बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • समाज
  • दुधिर आधरभुत्त बिद्यालयका ६० जना वालवालिकालाई स्कुल ड्रेस र शैक्षिक सामाग्रि सहयोग

दुधिर आधरभुत्त बिद्यालयका ६० जना वालवालिकालाई स्कुल ड्रेस र शैक्षिक सामाग्रि सहयोग

  • शुक्रबार, जेष्ठ १९, २०८०
दुधिर आधरभुत्त बिद्यालयका ६० जना वालवालिकालाई स्कुल ड्रेस र शैक्षिक सामाग्रि सहयोग

बाजुरा–बुढिगंगा नगरपालिका ९ जुवापानिमा रहेको दुधिर आधरभुत्त बिद्यालयमा रहेका ६० जना बिद्यार्थीलाई स्कुल ड्रेस र शैक्षिक सामाग्रि सहयोग गरिएको छ । Nepali Heritage Charity Foundation Of BC (NHCF) क्यानडाको आर्थिक सहयोग र बडिमालिका मिडिया हाउसको समन्वयमा विपन्न बिद्यार्थीलाई शैक्षिक सामाग्रि बितरण गरिएको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष धन बहादुर सिंहले वताएका छन् ।
बिपन्न तथा आर्थिक अबस्था कमजोर भएका ४० जनालाई उक्त संस्था र २० जनालाई बिद्यालयको बाट गरि ६० जनालाई सहयोग गरिएको बिद्यालयका प्रअ बिक्रम बहादुर सिंहले वताएका छन् । स्कुल ड्रेस, झोलो, कापि, कलम, पेन्सिल, औजार बक्स लगायतका शैक्षिक सामाग्रि सहयोग गरेको सिंहले वताए ।
बिद्यालय व्यबस्थापन समितिको निर्णय गरेर संस्थालाई ४० जना छनोट गरेर पठाएको थियो संस्थाले त्यहि अनुसार सहयोग गरेको थियो । अन्य २० जनापनि शैक्षिक सामाग्रि किन्न सक्ने नभएका आर्थिक अबस्था कमजोर भएकाले बिद्यालयको तर्फबाट सहयोग गरेको बिद्यालयले जनाएको छ ।
NHCF  संस्था का अध्यक्ष देबेन्द्र हमालले भने दुर्गम ठाउँमा सामुदायिक बिद्यालयमा आर्थिक बिपन्न बालवालिकालाई लक्षित गरेर छात्रबृत्तिको कार्यक्रम सञ्चालन गरिएको वताए । संस्थाले यो दोस्रो चरणमा सहयोग गरेको हो । पहिलो चरणमा २५ जनालाइ शैक्षिक सामाग्रि सहयोग गरेको थियो । अभिभाबक खकि चदाराले भने शैक्षिक सामाग्रि किन्न सक्ने आर्थिक थिएन्, संस्थाले शैक्षिक दिदा ठुलो सहयोग भएको वताए ।
बिद्यालयमा २ सय ६ जना बिद्यार्थी अध्यनरत भएपनि अहिले ६० जनालाई मात्र बितरण गरिएको हो । कक्षा १ देखी ८ कक्षा सम्म पढाइहुने गरेको बिद्यालयमा भौतिक पुर्वाधार अभाबमा पठनपाठनमा निकै समस्या रहेको बिद्यालयले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार