शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • खेलकुद
  • यी हुन् विश्वकप छनोट खेल्ने १० टिमका खेलाडी

यी हुन् विश्वकप छनोट खेल्ने १० टिमका खेलाडी

  • सोमवार, जेष्ठ २९, २०८०
यी हुन् विश्वकप छनोट खेल्ने १० टिमका खेलाडी

काठमाडौं– भारतमा आगामी अक्टोबर-नोभेम्बरमा हुने एकदिवसीय विश्वकप क्रिकेटमा छनोट हुने लक्ष्यसहित १० टोलीबीच अर्को सातादेखि जिम्बाव्वेमा प्रतिस्पर्धा हुँदैछ । विभिन्न छनोट चरणपछि विश्वकपको यो मुख्य छनोटमा पूर्वविश्व विजेतादेखि एशोसिएट राष्ट्रसम्मले प्रतिस्पर्धा गर्नेछन् । यो छनोट प्रतियोगिताको फाइनल पुग्ने दुई टोलीले विश्वकपको टिकट काट्नेछन् ।

विश्वकप छनोटका लागि टिम जिम्बावे पुग्ने क्रम जारी छ । अमेरिका यसअघि नै जिम्बाव्वे पुगेर त्यही तयारी गरिरहेको छ । ३० जेठ (१३ जुन) देखि नै विश्वकप छनोट अघि अभ्यास खेलहरु रहेकाले टिमहरु साता अघि नै जिम्बाव्वे पुग्नुपर्नेछ । विश्वकप छनोट भने ३-२४ असार (१८ जुन-९ जुलाई)मा हुनेछ ।

त्यसअघि हरेक टोलीले दुई-दुई अभ्यास खेल खेल्ने व्यवस्था आईसीसीले मिलाएको छ । तर चार टेष्ट राष्ट्र समेत रहेको विश्वकप छनोटमा नेपालले मात्र अभ्यास खेल्न टेष्ट राष्ट्रसँग खेल्न पाउने छैन । नेपालले ३० जेठ (१३ जुन) मा युएई र ३२ जेठ (१५ जुन) मा ओमानसँग अभ्यास खेल खेल्नेछ ।

विश्वकप छनोटमा नेपाल समूह ए मा छ । यस समूहमा दुई पटक विश्वकप जितिसकेको वेष्ट इन्डिज, घरेलु टोली जिम्बाव्वेसँगै अन्य दुई एसोसिएट टोली नेदरल्याण्ड्स र अमेरिका छन् ।

नेपालले क्रिकेट विश्वकप लिग टु मा अमेरिकासँग ६ खेल खेलेको थियो । नेदरल्याण्ड्ससँग नेपालले सन् २०१८ मा ओडीआई मान्यता प्राप्त गरेपछि पहिलो शृंखला खेलेको थियो ।

नेदरल्याण्ड्ससँग त्यसपछि टी-२० क्रिकेट खेले पनि ओडीआईमा नेपालले पहिलो पटक खेल्दैछ । जिम्बाव्वेसँग २०१८ मै भएको एकदिवसीय विश्वकप छनोटमै नेपालले खेलेको थियो । वेष्ट इन्डिजसँग भने नेपालले पहिलो पटक ओडीआई खेल खेल्दैछ ।

नेपालले ३ असार (१८ जुन) मा जिम्बावेसँग खेल्दै विश्वकप छनोट यात्रा सुरु गर्नेछ । यस्तै ५ असार (२० जुन) मा अमेरिका, ७ असार (२२ जुन) मा वेष्ट इन्डिज र ९ असार (२४ जुन) मा नेदरल्याण्ड्ससँग खेल्नेछ ।

नेपालको सबै खेल हरारे शहरमा हुनेछ । दुवै समूहका शीर्ष तीन टोली सुपर सिक्स राउण्डमा प्रवेश गर्नेछन् । सुपर सिक्सका शीर्ष दुई टोली विश्वकपमा छनोट हुने छन् ।

समूह ए

नेपाल : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, ललित राजवंशी, प्रतिश जिसी, अर्जुन साउद, किशोर महतो (१५ जनाको सूची छनोट गर्न बाँकी) ।

वेष्ट इन्डिज : शाई होप (कप्तान), रोभमन पावेल, शाम्राह ब्रुक्स, यानिक कारिएह, किएसी कार्थी, जोहन्सन चार्ल्स, रोस्टन चेस, ज्यासोन होल्डर, अकिल होसेन, अल्जारी जोसेफ, ब्रान्डोन किंग, कायल मेयर्स, किमो पउल, निकोलस पुरन, रोमारियो शेफर्ड ।

जिम्बाव्वे : क्रेग इर्भिन (कप्तान), राएन बर्ल, तेन्डाई चटारा, ब्राड्ले एभान्स, जोएलोर्ड गुम्बि, लुक जोङ्गवे, इन्नोसेन्ट काया, क्लाइभ माडान्नडे, वेस्ले माधेभेरे, ताडिवानाशे मारुमानी, वेलिङ्गटन मासाकान्डा, ब्लेसिङ मुजाराबानी, रिभर्ड एनगाभारा, सिकन्दर राजा, सिन विलयम्स ।

नेदरल्याण्ड्स : स्कट एडवार्ड्स (कप्तान), म्याक्स ओ’डाउड, लोगन भान बिक, विक्रम सिंह, आर्यन दत्त, भिभिनएन किङ्गमा, बास् डे लिड, नोएह क्रोएस, राएन क्लेइन, टेजा निदामानुरु, वेस्ले बारेसी, शाइज अहमद, क्लेटन फ्लोएड, माइकल लेभिट, साकिव जुल्फिकर ।

अमेरिका : मोनाक पटेल (कप्तान), आरोन जोन्स, अभिशेक पारादकर, अली खान, गजानन्द सिंह, जसदिप सिंह, कायल फिलिप, निसर्ग पटेल, नोस्तुस केन्जिगे, साइतेज मुक्कामाला, सौरभ नेत्रभाल्कर, शायन जहानगिर, स्टेभेन टेलर, सुशान्त मोदानी, र्स्मान राफिक ।

समूह बी

श्रीलंका : दसुन सनाका (कप्तान), कुसल मेन्डिस, दिमुथ करुणारत्ने, पथुम निसान्का, चरिथा असालान्का, धनन्जय डी शिल्भा, सदिरा समराविक्रमा, वानिन्दु हसरंगा, चमिका करुणारत्ने, दुश्मन्था चमिरा, कसुन रजिथा, लहिरु कुमारा, महिशा थिक्साना, मथिशा पाथिराना, डुसान हेमान्था ।

आयरल्याण्ड : आन्द्रे बेलब्रिन (कप्तान), मार्क एडेर, कर्टिस काम्पर, गारेथ डेलानी, जर्ज डकरेल, ग्राहम हुम, जोस लिटिल, एन्डी म्याकब्रिन, बारी म्याककार्थी, पिजे मुर, पउल स्टर्लिङ, ह्यारी टेक्टर, लोर्कान टकर, वेन ह्वाइट, क्रेग योङ ।

स्कटल्याण्ड : रिची बेरिङ्गटन (कप्तान), म्याथ्यु क्रस, अलासदायर इभान्स, क्रिस ग्रिभ्स, ज्याक जर्भिस, माइकल लिस्क, टोम म्याकिन्तोस, क्रिस म्याकब्रिज, ब्रान्डन म्याकमुलेन, जर्ज मुन्से, एड्रिएल नेइल, साफ्यान सरिफ, क्रिस सोले, हम्जा ताहिर, मार्क वाट ।

ओमान : जिसान मक्सुद (कप्तान), अकिव इल्यास, जतिन्दर सिंह, कश्यप प्रजापति, सोएब खान, मोहम्मेद नदिम, सन्दिप गौड, आयन खान, सुरज कुमार, नसिम खुशी, बिलाल खान, कलिमुल्लाह, फयाज बट, जे ओडेरा, सामाये श्रीवास्तव ।

युएई : मोहम्मद वासिम (कप्तान), एथान डि,सुजा, अली नासेर, वृत्य अरविन्द, रमिज शाहजाद, जवादुल्लाह, आसिफ खान, रोहन मुस्ताफा, आयान खान, जुनैद सिद्दिकी, जहुर खान, सन्चित शर्मा, आर्यांश शर्मा, कार्तिक मेइयाप्पन, बसिल हमिद ।

चर्चामा

सम्बन्धित समाचार