास्थ्य केन्द्र संचालनमा ल्याएका छन भने १५ सैयाको अस्पतालको निर्माण कार्य थालनी गरिएको छ । नगरपालिकाका १० गाउमा धारा मर्मत तथा निर्माण गरि हस्तान्त्रण गरिएको नगरप्रमुख बानियाले प्रस्तुत गरेको छन् ।
बुढीगंगा सीप विकास तथा प्रशिक्षण केन्द्रको अवधारण कार्यन्वयनमा ल्याई केन्द्रको भवन निर्माणको चरणमा रहको छ । वडा नम्वर ९ को बारमतोला वडा नम्वर ६ को सैनचौर, वडा नम्वर ५ को भट्टेचौरमा मा अन्तराष्टिय स्तरको खेल मैदान निर्माण सुरु गरिएको छ । साविकका ३ ओटा गाविस जोड्ने सडकलाई कालो पत्रे गर्न बहुवर्षे टेण्डर खोलीएको छ । बल्दे अमकोट जोड्ने बैकल्पीक मार्गको ट्याक खोलीएको छ । नगरपालिकाको प्रशासनीक भवन निर्माणको अन्तिम चरणमा भई हस्तान्त्रणको चरणमा रहेको छ । वडा नम्वर १,३ र ५ मा नया भवन हस्तान्त्रण भई कार्यालय संचालनमा छन् भने अरु वडा नम्वर ७ बाहेकका वडा कार्यलयहरु निर्माणको अन्तिम चरणमा रहेका छन् । स्थानियलाई सहजताका लागि रिठा बजार, बेतालमाण्डौ बजार, ताँप्रीसेरा बजार र बल्देबजारमा प्रतिक्षालय सहितका सर्वजनिक सौचालय निर्माण गरिएका छन् ।
कृषकलाई विउविजन साना सिचाई सामग्री अनुदान दिने गरिएको छ । बाह्रविस र ब्रमतोलामा कृर्षि तथा पशु सेवा केन्द्र स्थापना गरिएको छ । नगरपालिका भरि इन्टनेट पुगाउने उद्देश्यले नगरपालिकाको केन्द्र र वडा नम्वर ४,५ र ६ मा फाइवर नेट बिस्तार गरिएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमलाई थप प्रधाककारी बनाउन नगरप्रमुख रोजगार कार्यक्रमलाई लागत साझेदारीमा जोड दिएको छ । लैंगिक सशक्तिकरण तथा लैगिक हिसा रोकथाम तथा प्रतिकार्य योजनामा कार्यक्रम संचालन गरिएको छ । पछाडी पारिएको वर्गलाई सशक्तिकरण गर्ने उद्देश्य अनुरुप उद्यम विकासका क्रियाकलापहरु अचार उत्पादन सिलाईकटाई तालिम जोडी संवाद कार्यक्र परिवार संवाद कार्यक्र धार्मिक अगुवासंगको छलफल, सासु बुहारी अन्तरक्रिया जस्ता कार्यक्रम संचालन गरिएको छ ।
सामाजिक सुरक्षा कार्यक्रमलाई ब्रान्चलेस ब्याङ्किङ सेवा मार्फत घर दैलोमै पुर्याउने काम थालिएको छ । पञ्जीकरण सेवालाई प्रभावकारी बनाउन सवै वडा कार्यलय मार्फत बिद्यूतिय दर्ता प्राणली सेवा बिस्तार गरिएको छ ।
आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रमममा के छ पूण पाठ हेर्नुहोस ?

१- संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राज्यसंरचना अनुसार बुढीगंगा नगरपालिकाको दोश्रो नगरप्रमुखको हैसियतले दोश्रो पटक नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा गौरवान्वित भएको छु । यस अवसरमा म नेपालको नागरिक सर्वोच्चता र लोकतन्त्रको स्थापना तथा मुलुकको समृद्धि र अग्रगमनका लागि भएका न्यायपूर्ण आन्दोलनहरुमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने ज्ञात(अज्ञात शहीदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।
२- प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिज्यूहरुलाई हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु।प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ का दौरान छिमेकी त्रिवेणी नगरपालिकामा भएको दुखद घटनामा ज्यान गुमाउनु हुने स्व। चेतनदीप अयडी र सन्जिव अयडीको आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धान्जली अर्पण गर्दछु ।
३- नेपालको संविधानले कल्पना गरेको समाजवाद उन्मुख आर्थिक(सामाजिक प्रणाली र नेपाल सरकारले तय गरेको समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय लक्ष्य प्राप्तिका लागि बुढिगंगा नगरपालिकाले अंगिकार गरेको “शिक्षा, स्वास्थ्य, कृषि पर्यटन र पूर्वाधारस सुरक्षित र समृद्ध बुढीगंगा विकासको आधार” को दीर्घकालीन सोच पूरा गर्न प्रतिबद्ध रहेको कुरा दोहोर्याउन चाहन्छु ।

आर्थिक वर्ष २०७९/०८० को प्रगति विवरण 

४- आर्थिक वर्ष २०७९र८० मा यस नगरपालिकाले तय गरेका नीति, कार्यक्रम र बजेटमा उल्लेखित कार्यक्रमहरू मध्ये अधिकांश सम्पन्न भैसकेका छन् भने केही कामहरू सम्पन्न हुने चरणमा छन् । केही नयाँ कामहरू सुरुवात भई चालु रहेका छन् । नगरपालिकाको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न माध्यामिक शिक्षा परीक्षा ९एसईई०, नगरस्तरीय परीक्षाहरूको अनुगमन गरी परीक्षालाई मर्यादित बनाउन सुरू गरिएको छ । शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ४ वटा विद्यालय भवनहरू निर्माण, २ वटा विद्यालयहरूलाई सूचना प्रविधिसँग जोडिएको छ भने एउटा विज्ञान प्रयोगशाला र एउटा पुस्तकालय स्थापना गरिएको छ। विद्यालय सुधार कार्यक्रम अन्तर्गत विस्तृत कार्ययोजना निर्माण गरी सबै विद्यालयका प्रधानाध्यापकसँग ३४ बँदे करारनामा गरी लागु गरिएको छ । नगरपालिका स्तरीय रनिङ शिल्ड कार्यक्रम सम्पन्न गरिएको छ भने त्रिशक्ति मा।वि। मा छात्रावास निर्माण कार्य सुरु गरिएको छ, साथै नगर खेलकुद विकास समिति गठन गरिएको छ । २२ वटा विद्यालय तथा ३ वटा आधारभूत स्वास्थ्य चौकीमा ई(हाजिरी जडान गरी सञ्चालनमा ल्याइएको छ।
५- शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक क्रियाकलाप डायरी, वार्षिक शैक्षिक क्यालेण्डर, विद्यार्थी डायरी प्रकाशित गरी लागु गरिएको छ । साझा शिक्षा ई(पार्टीसँग समन्वय गरी त्रिशक्ति मा।वि।, पशुपती मा।वि। र बजेडी आ।वि। मा २५ वटा कम्प्युटर सहयोग गरी ल्याब स्थापना गरिएको छ भने समुन्नत नेपालसँग शैक्षिक सुधारका लागि ४ वर्षे सम्झौता गरिएको छ ।ग्ल्ँएब्को साझेदारीमा ४ मा.वि. मा जीवनोपयोगी सीपमा आधारित रुपान्तरण कक्षा संचालन गरिएको छ ।चौमासिक रुपमा प्रदान गर्ने गरिएको शिक्षक तलबलाई मासिक रुपमा प्रदान गर्ने गरिएको छ ।
६- नगरकार्यपालिकाले यस चालु आर्थिक वर्ष भित्र अत्यावश्यक ४१ वटाकार्यविधिहरू पारित गरी लागु गरिएको छ । विभिन्न निकायहरूमा यस नगरपालिकामा कार्यान्वयन गर्न आवश्यक विषयहरूमा प्राविधिक तथा आर्थिक प्रस्तावहरू पेश गरिएका छन् । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूसँग परियोजना कार्यान्वयनका लागि लिखित तथा सैद्धान्तिक सहमति गरिएको छ । नगरपालिकाको आवधिक योजना, मध्यमकालीन खर्च संरचना, नगर क्षमता विकास योजना,कृषि रणनीति, नगर यातायात गुरुयोजना, नगर पार्श्वचित्र, आन्तरिक नियन्त्रण प्रणाली चालु आर्थिक वर्षभित्र सम्पन्न हुने चरणमा छन् । नगरपालिकाको योजना निर्माणका लागि विभिन्न चरणहरूमा विज्ञ व्यक्तित्वहरू, राजनैतिक दल, नागरिक समाज, शिक्षक, कर्मचारी, युवा, विद्यार्थीसँग छलफल तथा अन्तक्रिया गरिएको छ ।
७- स्वास्थ्य सेवाको दायरा फराकिलो पारी यस नगरपालिकामा आँखा उपचार केन्द्र, नागरिक आरोग्य सेवा केन्द्र, विभिन्न स्वास्थ्य शिविरहरू सञ्चालन गरिएका छन् । जटिल रोगहरू निदानको लागि बिरामीहरूलाई स्वास्थ्य उपचारमा सहयोग गरिदै आएको छ भने बयालपाटा अस्पतालसँग सम्बन्ध विस्तारका लागि सहयोग गरिएको छ । ६ वटा बर्थिङ सेन्टरहरू सञ्चालनमा ल्याइएको छ,१५ शैयाको अस्पताल निर्माणको चरणमा छ भने ३ वटा नगर स्वास्थ्य सेवा केन्द्रहरू सन्चालन भएका छन् । विभिन्न १० वटा ठाउँहरूमा खानेपानी धारा मर्मत गरी हस्तान्तरण गरिएको छ ।
८- बुढीगंगा सीप विकास तथा प्रशिक्षण केन्द्रको अवधारणा कार्यान्वयनमा ल्याई केन्द्रको भवन निर्माणको चरणमा रहेको छ । राष्ट्रिय स्तरको खेलमैदान निर्माण गर्ने लक्ष्य सहित वडा नं। ९ को बारमतोला, वडा नं। ६ को सैनचौर, वडा नं। ५ को भट्टेचौरमा खेलमैदान निर्माणाधीन रहेका छन् । युवाहरूलाई स्वरोजगार तालिम दिइएको छ । यसैगरी भुवा पर्व, रामलिला पर्व, पुल्ता खेल, होरी पर्व, नरसिंगा बाजाको संरक्षणमा विशेष जोड दिइएको छ ।बार्जुकोट दरबार संग्राहलय स्थापनातथा भुक्तोली चौरमा बहुउद्धेश्यीय पार्क सहितको पिकनिक स्पट निर्माणगर्नका लागि विभिन्न निकायमा पहल गरिएको छ।
९- पुरानो गा।वि।स। भवनहरू जोड्ने सडकहरू कालोपत्रेका लागि बहुवर्षे टेण्डर भैसकेका छन् भने सडकहरु स्तरोन्नती गरिएका छन् । बल्दे(अमकोट(द्वारी जोड्ने बैकल्पिक मार्गको ट्रयाक खोलिएको छ । मुख्य सडकको भत्किएको ठाउँहरूमा पक्की संरचना निर्माण गरिएका छन्। नगरपालिकाको प्रशासकीय भवन निर्माण भई हस्तान्तरणको चरणमा छ भने वडा नं। १, ३ र ५ का नयाँ भवनहरू हस्तान्तरण भई कार्यालय सन्चालन भैरहेका छन् । वडा नं। ७ बाहेकका अरू वडा कार्यालयहरूको निर्माण कार्य अन्तिम चरणमा रहेको छ । रु। १० लाख भन्दा माथिका योजनाहरू ठेक्का र विद्युतीय बोलपत्र आह्वान गरी सम्पन्न गर्ने गरिएका छन् । रिठा बजार, बेतालमाण्डौं, ताँप्रीसेरा र बल्देमा प्रतिक्षालय सहितका शौचालय निर्माण गरिएका छन् ।
१०- कृषकहरूलाई नियमित मल, बिउँबिजन, साना सिँचाइ सामाग्रीहरू अनुदान दिने गरिएको छ। एक घर, एक करेसाबारी नीति अनुसार मौसमी तथा बेमौसमीबिउँबिजन वितरण र उत्कृष्ट कृषक पुरस्कार प्रदान गर्ने गरिएको छ । पशु सम्बन्धी औषधोपचार तथा परामर्श सेवाहरू निःशुल्क उपलब्ध गरिएका छन् । ब्रमतोला र बाह्रबिसमा कृषि तथा पशु सेवा केन्द्रहरू विस्तार गरिएका छन् । सबै नगरबासीहरूमा ईन्टरनेट पुर्याउने उद्धेश्यले नगरपालिका केन्द्र, वडा नं। ४, ५ र ६ मा गुणस्तरीय फाइबर नेट पुर्याउने काम सम्पन्न भएको छ ।
११- प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत १०० दिनको न्यूनतम रोजगारी कार्यक्रम सँग नगरप्रमुख रोजगार कार्यक्रमलाई लागत साझेदारीमा जोडी रोजगारी सिर्जना गर्ने गरिएको छ । सहभागितामुलक विकास प्रणाली अनुरुप समुदायको विकासमा लाभग्राही र उपभोक्ता समितिलाई परिचालन गर्ने दायरा बढाइएको छ ।
१२- लैंगिक सशक्तिकरण तथा लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्यका कार्यक्रमहरूनियमित सञ्चालन गरिएका छन् । महिला, विपन्न तथा पछाडि पारिएका वर्गहरूलाई सशक्तिकरण गर्ने उद्धेश्य अनुरुप उद्यम विकासका क्रियाकलापहरू अचार उत्पादन तालिम, सिलाई(कटाई तालिम, जोडी संवाद कार्यक्रम, परिवारसंवाद कार्यक्रम, धार्मिक अगुवाहरु संगको छलफल कार्यक्रम,सासु(बुहारी अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएका छन् ।सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रमहरूलाई ब्रान्चलेस ब्याङ्किङ ९द्यीद्य० सेवा मार्फत सेवाग्राहीको घरदैलोमा पुर्याइएको छ । पन्जीकरण सेवालाई छिटोछरितो बनाई वडा कार्यालय मार्फत नै विद्युतीय दर्ता प्रणाली मार्फत सेवा दिने गरिएकोछ । नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रमको सुरुवात गरेको छ । लागु औषध दुर्व्यशनी नियन्त्रणका लागि सचेतना अभियानहरू सन्चालन गरिएका छन् । सबै वडाहरूलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ ।
१३- न्यायिक समितिबाट हुने न्याय निरुपणको कार्यलाई व्यवस्थित गर्न आवश्यक कानूनी किताबहरूको खरिद र संग्रह गर्ने, उजुरी दर्ता गर्ने प्रक्रियालाई व्यवस्थित गर्न विभिन्न जनचेतनामुलक टेम्प्लेटहरू छपाई तथा १० वटै वडाहरूमा मेलमिलाप कर्ताहरू छनौट गरी तालिम सम्पन्न गरिएको छ भने सबै वडाहरूमा मेलमिलाप केन्द्रहरू गठन गरिएका छन् ।
१४- सार्वजनिक सेवा प्रवाहलाई सरल, मितव्ययी र प्रभावकारी बनाउन र कार्यरत कर्मचारीहरूलाई उत्प्रेरणा सहितको व्यावसायिकता हासिल गराउने उद्धेश्यले कार्यविवरण सहितको कार्य सम्पादन करार गराई काममा लगाउने गरिएको छ । जसले गर्दा शाखाहरुबाट सम्पादन गर्नु पर्ने कामहरू समयसीमा भित्र लागत परिमाण र गुणस्तरमा सम्पन्न हुने गरेका छन् । विभिन्न पदमा रिक्त दरबन्दी अनुसारका कर्मचारीहरू पदपूर्तीका लागि प्रदेश लोकसेवा आयोगमा माग गरी पठाइएको छ ।
१५- नेपालको संविधानमा निर्दिष्ट राज्यका निर्देशक सिद्धान्त, नेपाल सरकार र सुदूरपश्चिम प्रदेश सरकारले जारी गरेको वार्षिक नीति तथा कार्यक्रम, स्थानीय सरकार संचालन ऐन २०७४, पन्ध्रौं आवधिक योजनार दिगो विकासका लक्ष्यहरूलाई आधार मानी यस नगरपालिकामा रहेका विज्ञ व्यक्तित्वहरु, राजनैतिक कर्मीहरु, युवा विद्यार्थीहरू, विभिन्न पेशा र ओहोदामा रहेका व्यक्तित्वहरुको सुझाव तथा यस नगरपालिकाले कार्यान्वयन गरेको आर्थिक वर्ष २०७९र८० को नीति, कार्यक्रम र बजेटको अनुभवका आधारमा आर्थिक वर्ष २०८०र८१ को वार्षिक नीति तथा कार्यक्रम पेश गर्ने अनुमति चाहन्छु ।
१६- नीति, कार्यक्रम तथा योजनामा आधारित बजेट प्रणालीको विकास गर्न निर्माणको अन्तिम चरणमा रहेको पहिलो पञ्चवर्षीय नगर आवधिक योजनाले परिलक्षित गरे बमोजिम प्राथमिकता प्राप्त योजना र कार्यक्रमहरू छनौट गरी बजेट विनियोजन गरिनेछ । बजेट तर्जुमालाई मध्यमकालीन खर्च संरचनासँग आबद्ध गरी लैंगिक उत्तरदायी बजेट प्रणालीलाई मुख्य शर्तको रुपमा अनुसरण गरिनेछ । हस्तान्तरित आयोजना बैंकलाई कार्यान्वयनमा ल्याई घोषित नीति तथा कार्यक्रमलाई कार्यान्वयन गरिनेछ ।
१७- समृद्ध नगर निर्माणका लागि नगरपालिकाको आन्तरिक श्रोत पहिचान गरी आन्तरिक आम्दानी वृद्धि गर्न नगरपालिकाको आर्थिक ऐन समायानुकुल परिमार्जन गरिनेछ । व्यवसायिक कर, घरबहाल कर, सम्पत्ति कर अनिवार्य संकलन गरिनेछ । खाली तथा सरकारी जग्गामा बनेका निजी संरचनाहरूको करको दरलाई एकीकृत गरी राजश्व संकलन गरिनेछ । खुद्रा तथा होलसेल पसल, घरेलु उद्योग, होटेल, मदिरा पसल, निर्माण व्यवसाय, औषधि पसल आदिलाई अनिवार्य करको दायरामा ल्याइनेछ । सामुदायिक वनबाट हुने आम्दानीको कर प्रचलित कानून अनुसार संकलन गरिनेछ । नगरपालिका भित्र चल्ने गाडी, जीप तथा अन्य सवारी साधनहरूको रुट परमिट अनिवार्य गरी राजश्व संकलन गरिनेछ ।
१८- नेपालको संविधान, प्रचलित ऐन, नियम, निर्देशिका, कार्यविधिहरू, स्थानीय सरकार संचालन ऐन २०७४ र अन्य कानूनहरूले प्रत्यायोजन गरिएका अधिकारहरूको कार्यान्वयनका लागि यस नगरपालिकाले निर्माण गर्नुपर्ने आवश्यक ऐन, नियम, निर्देशिका, कार्यविधिहरू लगायतका कानूनहरू प्राथमिकताका साथ तर्जुमा गरी लागु गरिनेछ।
विषयगत क्षेत्रको वार्षिक नीति तथा कार्यक्रमहरू
शैक्षिक क्षेत्रको विकासः सर्वाङगीण विकासको मुल आधार
१९- समृद्ध बुढीगंगा, रोजगारमुलक प्राविधिक शिक्षाका निम्ति यस नगरपालिकामा स्नातक तहसम्मको कृषि, पशुपालन र वन लगायतका प्राविधिक शिक्षा अध्ययनका लागि सम्भाव्यता अध्ययन गरी एकीकृत प्राविधिक शैक्षिक केन्द्र९क्ष्लतभनचबतभम त्भअजलष्अब िऋभलतचभ० स्थापनाका लागि पहल गरिनेछ । सिभिल इन्जिनियरिङ अध्यापनका लागि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदमा आवश्यक पहल गरिनेछ ।
२०- गुणस्तरीय प्रारम्भिक बालशिक्षामा समतामूलक पहुँच स्थापित गर्न सञ्चालित पुलमा रहेका बालशिक्षा कार्यक्रम (EDC) को पुनर्मिलान गरिनेछ । प्रारम्भिक बालशिक्षाका सहजकर्ता तथा विद्यालय कर्मचारीहरूको मनोबललाई उच्च राख्न न्यूनतम पारिश्रमिक सुनिश्चित गर्न नगरपालिकाबाट प्रदान गरिने अनुदानलाई निरन्तरता दिइनेछ । विद्यालय क्षेत्र शान्तिक्षेत्र भएकाले सबै प्रकारका बन्द, हडताल र आन्दोलन जस्ता कार्यक्रमहरू पूर्णतः निषेध गरिनेछ ।
२१- पढ्दै कमाउँदै, कमाउँदै पढ्दै कार्यक्रमका लागि कृषि तथा पशुपालनमा प्रि(डिप्लोमा तह अध्ययन गरेका विद्यार्थीहरुलाई व्यवसायिक योजनामा आधारित अनुदान प्रदान गरिनेछ।विद्यार्थीहरुमा सिकाइ आदान(प्रदानका लागि आफ्नो क्षेत्रमा विशिष्ट सफलता प्राप्त गरेका व्यक्तित्वहरुबाट बेलाबेलामा उत्प्रेरणा कक्षा ९गेष्ट लेक्चर० लिने व्यवस्था मिलाइनेछ, गेष्ट लेक्चरलाई अन्तरविद्यालय शिक्षक शिक्षणका रुपमा पनि लागु गरिनेछ । आवश्यकताका आधारमा शैक्षिक अध्ययन भ्रमण कार्यक्रमहरू सञ्चालन गरिनेछ ।एक घर एक स्काउट अभियान थालनि गरि स्काउटिङ मार्फत युवाहरुलाई दुर्वेशनी तथा कुलत विरुद्द लड्ने प्रेरणा जागृत गर्न विद्यालयमा स्काउट युनिट संचालन गर्ने,स्काउट मास्टरलाई प्रोत्साहन गरिनेछ ।
२२- माध्यामिक तह अध्यापन गराइने पशुपति मा।वि।मा छात्रावास निर्माणका लागि विशेष पहल गरिनेछ ।पशुपति मा।वि। र त्रिशक्ति मा।वि। लाई नमूना विद्यालयको रुपमा स्तरोन्नती गर्न विशेष पहल गरिनेछ ।भानोदय नमूना माध्यामिक विद्यालयलाई स्मार्ट विद्यालय बनाई प्रविधिको माध्यमबाट पठनपाठन हुने व्यवस्था मिलाइनेछ । व्यक्तिको शारीरिक, मानसिक बौद्धिक विकासमा सहयोग पुर्याउने उद्धेश्यले योग, ध्यान र स्काउटिङका अतिरिक्त कक्षाहरू सन्चालन गरिनेछ ।
२३- प्रत्येक विद्यालयहरुमा विषय शिक्षकहरुको दैनिक पाठयोजना र मासिक रिपोर्टकार्ड तथा शिक्षक डायरी अभिलेखीकरण अनिवार्य गरिनेछ भने विद्यार्थीहरुका लागि गृहकार्य डायरी अनिवार्य गरिनेछ ।विद्यालय सिकाइ उपलब्धि वृद्धिका लागि नगरपालिकाले प्रधानाध्यापकसँग र प्रधानाध्यापकले विषय शिक्षकसँग गरिएको कार्यसम्पादन करार सम्झौता मूल्यांकन गरी उत्कृष्ट विद्यालय र शिक्षकहरूलाई प्रोत्साहन गरिनेछ ।सामुदायिक विद्यालयको सुधार, बुढीगंगा सरकारको कार्यभार भन्ने नाराका साथ शैक्षिक सुधार र गुणस्तर कायम गर्न नगर प्रमुख शैक्षिक सुधार कार्यक्रम सञ्चालन गरिनेछ ।
२४- कक्षा ८ देखि कम्प्युटर शिक्षा अनिवार्य गरिनेछ । प्राविधिक धारका विद्यालयहरुमा गुणस्तरयुक्त प्रयोगशालाहरु अनिवार्य गरिनेछ ।अधिकांश विद्यालयहरुमा अनिवार्य ई(हाजिरीको व्यवस्था गरिसकिएको छ, बाँकी रहेका सबै विद्यालयहरूमा अनिवार्य ई(हाजिरीको व्यवस्था गरिनेछ । विद्यालय क्षेत्रमा आवश्यकताका आधारमा सिसीटिभी जडान गर्न पहल गरिनेछ । शिक्षण सिकाइमा सूचना प्रविधिको प्रयोगलाई बढावा दिई नवप्रवर्तनलाई अंगिकार गर्न विद्यालयहरूको आवश्यकतामा आधारित रही क्ष्ऋत् सामाग्री तथा शिक्षकहरूलाई सूचना प्रविधिसँग सम्बन्धित क्षमता विकासका कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
२५- आजको खेलाडी, भोलिको राष्ट्रिय गहना भन्ने उद्धेश्यका साथ विद्यालय स्तरमा विभिन्न खेलकुद कार्यक्रम सञ्चालन गर्न नगरस्तरमा घुम्ती खेलकुद प्रशिक्षकको व्यवस्थापन गरी प्रशिक्षण गराइनेछ ।स्थानीय लोक संस्कृति तथा सांगीतिक क्षेत्रको उजागर गरी विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनका लागि नगरस्तरमा संगीत तथा नृत्य प्रशिक्षणका लागि घुम्तीसंगीत प्रशिक्षकको व्यवस्थापन गरिनेछ ।
२६- बालबालिकाको शैक्षिक गुणस्तर सुधारका लागि प्रत्येक विद्यालयमा त्रैमासिक रुपमा शिक्षक(विद्यार्थी(अभिभावक छलफल कार्यक्रम राखिनेछ । नगरपालिका स्तरमा शिक्षक(विद्यार्थी(अभिभावक सम्मिलित शैक्षिक सम्मेलनको आयोजना गरिनेछ । शैक्षिक सम्मेलनका उपलब्धिहरुलाई संस्थागत गरी कार्ययोजना निर्माण र कार्यान्वयन गरिनेछ । नगरसभाका सदस्यहरू, नगरपालिकामा कार्यरत कर्मचारीहरू तथा सार्वजनिक सेवामा कार्यरत राष्ट्र सेवकका सन्तानलाई सामुदायिक विद्यालयमा भर्ना गर्ने नीति अवलम्बन गरिनेछ ।
२७- शिक्षामा सबैको पहुँच कार्यक्रम अन्तर्गत महिला, दलित, जेहेन्दार र कमजोर आर्थिक स्थिति भएका विद्यार्थीहरुलाई उच्च तथा प्राविधिक शिक्षा अध्ययनका लागि छात्रवृत्तिको व्यवस्थापन गरिनेछ ।अनाथ, टुहुरा र असहाय बालबालिकाको माध्यामिक तहसम्मको सम्पूर्ण खर्च नगरपालिकाले व्यहोर्ने गरी बेसाहाराका लागि नगरपालिका कार्यक्रम सन्चालन गरिनेछ ।
२८- विद्यार्थीहरूको अंग्रेजी, गणित र विज्ञान विषयको सिकाइ उपलब्धि वृद्धिका लागि विद्यालयहरूमा शिक्षण सहायता कक्षाहरू सन्चालनका लागि विशेष पहल गरिनेछ।माध्यामिक तह उत्तीर्ण गरेका जनशक्तिहरूलाई सरकारी सेवामा प्रवेश गराउने उद्धेश्यका साथ नगरस्तरमा निःशुल्क लोकसेवाका कक्षाहरू सञ्चालन गरिनेछ ।
२९- विद्यालयहरूमा जोखिम रहित पूर्वाधारहरूको विकास गरिनेछ । विद्यालयहरूको संरचना बालमैत्री, छात्रामैत्री, अपांगमैत्री, मर्यादित महिनावरीमैत्री तथा वातावारणमैत्री अवधारणा अनुसार निर्माण गरिनेछ ।विद्यालयहरूको विपद प्रतिकार्य योजना निर्माण गरी विद्यार्थीहरुका लागि जलवायु अनुकुलन र विपद प्रतिकार्यका अतिरिक्त कक्षाहरू सञ्चालन गरिनेछ।
३०- पढने इच्छा, नगरको शिक्षा भन्ने नाराका साथ आर्थिक अभावमा उच्च शिक्षा अध्ययन गर्नबाट बन्चित विद्यार्थीहरुलाई शैक्षिक प्रमाणपत्र धितो राखी नगरपालिका शैक्षिक विकास कोषबाट सहुलियत कर्जा प्रदान गरिनेछ, जसको साँवा(ब्याज बापतको रकम अध्ययन सकिएपछि किस्ताबन्दीमा तिर्ने गरी आवश्यक व्यवस्था गरिनेछ । यसै कार्यक्रम अन्तर्गत मेडिकल विषयमा उच्च शिक्षा अध्ययन गर्न चाहने गरिब तथा जेहेन्दार विद्यार्थीलाई एमबिबिएस अध्ययनका लागि करारनामा सहित नगर प्रमुख छात्रवृति अन्तर्गत आवश्यक सहयोग गरिनेछ, निज विद्यार्थीलाई नगरपालिकाले तोकिएको क्षेत्रमा तोकिएको समयावधिका लागि सेवा करारमा लिन सक्नेछ ।
३१- फरक क्षमता भएका बालबालिकाहरूलाई शिक्षा प्रदान गर्दै आएका विद्यालयहरूलाई विशेष अनुदान प्रदान गरी प्रोत्साहित गरिनेछ । विद्यालयहरूमा चलिरहेको दिवा खाजा कार्यक्रममा देखिएका सवालहरूलाई सम्बोधन गर्दै दिवा खाजाको गुणस्तर अभिवृद्धि गरिनेछ, दिवा खाजामा जङ्क फुड पूर्णतया बन्देज गरिनेछ ।
३२- वडा शिक्षक समितिको प्रभावकारी परिचालन एवम् विषयविज्ञ मार्फत कक्षा शिक्षणमा आधारित अनुगमन प्रणालीको विकास गरी अनुगमन तथा मूल्यांकन गर्ने कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गरिनेछ। जनसंख्याको बनोट र भौगोलिक अवस्थालाई मध्यनजर गर्दै विद्यार्थी संख्या न्यून भएका र नजिकको दूरीमा रहेका विद्यालयहरूलाई समायोजन एवम् एकीकरण गरी कक्षा थपघट गर्ने कार्यलाई निरन्तरता दिनुका साथै जहाँ विद्यार्थी त्यहाँ शिक्षक अभियान स्वरुप शिक्षक दरबन्दी मिलान कार्यलाई अगाडि बढाइनेछ भने आवश्यकता भन्दा कम दरबन्दी भएका प्रस्तावित मा।वि। हरूमा नगर शिक्षकको व्यवस्था गर्ने नीति अवलम्बन गरिनेछ । चालु आ।व। मा विद्यालय समायोजन तथा कक्षा घटाइएका विद्यालयहरूमा प्रोत्साहन कार्यक्रम कार्यान्वयन गरिनेछ ।
३३- सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि पूर्वाधारको विकास र तिनीहरूको समुचित उपयोगमा जोड दिइनेछ । यसका लागि विद्यालयलाई कार्यसम्पादनमा आधारित अनुदान, नगर नमूना विद्यालय विकास लगायतका कार्यक्रम सञ्चालन गरिनुका साथै नगर नमूना विद्यालयहरूलाई प्रोत्साहन सहायता गरिनेछ ।
३४- नगरभित्र सञ्चालित सामुदायिक सिकाई केन्द्रलाई व्यवस्थित गर्दै साक्षरता शिक्षा, अभिभावक शिक्षा तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै कुनै एक सामुदायिक सिकाई केन्द्रलाई सुविधा सम्पन्न सामुदायिक पुस्तकालय र सामुदायिक सूचना केन्द्रको रुपमा विकास गर्न आवश्यक पहल गरिनेछ । प्रत्येक वडामा एकरएक वटा ट्युशन सेन्टरहरू स्थापना गरिनेछ ।
३५- विद्यार्थीहरूको स्वास्थ्य स्थिति पहिचान गर्न वार्षिक रूपमा एकपटक विद्यालयमै स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइनुका साथै विद्यालयमा स्वास्थ्य विषयमा स्वास्थ्यकर्मी मार्फत साप्ताहिक रुपमा नमूना कक्षा सञ्चालन गरिनेछ । विद्यालयहरूमा मर्यादित महिनावारी कक्ष व्यवस्थापन गरिनेछ ।
३६- विद्यार्थीहरूको सिकाई उपलब्धी सुधार गर्न न्यूनतम ग्रेड हासिल गर्न नसक्ने अवस्थाका विद्यार्थीलाई विदाको दिन साप्ताहिक परीक्षा सञ्चालनको लागि आवश्यक व्यवस्था मिलाइनेछ । परीक्षा प्रणालीलाई सुधार गर्न स्तरीय प्रश्नपत्र निर्माण क्ष्तझ ब्लबथिकष्क सम्बन्धि कार्याशाला सञ्चालन गरिनेछ । स्थानीय पाठ्यक्रममा आवश्यक परिमार्जन गरी पठनपाठनलाई व्यवस्थित गर्न लेखन तथा छपाई गर्न आवश्यक व्यवस्था गरिनेछ ।
कृषि,पशुपालन तथा सहकारीः आर्थिक रुपमा आत्मनिर्भर बन्न भरौं भकारी
३७- दिगो आर्थिक विकासको मुख्य मेरुदण्डको रुपमा रहेको कृषि क्षेत्रको व्यावसायीकरण, विविधीकरण र यान्त्रिकीकरण गर्दै स्थानीय अर्थतन्त्रलाई मजबुत र चलायमान बनाउन तथा नागरिकको जीवनस्तरमा वान्छित परिवर्तन ल्याउनका लागि दीर्घकालीन लक्ष्य सहित संगठित प्रयास गरिनेछ । दिगो एकीकृत कृषि प्रणालीको अवधारणा अनुरुप एक घर, एक करेसाबारी अनिवार्य गरिनेछ । टोलटोलमा कृषि ज्ञान सञ्चार कार्यक्रम, नियमित कृषि पाठशाला ९ँबचmभच ँष्भमि क्अजयय०ि, एकीकृत शत्रुजीव व्यवस्थापन ९क्ष्लतभनचबतभम एभकत ःबलबनझभलत० जस्ता वैज्ञानिक कृषि प्रणाली कार्यक्रम सञ्चालन गरिनेछ।कृषकलाई उत्पादनमा आधारित अनुदान कार्यक्रम संचालन गरिनेछ ।
३८- बुढिगंगा नगरपालिकालाई तरकारी खेती र फलफूल खेतीमा आत्मनिर्भर बनाउनका लागि विशेष अनुदान कार्ययोजना निर्माण गरी कृषि पेशालाई आयआर्जनको प्रमुख श्रोत बनाएका लगनशील कृषकहरूलाई अनुदान प्रदान गरिनेछ । युवा उद्यमीहरूलाई व्यवसायिक योजनाका आधारमा कृषि उद्यम सन्चालन गर्न अभिप्रेरित गरिनेछ । यस नगरपालिकामा बाह्य कृषिजन्य उत्पादन भित्र्याउने व्यवसायीहरूलाई अतिरिक्त कर लगाइनेछ भने बाह्य तरकारीजन्य उत्पादनको आयात प्रतिस्थापन गर्न आन्तरिक उत्पादनमा जोड दिइनेछ। कृषि उपजको आन्तरिक खपत पर्याप्त गर्न सकिने अवस्थामा बाह्य उत्पादन भित्रिन रोक लगाइनेछ ।
३९- कृषि सहकारी क्षेत्रमा लगानी गरी वडामा सहकारी, घर(घरमा भकारी भन्ने नारालाई सार्थक बनाउन कृषि क्षेत्रमा लगानी अभिवृद्धि गरिनेछ ।सामुहिक तथा करार खेतीलाई प्रोत्साहन गर्दै उत्पादित वस्तुको बजारीकरण गरिनेछ । निश्चित मापदण्डका आधारमा तोकिएको परिमाणमा उत्पादन गर्ने किसानको कृषि उपज खपतको ग्यारेन्टी नगरपालिकाले लिनेछ । बिक्री हुन नसकेको कृषि उपजमा स्थानीय सरकारले न्यूनतम समर्थन मूल्य तोकी खरिद गर्ने मापदण्ड तयार गर्नेछ ।
४०। रैथाने बाली संरक्षणका लागि उत्पादनमा जोड दिइनेछ । रैथाने बालीको बजारीकरणका लागि विभिन्न क्षेत्रहरूसँग समन्वय गरिनेछ । जडन, मार्सी, कोइलीजाडो जातका धानहरूको उत्पादन गरी बजारीकरण र ब्राण्डिङ गरिनेछ । नगरपालिकाको बेतालमाण्डौं, फालासैन र ताँप्रीसेरामा कृषि उपज संकलन केन्द्रहरु स्थापना गरी व्यवस्थापन गरिनेछ ।
४१- यस नगरपालिकालाई कुखुराजन्य मासुमा आत्मनिर्भर बनाउनका लागि साविकका गा।वि।स। हरुमा १र१ वटा पोल्ट्री फर्महरू सञ्चालनमा ल्याइनेछ ।एकीकृत व्यवसायिक कृषि फर्म सन्चालन गर्न चाहने युवा कृषकहरुलाई विशेष अनुदानका लागि पहल गरिनेछ। उन्नत नश्लका जातहरूको प्रबर्द्धन गरी उत्पादन वृद्धिमा जोड दिइनेछ । भेटेरिनरी अस्पतालको सम्भाव्यता अध्ययन गरी अस्पताल स्थापनाका लागि आवश्यक पहल गरिनेछ। कृषि तथा पशु बीमा सेवालाई प्रभावकारी बनाइनेछ ।
४२- कृषक पेन्सन कार्यक्रमलाई पुनरावलोकन गरी परिस्कृत गरिनेछ । कृषकहरुलाई उनीहरुको व्यवसायिक योजनामा आधारित सहुलियत दरमा कृषि कर्जा उपलब्ध गराइनेछ। कृषि उपजका लागि घुम्ती कोष परिचालन गरिनेछ ।बैंक तथा वित्तीय संस्थाबाट कृषकहरूलाई न्यूनतम प्रतिशत ब्याजदरमा सहुलियत कृषि कर्जा उपलब्ध गराउने व्यवस्थाका लागि आवश्यक पहल गरिनेछ । यसमा हुन आउने ब्याजको आधा रकम नगरपालिकाले अनुदान दिने व्यवस्था मिलाइनेछ ।
४३- नगरपालिकाका सबै कृषकहरूको पहुँचमा हुने गरी एक शीतगृह, भण्डारण र वितरण केन्द्र स्थापना गरी किसानको उत्पादनलाई बजारीकरण गरिनेछ । एक टोल एक उत्पादन, एक वडा एक विशेष उत्पादन नीतिमार्फत आत्मनिर्भर स्थानीय अर्थतन्त्रको निर्माण गरिनेछ। विभिन्न बाली वस्तुहरुको पकेट क्षेत्र निर्माण गरी एक वडा दुई वटा कृषि व्यवसायिक फर्म कार्यक्रम सन्चालन गरिनेछ ।
४४- बाँझो जमिनमा फलफूल खेती, अलैंची तथा बेसारजन्य खेती गर्न अभिप्रेरित गरिनेछ। सामुदायिक वन, कबुलयती वन, सडक किनार, खोल्सा खाल्सीहरुमा डालेघाँस तथा भुईघाँसको खेती गरी कृषकहरुलाई पशुपालन व्यवसायतिर आकर्षित गरिनेछ ।बृहत् कागती जोन निर्माणका लागि १ लाख कागतीजन्य बिरुवाहरू वितरण गरिनेछ, कम्तिमा २००० बिरुवा हुर्काई व्यवसाय गर्न चाहने कृषकहरूलाई आवश्यक अनुदान खर्च तथा निश्चित अवधिका लागि जग्गा भाडा अनुदान सहुलियत उपलब्ध गरिनेछ । बगर क्षेत्रमा तरबुजा खेती, उष्ण क्षेत्रमा लिची खेती प्रबर्द्धन गरी कृषकहरूलाई व्यवसायिकता तर्फ आकर्षित गरिनेछ ।
४५- दुग्ध तथा डेरी उद्योग स्थापनाका लागि आवश्यक पहल गरिनेछ । उन्नत जातका बाख्रा, भैंसी तथा गाईपालक कृषकहरूलाई प्रोत्साहन दिइनेछ ।कृषि तथा पशु सेवा विस्तारका लागि घरमै प्राविधिक सेवा उपलब्ध गराउने उद्धेश्यले एक वडा दुई प्राविधिक ९इलभ ध्बचम त्धय त्भअजलष्अष्बल( इध्त्त्० को व्यवस्था गरी परिचालन गरिनेछ । सबै क्षेत्रको माटो परिक्षण गरी उत्पादन ब्लकहरु तोकिनेछ ।
४६- कृषि पेशालाई मर्यादित र सम्मानित बनाउनका निम्ति वर्षमा एकजना उत्कृष्ट कृषकलाई नगरप्रमुख कृषि पुरस्कारबाट सम्मानित गरी निजको सफलताको कथा राष्ट्रिय तथा अन्तराष्ट्रिय सञ्चार माध्यममा प्रशारण गरिनेछ ।
४७- कृषियोग्य जमिनमा कन्क्रिट संरचनाहरु निर्माणमा निरुत्साहित गरिनेछ। नगरपालिकाको भवन निर्माण आचारसंहिता निर्माण गर्दा खेतीयोग्य ठाउँमा कन्क्रिट संरचनाहरु निर्माण गर्न नपाइने प्रावधान राखिनेछ ।सिँचाइ सुविधा बाह्रै महिना उपलब्ध गर्न आवश्यक पहल गरिनेछ । साना किसानहरूका लागि निःशुल्क कृषि हाते औजारहरू, वाटरपम्प वितरण गरिनेछ ।कृषि उपजहरूको संकलन तथा बजारीकरणमा सहजीकरणका लागि सहुलियत दरमा ढुवानी गर्न कृषि एम्बुलेन्सको व्यवस्थापन गरिनेछ ।
४८- रासायानिक मल तथा बिउँबिजनहरू समयमा नै उपलब्ध गराइनेछ । अर्गानिक कृषि उत्पादनलाई प्रोत्साहन गरिनेछ । गोठेमल तथा भकारो सुधार कार्यक्रम मार्फतजैविक मल प्रवर्द्धन कार्यक्रम सन्चालन गरिनेछ । जैविक मलको व्यवसाय गर्न चाहने किसानलाई अनुदान तथा निःशुल्क प्राविधिक सहयोग गरिनेछ । नगरपालिकाको स्वामित्वमा रहने गरी फालासैनमा सुपथ मूल्यको कृषि तथा पशु सेवा पसल सञ्चालन गरिनेछ ।
४९- छरिएर रहेका सुक्ष्म पूँजीलाई एकीकृत गरी उद्यमशिलता, स्वरोजगार र सामाजिक परिचालन गर्ने विषयमा सहकारी क्षेत्रको उल्लेखनीय योगदान रहेकाले उक्त क्षेत्रको सवलीकरण गरी नियमन कार्यलाई प्रभावकारी बनाइनेछ ।नगरभित्र रहेका सहकारीहरूलाई मर्ज गरिनेछ भने नाम मात्रका सहकारीहरू खारेज गरिनेछ, सबै सहकारीहरूमा कोपोमिस ९ऋइएइःक्ष्क्० सफ्टवेयर अनिवार्य रुपमा लागु गरिनेछ । कम्तिमा ५ जना भन्दा बढीलाई रोजगारी उपलब्ध गराउने गरी व्यवसाय सञ्चालन गर्ने सहकारीलाई विशेष सहुलियत प्रदान गरिनेछ । वित्तीय साक्षरता र ज्ञान वृद्धिका लागि सहकारी संस्थाहरूलाई आधारभूत तथा विशेष तालिम सञ्चालन गरिनेछ ।
५०- नगरपालिकाको भू(उपयोग नीति निर्माण गरी कृषि क्षेत्र, बजार क्षेत्र, आवास क्षेत्र, वन क्षेत्र, वाटरसेड क्षेत्र छुट्याई भु(उपयोग योजना ९ीबलम ग्कभ एबिल० निर्माण गरिनेछ।
स्वास्थ्य, सरसफाइ तथा खानेपानीः स्वस्थ बनौं, सुधारौं आनीबानी
५१- बुढीगंगा नगरपालिकाको खानेपानी,सरसफाइ तथा स्वच्छता नीती तथा गुरुयोजना निर्माण गरी पाँच वर्षको कार्यकालमा एक घर, एक धारा अभियान सञ्चालन गरी नगरक्षेत्र भित्रका सबै जनताहरूलाई सुरक्षित र स्वच्छ खानेपानीको पहुँचमा पुर्याइनेछ । साविकका गा।वि।स। हरूमा बृहत् खानेपानी योजना सञ्चालन गरिनेछ ।
५२- खानेपानीको मुहान नभएका ठाउँहरूमा लिफ्टिङ प्रविधिबाट एकीकृत खानेपानी र सिँचाई सुविधाका लागि भइरहेका प्रयासहरूलाई निरन्तरता दिइनेछ । खानेपानीको व्यवसायिक उत्पादन गर्ने व्यक्ति तथा फर्महरूलाई प्रोत्साहन दिइनेछ । बुढीगंगा नदीबाट पानी लिफ्टिङ गरी वडा नं। २ र ३मा पहिलो चरणमा खानेपानी तथा सिँचाइका योजना निर्माणमा विशेष पहल गरिनेछ ।
५३- नगरपालिका भरीका बजार क्षेत्र, टोलहरूमा कुहिने र नकुहिने फोहोर संकलनका लागि डस्टबिनहरू व्यवस्थापन गरी फोहोर बिसर्जन गर्न वातावरणीय अध्ययन गरी बार्जुगाडमा डम्पिङ साइटको निर्माण सुचारू गरिनेछ । फालासैनबजार क्षेत्रमा सार्वजनिक खानेपानी धारा र शौचालय निर्माण तथा रिठा, बेतालमाण्डौं, बाम्का र ताँप्रीसेरामा सार्वजनिक खानेपानी धारा निर्माण गरी बजार व्यवस्थापन समितिसँग व्यवस्थापन सम्झौता गरिनेछ ।
५४- नगरपालिकाको वडा नं। ५ मा बन्दै गरेको १५ सैयाको अस्पताल निर्माण कार्यलाई निरन्तरता दिइनेछ । गम्भिर प्रकृतिका बिरामीहरूका लागि विशेषज्ञ चिकित्सकहरू झिकाइ स्वास्थ्य शिविरहरू सन्चालन गरिनेछन् ।हाल सञ्चालनमा रहेका आधारभूत स्वास्थ्य सेवा केन्द्रहरू र बर्थिङ सेन्टरको स्तरोन्नती गरिनेछ । निर्माणाधीन आधारभूत स्वास्थ्य सेवा केन्द्रहरूलाई यसै आर्थिक वर्षभित्र सञ्चालनमा ल्याई आवश्यक जनशक्ति र आवश्यक उपकरणहरूको व्यवस्थापनका लागि पहल गरिनेछ ।
५५- गर्भवती तथा सुत्केरी सेवाका लागि २४ सै घण्टा एम्बुलेन्सको व्यवस्था गरिनेछ। नेपाल सरकारको समन्वयमा समयमै उपचार नपाउँदा अल्पायुमै हुने मृत्युको क्रम रोक्न एयर एम्बुलेन्स सेवाका लागि फिल्डस्तरमा प्रभावकारी समन्वयका लागि आवश्यक व्यवस्था मिलाइनेछ भने नगरपालिकाको उपयुक्त स्थानमा आपतकालीन हेलिप्याड निर्माण गरिनेछ।
५६- बाल मृत्युदर, मातृ मृत्युदर न्यूनीकरणका लागि मातृ तथा नवजात शिशु स्याहार एवं उपचार सेवाका लागि विशेष पहल गरिनेछ । मातृ मृत्युदर न्यूनिकरण गर्न सुत्केरी पश्चात आमा तथा नवजात शिशुको कम्तिमा १५ दिन प्रत्यक्ष निगरानीका लागि साविकका गा।वि।स। मा रहेका स्वास्थ्य चौकीहरूमा आमा तथा शिशु स्याहार कक्षको स्थापना गर्न विशेष पहल गरिनेछ ।रोकथाम गर्न सकिने मातृमृत्युलाई सन् २०३० सम्म शुन्यमा झार्ने लक्ष्य अनुरुपका नीति तथा कार्यक्रमहरुलाई प्राथमिकता साथ कार्यान्वयनका लागि ग्ल्ँएब् लगायतका संस्थाहरु संग साझेदारी गरिनेछ ।महिलाहरूमा हुन सक्ने स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सर निःशुल्क पहिचानका लागि वर्षमा एउटा विशेषज्ञ शिविर सन्चालन गरिनेछ ।
५७- प्रत्येक वडा तथा टोलहरूमा ज्येष्ठ नागरिक, अपांग, अशक्त, नवजात शिशुहरुका लागि अर्धवार्षिक रूपमा निःशुल्क स्वास्थ्य चेकजाँच गरिनेछ । राष्ट्रिय भिटामिन कार्यक्रम तथा विभिन्न खोप कार्यक्रमहरूमा परिचालित हुने राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई उचित प्रोत्साहन गरिनेछ ।
५८- यसै वर्ष नयाँ एम्बुलेन्सको ९कृर्षि० व्यवस्थापन गरिनेछ । आर्थिक रुपमा विपन्न व्यक्तिको स्वास्थ्य उपचारमा सहयोगका लागि नगरपालिकामा रु। १० लाख बराबरको बुढीगंगा कल्याणकारी कोष स्थापना गरिनेछ, उक्त कोषमा मासिक रुपमा कर्मचारी तथा पदाधिकारीहरूले कम्तिमा रु। १०० आर्थिक सहायता गरी रकम सञ्चित गरिनेछ । हरेक स्वास्थ्य चौकीहरूमा सेवाग्राही सहायता कक्ष, पोषण डेस्क स्थापना गरिनेछ भने नगरपालिकाको स्वामित्व रहने गरी फालासैनमा फार्मेशी सञ्चालन गरिनेछ ।
५९- स्वास्थ्य सुचना प्रणाली तथा आपुर्ति ब्यवस्थापनलाई थप ब्यवस्थित गर्न सम्पुर्ण स्वास्थ्य संस्थाहरु वाटै अनलाइन माध्यमबाट प्रतिवेदन प्रविष्ट गर्ने ब्यवस्था मिलाइनुका साथै समिक्षा प्रणालीलाई थप ब्यवस्थित बनाइने छ । स्वास्थ्य कर्मीहरुलाइ अध्याबधिक स्वास्थ्य सुचना प्रणाली, स्वास्थ्य आपुर्ति सुचना प्रणाली संबन्धमा क्षमता अभिबृदि गरिने छ ।
६०- स्वास्थ्य संस्थाहरुको नियमित रुपमा तथ्याँक गुणस्तर लेखाजोखा गरिनेछ।
६१– सन् २०३० सम्ममा परिवार योजनाको अपुग मागलाई शुन्यमा झार्ने लक्ष्य अनुरुपप्रत्यक स्वास्थ्य संस्था बाट ५ वटा परिवार नियोजन शाधन सेवाको उपलब्धताको लागी र स्थाइ परिवार नियोजन शिबिर संचालानको लागी प्रदेश तथा दातृ निकायहरु सग समन्वय गरिने छ । परिवार नियोजन शाधन प्रयोग दरमा बृदि गरिने छ।
६२- प्रजनन रुग्णता कार्यक्रम र लामो समय काम गर्ने नियोजन शाधन सेवाका सेवाको उपलब्धताको लागी प्रदेश तथा दातृ निकायहरुसंगको समन्वयमा स्वास्थ्यकर्मीको क्षमता अभिबृदि गरिनेछ ।
६३- सबै स्वास्थ्य संस्थामा क्रमिक रुपमा किशोर किशोर मैत्री सुचना कर्नरको ब्यवस्था गरिने छ । किशोर–किशोरी मैत्री सेवा संचालन भएका स्वास्थ्य संस्थाबाट सेवा प्रवाह दर बृद्दीका लागि नजिकका बिद्यालयहरुसंग समन्वय गरि स्वास्थ्य संस्थामा बिद्यार्थीहरुको नियमित भ्रमण सुनिश्चित गरिनेछ ।
६४- मानसिक स्वास्थ्य रणनीति २०७७ का कार्यक्रमहरुलाई स्थानीय स्तरमा कार्यान्वयन गर्दै लैजान तथा समुदायस्तरमा लैंगिक हिंसा तथा मानसिक स्वास्थ्यका बारेमा सचेतना तथा सेवा प्रवाहका लागि सामुदायिक मनोसामाजिक कार्यकर्ताहरु नगरपालिकाका सबै वडाहरुमा विस्तार गरिनेछ ।
६५- स्वास्थ्य संस्थामा सुत्केरी हुने दर बढाइ मातृ तथा नवशिशु स्वास्थ्य र पोषण स्थितीमा सुधार ल्याउन स्वास्थ्य संस्थामा सुत्केरी गराउन आउने आमाहरुलाई थप प्रोत्साहनको ब्यवस्था गरिने छ ।
६६- स्वास्थ्यका कार्यक्रमहरुलाई थप प्रभावकारी बनाउन ग्ल्ँएब् – च्ज्भ्ब् कार्यक्रम, स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्था साथै दातृ निकायहरुसंग समन्वय गरी स्वास्थ्य क्षेत्रमा स्रोतको ब्यवस्थापन गर्न पहल गरिने छ ।

युवा स्वरोजगार, रोजगारी,खेलकुद तथा पर्यटनः स्वस्थ र कर्मठ युवा, बढीगंगाको पहिचान
६७- निर्माणाधीन बुढीगंगा सीप विकास तथा प्रशिक्षण केन्द्रलाई यथाशिघ्र सम्पन्न गरी विभिन्न सीपमुलक व्यवसायहरू हाउस वायरिङ, फर्निसिङ, माटा तथा काठका भाँडाहरू निर्माण, ड्राइभिङ, हाते होजियारी, मोबाइल रिपेयरिङ जस्ता तालिमहरू सञ्चालन गरिनेछ। बेरोजगारहरूको लगत संकलन गरी अद्यावधिक गरिनेछ । वैदेशिक रोजगारमा जान चाहने युवाहरूलाई नगरपालिकाबाटै श्रम स्वीकृति दिने व्यवस्था मिलाइनेछ । कृषि, पशुपालन तथा अन्य व्यवसाय सञ्चालनका लागि प्रदान गरिने अनुदान, घुम्ती कोष तथा बीउँपूँजी९क्भभम mयलभथ०सहयोगका लागि सीप सिकेका युवाहरूलाई प्राथमिकता दिइनेछ ।
६८- नगर प्रहरी गठन तथा परिचालनका लागि आवश्यकता पहिचान गरी आवश्यक कानून निर्माण गरिनेछ । नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीमा आबद्ध हुन चाहने युवाहरुका लागि आवश्यक तयारी कक्षाहरू सञ्चालन गर्न पहल गरिनेछ ।
६९- नगर प्रमुख स्वरोजगार कार्यक्रमका लागि नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका निर्माण कामहरूमा लागत साझेदारी गर्नेछ । अदक्ष तथा अर्धदक्ष कामदारहरूलाई दक्ष बनाउन कार्यस्थलमा आधारित सीपमुलक तालिमहरू सञ्चालन गरिनेछ।जनतासँग नगरप्रमुख कार्यक्रम अन्तर्गत स्वरोजगारमा संलग्न हुने चाहने बेरोजगार व्यक्तिहरूलाई बिशेष अनुदान दिइनेछ । नगरपालिकामा सेवा दिने निर्माण व्यवसायी संस्थाहरू, तालिम प्रदायक संस्थाहरू र अन्य रोजगारदाताहरूलाई सूचिकृत गरी बेरोजगारहरूलाई काममा लगाई रोजगारी सिर्जनामा योगदान गर्न अनिवार्य गरिनेछ ।
७०- राष्ट्रपति रनिङ शिल्डलाई व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालन गर्न थप बजेटको व्यवस्थापन गरिनेछ । स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ मेयरकप खेलकुद प्रतियोगिता आयोजना गरिनेछ । नगरस्तरीय खेलकुद विकास समिति मार्फत विभिन्न युवा क्लबहरूसँग सहकार्य गरी नेतृत्व विकासका कार्यक्रमहरू सञ्चालन गरिनेछ । युवा तथा युवा क्लबहरूलाई विपद् जोखिम न्यूनीकरण, राहत, उद्धार तथा जनचेतनामूलक एवम् समाज सुधार तथा विकास निर्माण कार्यमा परिचालन गरिनेछ ।
७१- बुढीगंगा नगरपालिकाको पर्यटकीय गुरुयोजना निर्माण गरी राराबाट खप्तड क्षेत्रको ग्रेट हिमालयन ट्रेलका लागि विभिन्न निकायमा आवश्यक सहजीकरण गरिनेछ । डाबबजारदेखि खप्तड क्षेत्र, बेतालमाण्डौंदेखि बयालचाका, भुक्तोलीदेखि ज्यूलेखमाँडु, भट्टेचौरदेखि बार्जुकोट, बल्देदेखि कुँडीकोटसम्मको पर्यटकीय पदमार्ग निर्माणका लागि विभिन्न निकायहरूमा आवश्यक पहल गरिनेछ।वडा नं। ४ मा रहेको बलैमष्टा,घटाला मन्दिर क्षेत्रमा कुरुवा घर निर्माण का लागि आवश्यक व्यवस्था गरिनेछ भने वडा नं। ७ मा रहेको भगवती ढुङ्गा संरक्षणका लागि विशेष पहल गरिनेछ ।
७२- पुरातात्विक तथा ऐतिहासिक महत्वका क्षेत्रहरू बार्जुकोट दरबार, कुँडीकोट दरबार, बयालचाका, बलैमष्टा, कौडाकोट, चाकामाडौं, कुच्चेकोट जस्ता क्षेत्रहरूको संरक्षण र संवर्द्धनका लागि आवश्यक पहल गरिनेछ । बार्जुकोट दरबारको पुनःनिर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन ९म्भतबष्भिम एचयवभअत च्भउयचत० तयार गरी नेपाल सरकार, सुदूरपश्चिम प्रदेश सरकार तथा अन्य निकायहरूमा आवश्यक सहजीकरण गरिनेछ । बार्जुकोट दरबार क्षेत्रमा इको भिलेज होमस्टे निर्माणका लागि पहल गरिनेछ ।
७३- नगरपालिकाका विभिन्न क्षेत्रमा खेलाइने भूवा पर्व, रामलीला पर्व, होरी पर्व, विशु पर्व, पुल्ता खेलको संरक्षणका लागि विशेष व्यवस्था गरिनेछ । मालिका बजारलाई खप्तड, बेतालमाण्डौं बजारलाई छेडेदह, फालासैन तथा बाम्का बजारलाई मौरे, नाटेश्वरी, बार्जुकोट र छेडेदह, ताँप्रीसेरा तथा बल्दे बजारलाई कुँडीकोट र छेडेदहको ट्रान्जिट प्वाइन्ट ९विश्राम स्थल० का रूपमा विकास गर्न विस्तृत योजना निर्माण गरी कार्यान्वयन गरिनेछ । साथै, त्रिवेणी नगरपालिकासँग साझेदारी र समन्वय गरी मौरे शिवरात्री धाम निर्माणका लागि विशेष पहल गरिनेछ भने शिवरात्री मेला व्यवस्थापन गरिनेछ ।
७४- नगरपालिकाले व्यवस्थापन गर्ने खेल प्रशिक्षक र नृत्य प्रशिक्षकलाई प्रत्येक विद्यालयहरूमा परिचालन गरिनेछ । राष्ट्रिय स्तरमा खेलाइने खेलहरूलाई सबै माध्यामिक विद्यालयहरूमा अनिवार्य गरिनेछ । नगरपालिकाभित्रका निर्माणाधीन खेल मैदानहरूलाई राष्ट्रिय स्तरका बहुउद्धेश्यीय खेलकुद स्थलमा स्तरोन्नती गर्नका लागि आवश्यक पहल गरिनेछ । निर्माणाधिन बारमतोला खेलमैदानलाई राष्ट्रिय स्तरको बनाई फनपार्क तथा स्विमिङ पुल निर्माण गर्न आवश्यक पहल गरिनेछ ।

भौतिक पूर्वाधार, उर्जा, सिँचाइ, शहरी विकास तथा यातायातः गाडीमा सरर, बुढीगंगा शहर
७५- नगर विकास गुरुयोजना निर्माण गरी राष्ट्रिय भवन निर्माण मापदण्डलाई आधार मानी नगरपालिकाको भवन निर्माण आचारसंहिता निर्माण गरिनेछ । भवन निर्माण आचारसंहिता जारी गर्दा खेतीयोग्य जमिनमा कङ्क्रिट संरचनालाई निरुत्साहित गरिनेछ । साथै, नयाँ संरचना निर्माण गर्दा भूकम्प प्रतिरोधी, वातावरणमैत्री तरिकाले निर्माण गर्न अनिवार्य गरिनेछ। सबै सरकारी तथा संस्थागत भवनहरू अपांगमैत्री, बालबालिकामैत्री तथा महिनावारी स्वच्छतामैत्री निर्माण गर्न अभिप्रेरित गरिनेछ ।
७६- बहुवर्षीय ठेक्का भएका बाम्का(नगरपालिका, बेतालमाण्डौं(त्रिशक्ति र ताँप्रीसेरा(पुरानो गा।वि।स। भवनसम्मका सडकहरूलाई निरन्तरता दिइनेछ । फालासैन हुँदै नवाघरबाट स्वास्थ्य चौकीर नवाघरबाट नगरपालिका जोड्ने सडक कालोपत्रे गरिनेछ । वडा नं। ५ देखि नगरपालिकाको प्रमुख प्रशासकीय भवन जोड्नेनयाँ सडक खोलिनेछ । ट्रयाक खोलिएका सडकहरूको स्तरोन्नती गर्न आवश्यक समन्वय र पहल गरिनेछ । सिँगाडा(देवलसैन, त्रिशक्ति(बदेडा र चौढिक(माल्ता सडक निर्माणलाई निरन्तरता दिइनेछ ।
७७- नगरपालिकाको जलवायु अनुकुलन तथा विपद् जोखिम न्यूनीकरण योजना कार्यान्वयन गरी सबै संरचनाहरू वातावरणमैत्री निर्माण गरिनेछ।उच्च जोखिममा रहेका बस्तीहरू अमकोट, बजेडी, निमनी र देनसायललाई उपयुक्त स्थानमा बस्ती स्थानान्तरण गर्नका लागि विस्तृत योजना निर्माण गरी विभिन्न निकायहरूमा आवश्यक पहल गरिनेछ ।
७८- नगरपालिकाले निर्माण गरेको नगर यातायात गुरुयोजना तत्काल कार्यान्वयन गरिनेछ। फालासैनमा नगर बसपार्क निर्माण गर्नका लागि आवश्यक पहल गरिनेछ भने मालिका बजार, बेतालमाण्डौं र बल्दे क्षेत्रमा सब(स्टेशन निर्माणका लागि आवश्यक पहल गरिनेछ । नगर विकास कोषबाट ऋण सहयोग लिई फालासैनमा बहुउद्धेश्यीय सपिङ मल, हाटबजार र जीप तथा बसपार्क निर्माण कार्य अगाडि बढाइनेछ र यी संरचनाहरू नगरपालिकाले भाडामा लगाई आन्तरिक आम्दानी गरिनेछ ।
७९- बालबालिका, ज्येष्ठ नागरिक, अपांग लक्षित उद्यान निर्माणका लागि आवश्यक पहल गरिनेछ । भुक्तोली चौरमा बहुउद्धेश्यीय पार्क तथा पिकनिक स्पट स्थापनाका लागि सम्बन्धित निकायमा सहजीकरण गरिनेछ ।
८०- राष्ट्रिय राजमार्ग जोडिने सडकहरू बाह्रै महिना सुचारू हुनका लागि स्तरोन्नती गर्न, कालोपत्रे गर्न, सडक किनारको क्षेत्र बढाउन, पहिरोग्रस्त क्षेत्रहरूमा पहिरो रोकथामका उपायहरू अबलम्वन गर्नका लागि सम्बन्धित निकायहरूमा आवश्यक पहल गरिनेछ ।
८१- कार्यान्वनमा आउन नसकेको नगर बस सेवा सञ्चालनका लागि आवश्यक व्यवस्थापनका लागि पहल गरिनेछ । नगरपालिका भित्र सन्चालन हुने सार्वजनिक यातायातहरूको रुट निर्धारण गर्न, भाडादर कायम गर्न, यातायात कर निर्धारण गर्न क्रियाशिल बस(जीप व्यवसायीहरूसँग समन्वय गरी कार्यान्वयन गरिनेछ ।
८२- फालासैन,चौढिक र नगरपालिकाको प्रशासकीय भवन बनेको ठाउँदेखि वरपरको भागलाई यस नगरपालिकाको मूख्य व्यापारिक केन्द्रका रुपमा विकास गरिनेछ। एक वडा एक एकीकृत बजार को अवधारणालाई मुर्त रुप दिन नगर विकास गुरुयोजनामा समावेश गरी कार्यान्वयनमा ल्याइनेछ ।
८३- नगरपालिकाको सिँचाइ सुविधा नपुगेको ठाउँहरूमा नयाँ सिँचाइ कुलो निर्माण तथा श्रोत नभएको ठाउँमा लिफ्टिङ सिँचाइका लागि विशेष पहल गरिनेछ ।नगरपालिका क्षेत्र भित्रको फोहर व्यवस्थापन गर्न गाडी, बिरामीको लागि एम्बुलेन्स र सव वाहनको आवश्यक व्यवस्था गरिनेछ ।
८४- निर्माणाधीन २, ४, ६, ७, ८, ९ र १० नम्बर वडा कार्यालयहरू द्रुत रुपमा सम्पन्न गरी नागरिकका सेवा सुविधाहरू नयाँ भवनबाट सुचारू गरिनेछ । सबै वडा कार्यालयहरूमा नागरिक बडापत्रको व्यवस्था गरिनेछ भने वडा तथा नगरपालिकाबाट सेवा लिने सेवाग्राहीहरूको डाटाबेश तयार गरी दस्तावेज तयार गरिनेछ ।
८५- बाम्का, फालासैन, बेतालमाण्डौं र रिठा बजारमा सडक बत्तीहरूको व्यवस्थापन गरिनेछ। वडा नं। ५ को नवाघरदेखि कोटवाडासम्मको सडक क्षेत्रमा सोलार बत्ती जडानका लागि पहल गरिनेछ ।बिजुली बत्ती नपुगेको ठाउँहरूमा यसै आर्थिक वर्षभित्र राष्ट्रिय प्रशारण लाइन विस्तारका लागि आवश्यक व्यवस्था गरिनेछ । बाम्कामा बन्दै गरेको सब स्टेशनलाई चाँडो सम्पन्न गर्न नेपाल विद्युत प्राधिकरणसँग आवश्यक समन्वय गरिनेछ ।
८६- नगरपालिकाका पूर्वधारहरूमा लगानीका विभिन्न वित्तीय उपकरण तथा श्रोत परिचालन गर्न नगर विकास कोषमा नगरपालिकाको शेयर स्वामित्व रहने गरी आवश्यक प्रबन्ध मिलाइनेछ ।
प्राकृतिक श्रोत व्यवस्थापन, उद्योग, वन तथा वातावरणः हरित बुढीगंगा, आकर्षक पर्यापर्यटन
८७- नगरक्षेत्र भित्रका सम्पूर्ण मुल र शाखा सडक,सरकारी वन, सामुदायिक वन, कबुलियती वन तथा अन्य वन क्षेत्रहरू लगायत खाली र बाँझो जमिनमा बृहत् वृक्षारोपणका लागि आवश्यक व्यवस्था गरिनेछ । सामुदायिक वन दर्ता, कार्ययोजना निर्माण तथा नविकरणका लागि विशेष पहल गरिनेछ ।जडिबुटीको सम्भाव्यता अध्ययन गरी सामुदायिक तथा कबुलियती वनहरूमा जडिबुटी रोपणका लागि प्रोत्साहन गरिनेछ ।
८८- बुढीगंगा नदी क्षेत्रको ताँप्रीसेरा बगर, सेरा बगर, मौरे बगर क्षेत्रमा वातावरणीय अध्ययन गरी ढुङ्गा, गिटी, बालुवा उत्खनन गर्न नीति निर्माण गरिनेछ । अवैध रुपमा भैरहेको उत्खननलाई तत्काल बन्द गरी नगरपालिकाले आफ्नो क्षेत्राधिकारमा पर्ने उत्खनन क्षेत्रको करको दर कायम गरी लागु गरिनेछ ।सार्वजनिक(निजी साझेदारीमा सेरा बगरमा क्रसर उद्योग स्थापनाका लागि आवश्यक प्रक्रिया पुरा गरी सुचारू गरिनेछ ।
८९- भूक्षय तथा पहिरोग्रस्त क्षेत्रमा बायोइन्जिनियरिङ प्रविधिबाट तटबन्धन गर्ने व्यवस्था मिलाइनेछ ।नगरपालिकाको एकीकृत बस्ती व्यवस्थापन तथा भू(उपयोग योजना तयार गरिनेछ ।
९०- बुढीगंगा औद्योगिक ग्रामको सम्भाव्यता अध्ययन तथा प्रारम्भिक वातावरणीय परीक्षण गरी नगरपालिकाको वडा नं। ५ र ६ को उपयुक्त स्थानमा औद्योगिक ग्राम स्थापनाका लागि आवश्यक पहल गरिनेछ ।
९१- लघु, घरेलु तथा साना उद्यम विकासमा विशेष जोड दिइनेछ । मेहनती, लगनशील र व्यवसायिक उद्योगीहरूलाई प्रोत्साहनका लागि अनुदान, कर छुट, भ्रमण जस्ता कार्यक्रमहरू ल्याइनेछ ।
९२- बाख्रापालन, गाईपालन र भैंसीपालन उद्योग सञ्चालन गर्ने उद्यमीहरूले जग्गा भाडामा लिई व्यवसाय सन्चालन गर्न चाहेमा आवश्यकता अनुसार भाडा अनुदानका लागि व्यवस्थापन गरिनेछ ।
९३- हरियाली बुढीगंगा, स्वच्छ बुढीगंगा भन्ने उद्धेश्यका साथ ईक्डिगाडदेखि बल्देसम्मको मुख्य सडक खण्डको दायाँ(बायाँ क्षेत्रमा, बेतालमाण्डौं(त्रिशक्ति, बाम्का(नगरपालिका, फालासैन(नुवाघर, स्वास्थ्य चौकी(डेल्टा, ताँप्रीसेरा(ताँप्रा, बल्दे(आटिचौरको सडक खण्डमा सदाबहार विरूवाहरू ९भ्खभचनचभभल क्उभअष्भक० हरु रोपणमा विशेष जोड दिइनेछ ।
सूचना प्रविधि, विज्ञान प्रविधि, खोज अनुसन्धान तथा सञ्चारः डिजिटल बुढीगंगा, जमाना अनुसार
९४- नगरपालिकाको ई(प्रोफाइल यसै आर्थिक वर्षमा निर्माण गरी लागु गरिनेछ । नगरपालिकामा हुने दस्तावेजीकरणलाई क्रमशः पेपरलेस बनाउदै लगिनेछ । नगरपालिकामा डिजिटल नागरिक बडापत्र स्थापना गरिनेछ । नगरपालिकाको सूचना प्रणालीलाई एकीकृत सूचना प्रणालीमा जोडी सूचना तथा सञ्चार सम्बन्धि प्रत्येक शाखाहरू र वडा कार्यालयका कामहरू नगरपालिकाको वेवसाइटमा नियमित अद्यावधिक गरिनेछ । नगरपालिकाको वेवसाइटको स्तरोन्नती गरी सबै कर्मचारी तथा वडा सचिवहरूलाई सूचना प्रविधि सम्बन्धि क्षमता विकास गरिनेछ ।
९५- नेपाल टेलिकमको फाइबर नेट सेवा सबै वडा कार्यालयहरू, विद्यालय, स्वास्थ्य संस्थाहरूमा विस्तार गरिनेछ । फाइबर नेटलाई सबै नागारिकको पहुँचमा पुर्याइनेछ । माध्यामिक विद्यालयमा रहेका प्रयोगशालाहरूको स्तरोन्नती गरिनेछ । प्रयोगशाला नभएका विद्यालयहरूमा प्रयोगशाला स्थापनाका लागि आवश्यक व्यवस्था गर्न पहल गरिनेछ ।
९६- प्राविधिक धार रहेका भानोदय नमूना मा।वि। मा आधुनिक पशु प्रयोगशाला र धुरालशैन मा।वि। मा हाइटेक नर्सरी स्थापनाका लागि विशेष पहल गरिनेछ ।
लैंगिक समानता, महिला सशक्तिकरण,बाल संरक्षण तथा सामाजिक सुरक्षाः समतामुलक र विभेदरहित नगरपालिका, हाम्रो इच्छा
९७- शिक्षा, स्वास्थ्य, रोजगारी, गरिबी निवारण, जीविकोपार्जन सुधार, सामाजिक सुरक्षा, पूर्वाधारमा पहुँच लगायतका विषयमा नगर उपप्रमुख महिला लक्षित कार्यक्रम सञ्चालन गरिनेछ ।सन् २०३० सम्ममा महिला र किशोरीविरुद्ध हुने सबै प्रकारका हिंसा, विभेद र शोषणको अन्त्य गरी बालविवाह, बहुविवाह, छाउपडी तथाविभेदपूर्ण लिङ्ग छनौट (नभलमभच(दष्बकभम कभह कभभिअतष्यल – न्द्यक्क्)लगायतका हानिकारक अभ्यासबाट समाजलाई मुक्त गरिनेछ । हिंसापीडित महिलाको सुरक्षाका लागि राहत, उद्धार, पुःनस्थापना, निःशुल्क कानुनी सहायता, मनोसामाजिक परामर्श, सीप विकास तथा आयआर्जनमूलक कार्यक्रम सञ्चालन गरिनेछ ।
९८- लैंगिक तथा घरेलु हिंसा न्यूनीकरणका लागि अभियानहरू सञ्चालन गरिनेछ । हिंसापीडित बालबालिका तथा महिलाहरूको पुनःस्थापनाका लागि सेफ हाउस सञ्चालन गर्न विशेष पहल गरिनेछ । नगरस्तरीय तथा वडा स्तरीय बालक्लबहरू गठन तथा पुनर्गठन गरिनेछन् । यसै आ।व। भित्र बालमैत्री स्थानीय तह घोषणा गर्ने लक्ष्य लिइएको छ भने बालविवाह न्यूनीकरण, बालश्रम निवारण, बालबालिका सम्बन्धि खण्डिकृत तथ्याङ्क संकलन गर्ने कार्यक्रम सञ्चालनमा ल्याइनेछ । नगरपालिकामा एकजना बालकल्याण अधिकारी नियुक्तीका लागि आवश्यक प्रबन्धमिलाइनेछ । बाल उद्यान निर्माणका लागि आवश्यक पहल गरिनेछ ।
९९- नगरपालिका भित्र गठन गरिने विभिन्न समूह, संजाल, समिति तथा क्लबहरूमा महिला, दलित, अपांगता भएका व्यक्तिहरू, यौनिक अल्पसंख्यक, सीमान्तकृत तथा पछाडि पारिएका वर्ग र समुदायको सामानुपातिक र समावेशी सहभागिताको प्रतिनिधित्व सुनिश्चित गरिनेछ ।अपांगता भएका, एकल महिलाहरूका लागि सीप विकास सम्बन्धि क्षमता अभिवृद्धि गरिनेछ । सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रमलाई अझै चुस्त, दुरुस्त र प्रभावकारी बनाउन पहल गरिनेछ । ब्रान्चलेस बैंकिङ सेवालाई घर(घरमै पुर्याइनेछ ।
१००- ज्येष्ठ नागरिकको जीवन सम्मानित, सुरक्षित र व्यवस्थित बनाई उनीहरूको ज्ञान, सीप र अनुभवलाई नगरको समृद्धिका लागि उपयोग गरिनेछ । ज्येष्ठ नागरिकलाई स्वास्थ्य तथा अन्य सेवा सुविधामा छूट र सहुलियत प्रदान गरिनेछ । ज्येष्ठ नागरिक आवास गृह सेवा तथा मिलन केन्द्रहरू निर्माणमा जोड दिइनेछ । ज्येष्ठ नागरिक सम्मान तथा विशेष सहयोग कार्यक्रमहरू सन्चालन गरिनेछ । प्रत्येक वडामा कम्तिमा वर्षको २ पटक ज्येष्ठ नागरिक तथा अति विपन्न नागरिकको निःशुल्क स्वास्थ्य चेकजाँच गरिनेछ ।
१०१- मर्यादित महिनावारी नीति निर्माण गरिनेछ, मर्यादित महिनावारी सम्बन्धि पाठ स्थानीय पाठ्यक्रममा समावेश गरिनेछ । बालविवाह मुक्त, छुवाछुत मुक्त, छाउपडी प्रथा मुक्त नगरपालिका निर्माणका लागि आवश्यक नीति र कार्ययोजना अख्तियार गरिनेछ । विभिन्न लक्षित समूहका महिलाहरूलाई व्यवसायिक तथा आर्थिक रुपमा सशक्तिकरण गर्नका निमित्त हाते होजियारी सम्बन्धि तालिम सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ । महिला लक्षित विभिन्न दिवशहरूको आयोजनालाई निरन्तरता दिइनेछ ।
१०२-गर उपप्रमुख विशेष कार्यक्रम अन्तर्गत विपन्न परिवार, एकल महिला, लैंगिक हिंसा पीडित, दलित तथा पछाडि पारिएका समुदाय लक्षित उद्यम विकासका कार्यक्रमलाई थप प्रबर्द्धन गर्दै निरन्तरता दिइनेछ । साथै सुत्केरी महिलाको लागि नगर उपप्रमुख कोशेली कार्यक्रम सञ्चालन गरिनेछ । लैंगिक तथा घरेलु हिंसा पीडित एवम् जोखिममा परेका महिलाहरुको उद्धारका लागि स्थापना गरिएको लैंगिक हिंसा निवारण कोषलाई निरन्तरता दिइनेछ ।
१०३- नगरपालिका तथा वडा कार्यालयहरुले आयोजना गर्ने सीपमुलक, आयमुलक तथा रोजगारीमुलक कार्यक्रमहरु साथै हरेक नीति निर्माण र निर्णय प्रक्रियाहरुमा दलित महिला, अपांगता भएका महिला, एकल महिला, हिंसा प्रभावित महिला तथा किशोरीहरु, तथा पिछडिएका वर्गहरुको न्युनतम घण् प्रतिशत अर्थपूर्ण सहभागिता सुनिश्चित गरिनेछ । यसका लागि लैगिक समानता तथा सामाजिक समावेशीकरण नीति तर्जुमा गरि लागु गरिनेछ ।
सामाजिक विकास तथा सुशासनः पारदर्शी र नतिजामुखी प्रशासन
१०४- नगरपालिका भित्र अति गरिब तथा असाहय बालबालिकाहरूका लागि अनाथालयको रुपमा रहेको कन्सर्न बाजुरालाई आवश्यक सहयोगको व्यवस्था मिलाइनेछ ।नगर प्रमुख र उपप्रमुखको वार्षिक सेवा सुविधाबाट ५र५ प्रतिशत रकम गरिव जेहेन्दार विद्यार्थिलाई उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
१०५- मदन आश्रित स्मृति सामुदायिक पुस्तकालयको निर्माण कार्यका लागि विशेष पहल गरिनेछ ।
१०६- भ्रष्टाचार र अनियमितताको लागि शून्य सहनशीलतालाई कडाइका साथ लागु गरिनेछ। चौमासिक रुपमा सार्वजनिक सुनुवाई, सार्वजनिक लेखापरीक्षण गरी नगरपालिकाले कार्यान्वयन गरेका कामहरूको समीक्षा गरिनेछ । नगरपालिका अन्तर्गत तथा सहकार्यमा सञ्चालन गरिएका पूर्वाधारका योजनाहरूको सार्वजनिक लेखा परीक्षण तथा सार्वजनिक सुनुवाई गरिनेछ ।
१०७- सेवाग्राहीलाई छिटो छरितो सेवा प्रदान गरिनेछ, नगरपालिका र वडा कार्यालयहरूमा सेवाग्राही सहायता कक्ष स्थापना गरी सेवाग्राहीको सन्तुष्टि मापन गरिनेछ । इमान्दार, कर्तव्यनिष्ठ र जनाताको कामप्रति जिम्मेवार कर्मचारीलाई प्रोत्साहित गरिनेछ भने गैर जिम्मेवार कर्मचारीलाई दण्डित गरिनेछ ।
१०८- नगरपालिकामा बालहेल्पलाइन ९१०९८०, गुनासो सुनुवाई संयन्त्र र टोल फ्रि नम्बर सहितको हेलो बुढीगंगाःजनताको जिज्ञासा, हाम्रो सेवा कार्यक्रम सुचारू गरिनेछ । सबै वडा कार्यालयहरूमा गुनासो तथा सुझाव पेटिका राखी संयन्त्र स्थापना गरिनेछ । जनताको जिज्ञासा हाम्रो सेवा कार्यक्रम सामाजिक सञ्जाल मार्फत पनि सुचारू गरी मोबाइल गभर्नेन्सको रुपमा सञ्चालन गरिनेछ ।
१०९- बजेट कार्यान्वयनको अख्तियारी प्राप्त पश्चात तीन महिना भित्र विस्तृत योजना, लागत इस्टिमेट तयार गरी योजना सम्झौता गर्ने र चैत्र महिनामा योजना सम्पन्न गरी आर्थिक वर्षको बैशाख महिना भित्र भुक्तानी प्रदान गर्ने गरी वार्षिक योजना तयार गरी अनिवार्य लागु गरिनेछ ।
११०- गैरसरकारी संस्थाद्वारा सञ्चालन गरिने कार्यक्रमहरू एकद्वार प्रणाली अनुसार कार्यान्वयन गरिनेछन् । गैरसरकारी संस्थाहरूले नगरसभाबाट आफ्ना कार्यक्रम पास गर्ने गरी वार्षिक कार्यक्रमहरू पेश गर्नु पर्नेछ । गैरसरकारी तथा सामाजिक संस्थाहरूले अर्धवार्षिक रुपमा सार्वजनिक सुनुवाई गर्नु पर्नेछ ।
१११- लागु औषध नियन्त्रणका लागि नेपालप्रहरीसँगको सहकार्यमा स्पेशल टास्कफोर्स गठन गरिनेछ । लागु औषध ओसारप्रसार गर्ने व्यक्ति, समूह र पसलहरूलाई प्रचलित कानून अनुसार कारवाहीको दायरामा ल्याउन सहजीकरण गरिनेछ । लागु औषध दुर्व्यशनमा फसेका युवाहरूलाई सीपमुलक तालिम, मनोसामाजिक परामर्श सेवा मार्फत पुनःस्थापना गरिनेछ र त्यस्ता युवाहरूले स्वघोषणा गरी व्यवसाय सञ्चालन गर्न चाहेमा उचित सहयोगको व्यवस्था गरिनेछ ।
११२- नगरपालिकामा सबै व्यवसाय दर्ता अनिवार्य गरिनेछ । दर्ता नभई सन्चालन हुने र भैरहेका सबै प्रकारका पसल, होटलहरूलाई दर्ता प्रक्रियामा ल्याइनेछ । दर्ता प्रक्रियामा सहभागी नहुने व्यवसायहरू पूर्णत बन्द गरिनेछ ।
११३- नगरपालिकाले प्रदान गर्ने सेवा प्रवाह,आर्थिक व्ययभार र भुगोलसमेतलाई विश्लेषण गरी संगठन तथा व्यवस्थापन सर्वेक्षण गरिनेछ ।
११४- भुक्तानी प्रक्रियालाई सरलीकरण गर्नका लागि उपभोक्ता समितिलाई पुनर्ताजगी तालिम प्रदान गरिनेछ ।
११५- जनप्रतिनिधि,कर्मचारी,शिक्षक,विद्यार्थी एवं नगरवासीमा समेत जीवन व्यवस्थापन कला काम तथा जिवनबोचको सन्तुलन एंव सदाचारयुक्त स्वस्थ जिवनयापनलाई लक्षित गरी योग,ध्यान तथा सकारात्मक सोच सम्बन्धी कार्यक्रम संचालन गरिनेछ ।
विविध
११६- हाम्रो योग्यता, क्षमता र विज्ञतास हाम्रै नगरको विकासका लागि भन्ने अभियानका साथ नगरपालिकाका विभिन्न क्षेत्रका विज्ञ, राजनैतिक व्यक्तित्वहरू, कर्मचारी, शिक्षक, बुद्धिजीवी, युवा तथा विद्यार्थीहरूको सहभागितामा समृद्धि बहस र छलफललाई निरन्तरता दिइनेछ । बुढीगंगाको विकासका सवालमा विकास कचहरी नामक बहस सुरू गरिनेछ । विदेशको सिप स्वदेशका लागि कार्यक्रम अन्तर्गत सिप अनुसार परियोजना परियोजना बनाउन सहयोग गर्ने,बैकबाट क्रण लिन सहजीकरण तथा यन्त्र उपकरण खरिद गर्न सहजिकरण गरिनेछ ।
११७– सबै प्रकारका जातीय छुवाछुत, छाउपडी प्रथा, कुसंस्कारहरू अन्त्यका लागि जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
११८- समयमै गुणस्तरयुक्त काम सक्ने निर्माण व्यवसायी, सबैभन्दा बढी कर तिर्ने करदाता, उत्कृष्ट विद्यालय व्यवस्थापन समिति, उत्कृष्ट कर्मचारी, उत्कृष्ट सहकारी तथा सामाजिक संस्था, उत्कृष्ट गैरसरकारी संस्था,उत्कृष्ट शिक्षक, उत्कृष्ट विद्यार्थी, युवा वैज्ञानिक, उत्कृष्ट कृषक र उत्कृष्ट व्यवसायीलाई प्रोत्साहन स्वरुप उचित सम्मानको व्यवस्था गरिनेछ ।
११९- करारमा कार्यरत एकै तहका कर्मचारीहरूको तलबमा रहेको असमानता हटाई तलब समायोजन गरी एकरुपता र समसामयिक बनाइनेछ । प्रत्येक महिनाको ५ गते मासिक समीक्षा तथा १५ गते संघ(सँस्थाहरूसँग मासिक समीक्षा गरिनेछ ।
१२०समृद्ध बुढीगंगा हाम्रो अभियान, विकासका लागि जनश्रमदान भन्ने नाराका साथ प्रत्येक नागरिकले महिनाको कम्तिमा  २ दिन अनिवार्य श्रमदान गर्ने नीति अख्तियार गरिनेछ ।मेरो बुढीगंगा म बनाउँछु भन्ने अभियानलाई निरन्तरता दिइनेछ ।
१२१- वार्षिक प्रगति प्रतिवेदन आर्थिक वर्ष समाप्तिको अन्त्यमा र वार्षिक नीति तथा कार्यक्रम आर्थिक वर्षको सुरुवातीमा प्रकाशित गरिनेछ ।
१२२- विपन्न नागरिक आवास कार्यक्रमलाई निरन्तरता दिईनेछ ।कर तिर्नु कर्तव्य मात्र होईन गौरव पनि हो भन्ने सोच विकास गर्न, नागरिकलाई करको दायरामा ल्याउन र कर तिर्ने बानीको विकास गर्न करदाता शिक्षा र अभिमुखिकरण तालिमा संचालन गरिनेछ । नगर प्रमुख जनता भेटघाट कार्यक्रमलाई प्रभावकारी बनाईनेछ ।

 

चर्चामा

सम्बन्धित समाचार