शुक्रबार, असार १९, २०८३
  • होमपेज
  • समाचार
  • बझाङमा गाडी दुर्घटना अपडेटः मन्त्रीसहित चार जनाको अवस्था गम्भीर

बझाङमा गाडी दुर्घटना अपडेटः मन्त्रीसहित चार जनाको अवस्था गम्भीर

  • मङ्लबार, असार ५, २०८०
सेयर गर्नुहोस् :
बझाङमा गाडी दुर्घटना अपडेटः मन्त्रीसहित चार जनाको अवस्था गम्भीर

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सवारी गाडी दुर्घटनामा मन्त्रीसहित चार जनाको अवस्था गम्भीर रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। आज १ बजेर ४५ मिनेटमा बझाङको केदारस्यु गाउँपालिका–१ झारछडा स्थित जयपृथ्बी राजमार्गमा मन्त्री सवारी गाडी दुर्घटनामा परेको थियो।

डडेल्धुराबाट चैनपुर बझाङतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ झ ४८० नम्बरको गाडीमा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्बीबहादुर सिंह सवार गाडी एक्कासी सडकबाट करिब ५० मिटर तल कालङगा नदीको किनारमा खसेर दुर्घटना भएको हो। तत्काल प्रहरी टोली घटनास्थलमा खटिएर उद्वार गरी घाईतेहरुलाई उपचारको लागि रितु पोलीक्लिनिक र प्राथमिक स्वास्थ्य केन्द्र देउरा बझाङमा पुगाएको र उपचार भइरहेको प्रहरीले जनाएको छ।
घाईतेहरुको थप उपचारको लागि काठमाण्डौ लैजाने तयारी भइरहेको छ। दुर्घटनामा मन्त्रीसहित ५ जना घाइते भएका छन्। घाइते हुनेमा ३५ वर्षीय चालक धर्मराज जोशी रहेका छन्। उनको अवस्था सामान्य छ। उनी बझाङ जपृथ्बी नगरपालिका–१० का स्थानीय हुन्। त्यस्तै करिब ५५/५६ वर्षीय मन्त्री पृथ्बीबहादुर सिंह अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

सोहि गाडीमा सवार ५० वर्षीया अमृतासिंह (मन्त्रीकी श्रीमती) को अवस्था पनि गम्भीर छ। करिब ६०/६५ वर्षीया जयादेवी सिंह र सुरक्षार्थ खटिएका प्रहरी सहायक हवल्दार दिपक भण्डारीको अवस्था पनि गम्भीर रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार