सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • कला /साहित्य
  • कुपुत्रहरूले नर्क बनाए यो सुन्दर देशलाई ।।

कुपुत्रहरूले नर्क बनाए यो सुन्दर देशलाई ।।

  • बिहिबार, असार ७, २०८०
कुपुत्रहरूले नर्क बनाए यो सुन्दर देशलाई ।।

सुरेशकुमार पाण्डे  –  गजल!

कुपुत्रहरूले नर्क बनाए यो सुन्दर देशलाई,
राजनीतिकै नाउँमा बनाए खण्डर देशलाई।

आर्काको देश नचार्दै घरभित्र बोल्दैन चुलो,
युवाबिहिन बनाउँदैछन् गाउँ सहर देशलाई।

दुष्टको कु दृष्टी हिमालसम्म फैलिएको देखी,
आएन अक्कल दुष्टले बनायो बगर देशलाई।

गर्छ अतिकर्मण भूमी भेषभुशा र संस्कृतमा,
देखाउँछ हैकमवादले मनभित्र डर देशलाई।

भन्छन् भन्नेले सधै आफुलाई खांटीका नेता,
उनैले पोलेर दुष्ट खुसीपार्ने तरखर देशलाई।

ए पाखण्डीहरू इतिहाश हेर पुर्वजहरूको,
उनैले छाडेर गए कुपुत्रहरूको भर देशलाई।

May be an image of text that says '"समृदु नगर खुशी नगरबासीको आधार, शिक्षा र स्वास्थ्यमा सुधार, पर्यटन प्रवर्दुन प्राकृतिक स्रोत तथा कृषिजन्य उत्पादनको त्यापार" "बडीमालिकाको खादय सुरक्षाको आधार: चिनो, कागुनो, कोदो, जौ, भुमरो र फापर" बडीमालिका नगरपालिका कुषि विकास शाखा मार्तडी, बाजुरा रैथाने बाली प्रवर्द्धन कार्यक्रम चिनो रैथाने बालीको उत्पादन प्रदर्शनी प्लट जग्माको क्षेत्रफल: १ हेक्टर मासे कोदो भुमरो कागुनो फापर सिमी'

चर्चामा

सम्बन्धित समाचार