शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • कैलालीको पहलमानपुरमा सवारी दुर्घटना, बस र ट्रकमा सवार यात्रु घाइते

कैलालीको पहलमानपुरमा सवारी दुर्घटना, बस र ट्रकमा सवार यात्रु घाइते

  • शनिबार, असार ९, २०८०
कैलालीको पहलमानपुरमा सवारी दुर्घटना, बस र ट्रकमा सवार यात्रु घाइते

धनगढी  –   कैलालीको पहलमानपुरमा सवारी दुर्घटना हुँदा बस र ट्रकमा सवार यात्रु घाइते भएका छन्। घाइतेहरुको विवरण संकलन गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

आज २ बजेर २० मिनेटमा जिल्लाको घोडाघोडी नगरपालिका–१० घुम्तिभाकल स्थित पूर्वपश्चिम राजमार्गमा बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको हो। पुर्वबाट पश्चिमतर्फ जादै गरेको (मदिराको लोड गाडी) सुदूरपश्चिम प्रदेश ०१–००१ख२७५९ नम्बरको ट्रक र पश्चिमबाट पुर्व तर्फ आउदै गरेको म १ ख ९०९ नम्बरको बस एक–आपसमा ठोक्किदा बस र ट्रकमा सवार यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउँदले बताए।

घाइते सबैको घोडाघोडी अस्पताल सुखडमा उपचारका लागि पठाइसकिएको उनले बताए। घाइतेहरुको उद्धार उपचारका लागि प्रहरी चौकी पहलमानपुरबाट पाँच जना र ईलाका प्रहरी कार्यालय सुखडबाट प्रहरी नायब उपरीक्षक बिरेन्द्रबिर बिश्वकर्माको कमाण्डमा १० जना प्रहरी टोली खटिएको छ। घाईतेहरुको पूर्ण विवरण आउन बाँकी छ। ट्रक सडकमा पल्टिएकाले अवरुद्ध राजमार्ग खुलाउने पहल भइरहेको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार