बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • धिमाली सिचाई कुलो निमार्ण पछि स्थानिय खुशी

धिमाली सिचाई कुलो निमार्ण पछि स्थानिय खुशी

  • सोमवार, असार ४, २०८०
धिमाली सिचाई कुलो निमार्ण पछि स्थानिय खुशी

बाजुरा– सिँचाइ सुबिधा हुने भएपछि पानीको अभावले सिँचाई गर्न नपाएका बुढिनन्दा नगरपालिका १ का स्थानिय खुशी भएका छन् । सिँचाइको अभाबले आकाशे पानीको भरमा गदै आएका स्थानियले यो बर्ष समयमै खेति किसानी गर्न पाउने भएको स्थानिय रमेश खत्रीले बताए ।
गाउँमै सिचाई कुलो आएपछि हिउद बर्खा नै पानी आउने र अव तरकारी तथा फलफुल संगै गहुँ, धान, कोदो लगाएतका अन्य बाली लगाउन सजिलो हुने भन्दै स्थानिय खुसी भएका छन् । गाउँ भन्दा २ सय मिटर टाढा रहेको बड्डी गाड खोलाबाट गाउँमा सिँचाई पुगाएको सिंचाई योजना निर्माण समितिले जानकारी दिएको छ ।
गाउँमा सिँचाई पुगेपछि अब यहाँका स्थानीयहरु खुशी भएका छन् । सिचाई कुलो बनेसंगै आकाशको पानीको भरमा रोपीने खेत समयमै रोपाई सुरु भएको अब आगामी वर्ष खेतबारीमा धान रोपाई, गहुँवालीमा सिंचाई गर्नुका साथै बेमौसमी तरकारी तथा फलफुल उत्पादन गर्न सजिलो हुने स्थानीय बिष्ण कार्कीले बताए । सिँचाईको अभावले यसभन्दा अघि आकाशे पानीको भरमा मात्र खेती गर्दै आएको उनको भनाई छ । सिंचाई अभावले गर्दा हरियो सागपात र तरकारी समेत नपाउने यो गाउँमा अब भने तरकारी उत्पादन गरेर किसानले आर्थिक आम्दानी समेत गर्न सक्ने स्थानीयको आशा रहेको छ ।
‘हामीहरुले गाउँमा सिँचाई कुलो निर्माणको लागि विभिन्न ठाउँमा माग गरेपनि कसैको चासो नदिँदा लामो समय देखी सिँचाई सुविधा पुग्न सकेको थिएन्, कार्कीले भने, ‘ सुुदुरपश्चिम प्रदेश सरकारको आर्थिक सहयोगमा सिँचाई पुगेको छ, पानी भएपछि अब यहाँ हरियो सागापात तथा फलफुल उत्पादन गरि बिक्री गरेर पैसा कमाउन पनि सजिलो हुने आशा गरेको उनले बताए ।’
सिँचाई कुलो निर्माणको लागि १० प्रतिशत स्थानियको सर्वदान गरेर २४ लाख ३५ हजार १ सय ५८ रुपैयामा निर्माण गरिएको छ । यहाँको करिब ६ हेक्टर भन्दा बढि क्षेत्रफलमा सिँचाई सुविधा पुग्ने जिल्ला सिचाई सव डिभिजन कार्यालयले जनाएको छ ।
सिँचाई कुलो निर्माण गर्दा यहाँका स्थानीयले गाउँमै स्थानीय रोजगार समेत पाएका थिए । थोरै भएपनि गाउँको विकाससँगै आफुहरुले रोजगारी पाएको बताएका छन् । अहिले गाउँमा सिँचाई कुलोको पानी आएको छ । सिचाई बनेसंगै यो बर्ष जेठबाटै धान रोप्ने काम सुरु भएको छ ।

चर्चामा

सम्बन्धित समाचार