सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • डुङ्गा दुर्घटना हुँदा ७९ जनाको मृत्यु

डुङ्गा दुर्घटना हुँदा ७९ जनाको मृत्यु

  • बिहिबार, जेष्ठ ३२, २०८०
डुङ्गा दुर्घटना हुँदा ७९ जनाको मृत्यु
फाइल तस्विर

ग्रीकमा आप्रवासी चढेको डुङ्गा दुर्घटना हुँदा ७९ जनाको मृत्यु भएको छ । आप्रवासी चढेको डुङ्गा दक्षिणी तटमा दुर्घटना हुँदा ठूलो क्षति भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

स्थानीय सञ्चारमाध्यम र उद्धारका लागि पुगेका अधिकारीलाई उल्लेख गर्दै त्यहाँ राहत र उद्धारको खाँचो रहेको बीबीसीले खबरमा उल्लेख गरेको छ ।

दुर्घटनामा अरु धेरै मानिस हराइरहेको समाचारमा उल्लेख छ । डुङ्गामा कम्तीमा चार सय जना सवार थिए । हालसम्म एक सयभन्दा धेरैको उद्धार गरिएको छ भने बाँकीको खोजी कार्य जारी छ । शरणार्थी बोकेको उक्त डुङ्गा लिबियाबाट इटालीतर्फ गइरहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार