बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • समाज
  • श्रीमानको मृत्यु पछि विचल्लिमा परेका ४ बालबालिकाकाे उद्धार 

श्रीमानको मृत्यु पछि विचल्लिमा परेका ४ बालबालिकाकाे उद्धार 

  • मङ्लबार, जेष्ठ ३०, २०८०
श्रीमानको मृत्यु पछि विचल्लिमा परेका ४ बालबालिकाकाे उद्धार 

बाजुरा– बाजुराको बुढिनन्दा नगरपालिका वडा न १० पाण्डुसैनकी २८ वर्षिया सुरसा दमाईको ४ जनाको परिवारलाई उद्धार गरीएको छ । बुढीनन्दा नगरपालिकाले सञ्चालन गरेको हेलो मेयर कार्यक्रमका सञ्चालक कालिका उपाध्यायको पहलमा सुरसा लगायत, १० बर्सिया छोरी अम्बिका, ८ बर्सिया छोरी रमना र ५ बर्सिया छोरा रोसन दमाईलाई उद्धार गरीएको हो ।

४० वर्षका श्रीमान धनलाल दमाइको ४ वर्ष अगाडी क्षयरोगका कारण मृत्यु भएपछी बिचल्लिमा परेको दमाइको परिवारलाई काठमाडौ बुढानिलकण्ठमा रहेको अनाथ असाहय बाल सुधार समाजले उद्धार गरेको उपाध्यायले बताएकी छन । आफन्त उजिरे दमाइले श्रीमान, सासू र ससुराको मृत्यु पछि विचल्लिमा परेको गुनासो हेलो मेयर कार्यक्रम सम्म पुर्याए पछि उद्धार गरीएको बताइन ।

श्रीमान, सासु र ससुराको मृत्यु पछि ४ सन्तानकी आमा सुरसाले पालन पोषणमा समस्या हुँदा १३ वर्षिया जेठी छोरीको बिवाह गरीदिनु परेको उनले बताएकी छन। घर परिवारमा सहारा दिने कोहि नहुँदा विचल्लिमा परेका सानै उमेरमा आफ्नो बिवाह भइ छोराछोरिको आमा बन्दा दुख पाएनि बाध्यताले छोरिको बिवाह गर्नुपरेको बताउछन ।

एउटा छोरीको बिवाह नजिकै रहेको गाउँमा गरीदिएको र आफू सहित तीन ओटा छोरा छोरी बाहेक घरमा साहारा दिने अरु कोही नहुँदा आफुहरु विचल्लिमा परेको बालबालिकाका आफन्तले बताए । अरुको काम गरी पेट पाल्ने गरेको भएपनी बालबालिकाको पढाइ लेखाइ, लत्ता कपडा र अन्य घर खर्चको लागि कुनै उपाय नहुँदा समस्या भएको आफन्तले गुनासो गरे पछि उद्धार गरीएको हो ।

बिचल्लीमा परेको सुरसाको परिवार अनाथ असाहय बाल सुधार समाज सम्म पुर्यापछी उक्त सस्थाले आमा सहित तीन ओटै बच्चाको पालन पोषण गर्ने भएको आफन्त दिनेश परियारले बताए  । सुरसाको परिवारलाई कोल्टी देखि काठ्माण्डौं सम्मको भाँडा व्यवस्थापन नगरपालिकाले गरेको र खाजाको व्यवस्थापन नगरपालिका प्रवक्ता तथा वडा नं तीन वडा अध्यक्ष जंगविर रोकायाले गरेकाे उपाध्यायले बताएकी छन ।

चर्चामा

सम्बन्धित समाचार