मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • भारतको जम्मुमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

भारतको जम्मुमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

  • मङ्लबार, जेष्ठ १६, २०८०
भारतको जम्मुमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

काठमाडौं– भारतको जम्मुमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । अमृतसरबाट कटरा जाँदै गरेको बस झज्जर कोटली भन्ने स्थानमा दुर्घटना हुँदा सात जनाको मृत्यु भएको समाचार एजेन्सी एनएनआईले जनाएको छ । सो बसमा बिहारका बासिन्दा चढेका थिए ।

घाइतेहरुमध्ये चार जनाको अवस्था गम्भीर छ । उनीहरुको उपचार सरकारी अस्पतालहरुमा उपचार भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार