बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • समाज
  • प्रधानमन्त्री रोजगारका कामसंग साझेदारी गर्ने गरी नगर प्रमुख स्वरोजगार कार्यक्रम

प्रधानमन्त्री रोजगारका कामसंग साझेदारी गर्ने गरी नगर प्रमुख स्वरोजगार कार्यक्रम

  • शनिबार, असार ९, २०८०
प्रधानमन्त्री रोजगारका कामसंग साझेदारी गर्ने गरी नगर प्रमुख स्वरोजगार कार्यक्रम

बाजुरा ०८० असार ९ गते– बुढिगंगा नगरपालिकाले आर्थिक बर्ष २०८०र ८१ को निति तथा कार्यक्रममा नगर प्रमुख स्वरोजगार कार्यक्रम ल्याएको छ । नगरपालिकाको आगामी आर्थिक बर्षको निति तथा कार्यक्रममा सो कार्यक्रम सहितका निति तथा कार्यक्रम पारित गरेकको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगतका निर्माणका कामहरुमा लागत साझेदारी गर्ने गरि नगरप्रमुख रोजगार कार्यक्रम ल्याएको नगरप्रमुख रामबहादुर बानियाले बताए ।
कार्यक्रमले अदक्ष तथा अर्धदक्ष कामदारहरुलाई दक्ष बनाउन कार्यस्थलमा आधारित सिपमुलक तालिमहरु संचालन गरिने जनाएको छ । साथै जनतासंग नगरप्रमुख कार्यक्रम अन्र्तगत स्वरोजगारमा संलग्न हुन चाहाने बेरोजगार ब्यक्तिहरुले विशेष अनुदान दिने भनिएको छ ।
नगरपालिकामा सेवा दिने निर्माण व्यवसायी संस्थाहरु तालिम प्रदायक संस्थाहरु र अन्य रोजगारदाताहरुलाई सुचिकृत्त गरी बेरोजगारलाई काममा लगाई रोजगार सिर्जना गर्ने कार्यक्रमको उद्देश्य रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार