सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • समाज
  • आमाको मृत्यु पछि अलपत्र बाजुराका ६ भाइबहिनीले पाए शाहारा, काठमाडौमा उद्धार 

आमाको मृत्यु पछि अलपत्र बाजुराका ६ भाइबहिनीले पाए शाहारा, काठमाडौमा उद्धार 

  • शनिबार, जेष्ठ २७, २०८०
आमाको मृत्यु पछि अलपत्र बाजुराका ६ भाइबहिनीले  पाए शाहारा, काठमाडौमा उद्धार 
बाजुरा– त्रिबेणी नगरपालिकामा १ छताराका अलपत्र ६ भाइबहिनि उद्धार भएका छन् ।  ३२ बर्षिय अस्मीता देबि दमाइको बच्चा जन्माएको २१ दिनपछि मृत्यु हुदाँ १ महिनाकी छोरी सहित ६ भाइबहिनि अलपत्र परेको समाचार प्रकाशित पछि उद्धार भएको त्रिबेणी नगरपालिकाका उपप्रमुख कमला न्यौपानले वताईन् ।
बच्चा जन्माएको केहि दिनमा अत्याधिक रक्तस्रापपछि अस्मीताको उपचारका क्रममा सेति प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो । बडिमालिका खबर लगायत सञ्चारमाध्यमा समाचार प्रकाशित पछि काठमाडौमा रहेको शान्ति सेवा गृहले पालनपोषण र शिक्षाको समेत जिम्मा लिने गरि बच्चाको उद्धार भएको शान्ति सेवा गृह काठमाडौका कार्यक्रम संयोजक बिजेन्द्र कुवरले वताएका छन् ।
समाचारमा आमाको मृत्युपछि ६ भाइबिहिनी बिच्चली रहेको थाहा पाएपछि नगरपालिका सँग समन्वय गरेर काठमाडौ ल्याएको संस्थाले वताएको छ । १ महिनाकी शिशु दुध नपाएर तड्पिरहेको समाचार बाट थाहा पायौं, कसैलाइ पनि नछुटाउने गरि ६ जना भाइबिहिनीको उद्धार गरेको संस्थाकी कार्यक्रम निर्देशक अप्सरा कार्कीले वताईन् ।
बच्चा अलपत्र परेको जानकारी बडिमालिका खबरको टिम स्थलगत रिपोटिङ्गमा पुगेको थियो । आमाको मृत्युपछि १ महिनाकी छोरी अलपत्र परेकि थिइन् । दुध किन्न पैसा नहुदा गाउँलले दिएको दुध खुवाएर बाचिरहेकि थिइन् । उनका श्रीमान मनराज दमाइ पनि अस्वस्थ छन् । उनि  छोरीलाइ दुध खोज्न गाउँ डुल्ने गरेका थिए । गाउँलेले दिएको दुधले बहिनीलाइ बचाइरहेको दिदि शुशिला नेपालीले वताएकि छन् । भैसी किन्ने त धेरै टाढाको बिषय हो, दुध किन्न पैसा नहुदा निकै समस्या परेको शुशिलाले रुदै वताएकि थिइन ।
अस्मिताकि १ महिनाकी छोरी मात्र नभइ डेढ बर्षकि छोरी सिबानी नेपाली पनि खान नपाएर कुपोषित रहेकि छन् । सिबानीलाइ समेत दुध मागेर खुवाउनु परेको थियो । कसैले दुध दिए दुबै बहिनीलाइ अलिअलि खुवाउने गरेको दिदि शुशिलाले वताईन् । डेढ बर्ष सिबानी र १ महिनाकी बालिकालाई दुध आबश्यक रहेको छ ।
अस्मिताको मृत्यु पछि उनका ६ वटा सन्तान अलपत्र रहेका छन् । अस्मिताको परिवारको नबस्ने घर छ, न खाने जमिन समेत नभएको गाउँलले वताएका छन् । उनिहरु सबै आफन्त नाता लाग्ने चन्द्रा दमाइको घरमा बस्दै आएका छन् । चन्द्रा पनि एकल महिला हुन् । अस्मिताकि छोरी जेठि शुशिला नेपाली १२ बर्षकि भइन् । त्यस्तै सुस्मिता ९ बर्ष, समीया ७ बर्ष, छोरा शिसिर ६ बर्षका रहेका छन् । त्यस्तै सिवानी डेढ बर्ष र कान्छि १ महिनाकी पुगिन् । आर्थिक अभाब तथा बिपन्न भएकाले अस्मिताकि कुनै पनि छोरी बिद्यालय नजाने गरेका छन् । शुशिलाका ६ भाइबहिनी कुपोषित रहेका छन् ।
बैशाख २० गते छैटो सन्तानका रुपमा छोरी जन्माएकि अस्मितालाइ रक्तस्राप भएपछि आफन्तले ९ दिन पछि अछामको बयलपाटा अस्पताल लगेका थिए । त्यहाँ ठिक नहुने भन्दै सेति प्रादेशिक अस्पतालमा लगेका थिए । त्यहाँ उपचारका क्रममा मृत्यु भएका थियो ।
समाचार प्रकाशित पछि बालवालिकालाइ आर्थिक सहयोग समेत जुटेको त्रिवेणी नगरपालिका उपप्रमुख कमला न्यौउपानेले वताईन् । अष्ट्रलियामा इश्वर पोखरलेको नेतृत्वमा ५ लाख ४१ हजार ९० रकम संकलन भएको थियो । त्यस्तै अन्य सहयोगिले पनि सहयोग गरेका थिए ।
मंगल शाहि ४०००(Royal Mars), बाजुरा कृषि कार्यलय हाकिम Hari Paneru ४०००। Ravi Kandel ५०००| Amit Dhungana 10100 | सिमा खत्रि ढकाल 6000|, उमेश डागि -१००० | leon Sancho shresth Balaju- ktm-40000 | Madhu Gurung १६,३००, युवराज भट्ट बडिकेदार गाउँपालिका लेखापाल डोटि ५००० सहयोग गर्नु भएको छ । त्यस्तै उपसना आचार्य अष्ट्रलिया 5000,बाजुरा पुर्व cdo Gopal Adhikari-5000, Thaneshwar yadav -1000, devi basnet/thapa-10000 (Smile Thapa), Bibek dahal 500, बासु -5116, हरि पाण्डे गुल्मि -१०००, सिता अधिकारी भटराइ-५५०० सहयोग गर्नु भएको छ ।
सम्झना पौडेल ५०००-वालाराम राइ ८५३५- भगवति क्षेत्रि १००० दाङ, सुरक्षा शाह भैसिपाटि बाट ६०००, भारत बाट ३२००,
Rekha Shah Karki- 5000, Samrita bk_15000 इटहरि, , विजय कुमार मेहता -१०००,सुनसरि, कृष्ण गौतम र उहाँकि छोरि ममता गौतम 39,566,Jamuna Moktan- ५०००, छोरिको जन्म दिनको अवसरमा Surya subar rolpa dxn -3010 Pushpa Shrestha & Ashoke shrestha-10000 सहयोग गर्नु भएको छ ।
सहयोग रकम संस्थाको खातामा बच्चाको पालनपोषणमा जम्मा गर्ने गरि जम्मा गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार