शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा महिनावारी स्वच्छता सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न

बाजुरामा महिनावारी स्वच्छता सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न

  • सोमवार, असार ४, २०८०
बाजुरामा महिनावारी स्वच्छता सम्बन्धि  कार्यशाला गोष्ठी सम्पन्न

बाजुरा — बाजुरा सदरमुकाम मार्तडीमा महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । बाजुरा जिल्लामा बडिमालिका नगरपालिकाको समन्वयमा, गुडनेवर्स इन्टरनेश्नल नेपालको आर्थिक सहयोग तथा प्राबिधिक सहयोगमा पीसविन नेपाल संस्थाको आयोजनामा सो गोष्ठी संचालन गरिएको हो ।
संस्थाको कार्यक्षेत्रमा रहेको बडिमालिका नगरपालिकाका जनप्रतिनिधी कर्मचारी शाखा प्रमुखहरुको सहभागीतामा गोष्ठीको आयोजना गरिएको पिसवीन बाजुराका कार्यक्रम संयोजक महेश जोशीले बताए । स्थानिय तहका प्रमुख उप प्रमुख र प्रमुख प्रशासकिय अधिकृत बडिमालिका नगरपालिकाका शाखा प्रमुखहरुको सहभागीता गराएको जोशीले बताए ।

No description available.
विद्यालयमा हुने महिनावारी सम्बन्धी समस्या समाधान तथा मर्यादित महिनावारीका लागी के गर्न सकिन्छ भन्ने बिषयमा परियोजनाले यस अघि गरेको कार्यक्रमहरुको बारेमा जानकारी गराउनुका साथै स्थानिय तहको अवको निति तथा कार्यक्रमका बारेमा स्थानिय तहहरुको प्रयासका बारेमा जानकारी गराएको जोशीले बताए । बाजुरा जिल्लामा संचालित परियोजनाले महिनावारी सम्बन्धी परियोजनाद्धारा आयोजित गोष्ठी संचालन गरिएको छ ।
विद्यालयमा नै महिनावारीका कारण हुने भेदभाव तथा विद्यालयमा हुने अमर्यादित महिनावारीको क्षेत्रमा सुधार ल्याई विद्यालय क्षेत्रमा मर्यादित महिनावारी स्वच्छता व्यवस्थापनको वातावरणको सिर्जना गर्नका लागी गोष्ठीको आयोजना गरिएको आयोजना गरिएको गुड नेवर्स ईन्टरनेश्नलका परियोजनाले जनाएको छ ।

No description available.
किशोरीहरुलाई महिनावारी स्वास्थ्य र सरसफाईबारे संवेदनशील बनाउन पालिकाहरु महिनावारी स्वच्छता सम्बन्धी यस अघि परियोजनाको कार्यक्षेत्रमा रहेका स्थानिय तहका नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृतहरुसंग सो गोष्ठी आयोजना गरिएको आयोजकले जनाएको छ । महिनावारी स्वास्थ्य व्यवस्थापन सम्बन्धी सीप वृद्धि हुने, महिनावारीका कारण लाग्ने विभिन्न शारीकि रोगबाट जोगिन सक्षम हुने तथा किशोरीहरुको मनोसामाजिक सु-स्वास्थ्यमा सुधार भई दैनिकी सहजता ल्याउने उदेस्यका साथ गोष्ठीको आयोजना गरिएको परियोजनाका अधिकृत महेश जोशीले बताए ।
गुड नेवर्स इन्टरनेश्नले सन २०२० देखी सन २०२२ सम्म बाजुरामा बालबालिकाको संरक्षण, शिक्षित समुदाय, न्युनतम स्वास्थ्य सेवा तथा सुबिधा र मानिसहरुको आर्थिक सशक्तिकणका बिषयमा काम गर्दै आएको थियो । बालबालिका र उनिहरुका परिवार तथा समुदायको जीवनस्थर सुधार गर्ने उदेस्यका साथ गुड नेवर्स इन्टरनेश्नले बिद्यालय र समुदाय स्तरमा काम गर्दै आएको परियोजनाका अधिकृत जोशीले बताएका छन ।
गुड नेवर्स इन्टरनेश्न सन २००२ देखी नेपालका बिभिन्न जिल्लामा बिपन्न बर्गहरु, खास गरि बालबालिकाको जीवनस्तर सुुधार बाल संरक्षण शिक्षा, स्वास्थ्य र सरसफाई लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।
बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काको अध्यक्षतामा संचालन भएको कार्यक्रममा उप प्रमुख नन्दा थापा, प्रमुख प्रशासकिय अधिकृत वडाअध्यक्षहरु शाखा प्रमुखहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण पिसविन बाजुराका परियोजना अधिकृत महेश जोशीले गरेका थिए भने कार्यक्रमको संचालन कृष्ण खड्काले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार