शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिकामा प्रभावकारी बन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम

बडिमालिका नगरपालिकामा प्रभावकारी बन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम

  • बुधबार, जेष्ठ ३१, २०८०
बडिमालिका नगरपालिकामा प्रभावकारी बन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम

बाजुरा– बाजुराको बडीमालिका नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभाबकारी बन्दै गएकाे छ । प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत बनेका याेजनाहरु दिर्घकालिन र गुणस्तरीय बन्दै गएकाे पाइएकाे छ । बडिमालिका नगरपालिकामा  प्रधानमन्त्री रोजगार कार्यक्रम  मार्फत २ सय ८२ जनाले रोजगार पाएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमले गाउँको मुहार फेरिँदै गएको छ । गाउँमा विकास निर्माणका आयोजना सञ्चालन भएसँगै गाउँको मुहार पनि फेरिएको स्थानिय बताउछन। विकास निर्माणका आयोजना सञ्चालन भएसँगै स्थानीयले सुविधा पाएको अगुवाहरू बताउँछन् ।

यस अघि गाउँमा हुने बिकाशका कामहरुमा कहिल्यै अवसर नपाएका र आर्थिक रुपमा कमजाेर पछाडी पारिएका बर्गहरुका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमबाट ठुलाे सहयाेग पाएकाे स्थानियहरु बताउछन । प्रधानमन्त्री राेजगार कार्यक्रम स‌चालनमा आए स‌गै गाउँमा बनेका स‌रचनाहरु स‌गै अवसरबाट बन्चित परिवारका लागि अवसर स‌गै उपभाेक्ता  समितिबाट हुने कामकाे जस्तै लुटिनबाट जाेगिएका छन भने बिमा समेत हुने गरेकाेले राेजगार कार्यक्रम प्रभावकारी बन्दै गएकाे बडिमालिका नगरपालिका उप प्रमुख नन्दा थापाले बताइन ।

 यी योजनामा गाउँकै बेरोजगारहरूलाई काम दिएको प्रधानमन्त्री रोजगार कार्यक्रममा नगरपालिकाका रोजगार संयोजक प्रमिला थापाले बताइन । ‘यसबाट उनीहरूको घर खर्चको जोहो भएको छ,’ उनले भनिन ।  यो कार्यक्रमबाट बेरोजगारहरूको जीविकोपार्जन भएको उनको भनाइ छ । ‘यस कार्यक्रमबाट बेरोजगारहरूलाई आर्थिक हिसाबमा केही सहजता भएको छ । यससँगै राज्यको विकास निर्माणमा पनि टेवा पुगेको छ,’ उनले भनिन ।

  प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत बडीमालिका नगरपालिका भित्रका ९ वटै वडामा २ सय ८२ जनाले रोजगार प्रदान गरेको बडीमालिकाका रोजगार संयोजक प्रमिला थापाले बताएकी छन् ।  नगरपालिका भित्रका बेरोजगारलाई लक्षित गरी रोजगारी सिर्जना गर्ने गरी आएको बजेटबाट नगरपालिकाको विभिन्न वडामा सिंचाई कुलो, गोरेटो बाटो निर्माण, खानेपानी मर्मत, सिंचाई ट्याकीं, मन्दिर मर्मत, फिल्ड निर्माण, पोखरी मर्मत लगायतका ३२ वटा योजनाहरुका काम सम्पन्न भएको रोजगार संयोजक थापाको भनाई छ ।

चालु आर्थिक वर्ष २०७९/८० मा बडीमालिमा १ करोड ६३ लाख २४ हजार रकम रोजगार कार्यक्रममा खर्च भएको बडीमालिका नगरपालिका नगरपालिकाले जनाएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत नगरपालिका भित्रका ९ वटै वडाका २ सय ८२ जना बेरोजगारलाई समावेश गरी रोजगारी प्रदान गरिएको बडीमालिका नगरपालिकाले जनाएको छ ।

बडीमालिका नगरपालिकामा बेरोजगारलाई लक्षित गरेर रोजगारी सिर्जना गर्नका लागि नेपाल सरकारको १ करोड ३५ लाख २७ हजार र विश्व बैंकको २७ करोड ९७ हजारसहित कुल एक करोड १ करोड ६३ लाख २४ हजार रुपियाँको बजेट आएको थियो ।रोजगार कार्यक्रममा प्रतिव्यक्तिले १ सय दिन काम गरेका थिए । २०७९/८० मा मात्र नगरपालिकामा ३ हजार ५ सय ४५ जनाले बेरोजगारको सुचिमा सुचिकृत भएका थिए भने तीमध्ये २ सय ८२ जनाले रोजगार पाएका हुन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रमले समुदायमा विभिन्न सकारात्मक प्रभाव पारेको राेजगार स‌याेजक थापा बताउँछिन् । ‘यसले बेरोजगार व्यक्तिहरूको जीवनयापनमा सहज भएको छ,’ उनी भन्छन्, ‘यस्तै, घरभित्रै चुलो चौकामा सीमित महिलाहरू योजनाका चरणमा सहभागी भएका छन् ।’ यति मात्रै होइन, महिलाहरू बैंकिङ कारोबार गर्न जान्ने भएको, योजना छनोट, उपभोक्ता समिति गठन, योजना सम्झौता, योजना अनुगमन, डोर हाजिरी राख्न लगायत बारे जानकार भएको उनको भनाइ छ ।

यस कार्यक्रमले गाउँको विकास निर्माणमा टेवा पुगेको र ठूला आयोजनाका लागि बजेट विनियोजनमा पनि सघाउ भएको उनले बताइन । ‘पुनः निर्माण र मर्मत सम्भारका आयोजनाहरू प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत हुने भएकोले नगरपालिकाको बजेटमार्फत अन्य ठूला आयोजनामा बजेट विनियोजन गर्न सहज भएको छ,’ उनले भनिन् । यति मात्रै होइन, समाजले महिलालाई हेर्ने दृष्टिकोण पनि यस कार्यक्रमले परिवर्तन गरेको छ । ‘आर्थिक, सामाजिक र विकासका  क्रियाकलापमा महिलाहरूको सक्रिय सहभागिता रहेको छ,’ राेजगार स‌याेजक थापाले भनिन।

प्रधानमन्त्री रोजगार कार्यक्रममा काम गर्न थालेपछि सामाजिक प्रतिष्ठा बढेको   स्थानियकाे  बुझाइ छ । ‘पहिले पैसा सापटी माग्दा आनाकानी गर्ने साथीभाइ, आफन्तले अहिले सापटी माग्दा सहजै दिने गरेकाे राेजगारमा स‌लग्न ब्यक्तीहरुले बताउने गरेका  छन् ।

 श्रमिकको बैंक खातामा नै ज्याला रकम भुक्तानी हुने भएकोले रकमको सदुपयोग भएको छ ।बेरोजगार व्यक्तिले आफ्नै गाउँघरमा सरकारबाट नै रोजगारी प्राप्त गरेको उनीहरूको सामाजिक प्रतिष्ठामा वृद्धि भएको  जनाएकाे छ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले बेरोजगार व्यक्तिलाई कम्तीमा पनि १ सय दिनको रोजगारी दिने उद्देश्यसहित देशभरका स्थानीय तह मार्फत प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन भई रहेको छ ।

नेपाल सरकार श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०७५,फाल्गुण १ गते प्रधानमन्त्री रोजगार कार्यक्रमको औपचारिक रुपमा समुदघाटन पश्चात ७५३ वटा स्थानीय तह ७ वटा प्रदेश र संघिय सरकारका लागि आवश्यक पर्ने कानुन र जनशक्ति छनौट पश्चात कार्यक्रम कार्यान्वयनमा आएको थियो।

चर्चामा

सम्बन्धित समाचार