शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • बुढीगंगा नगरपालिकामा महिनाबारी स्वच्छता दिबस सम्पन्न

बुढीगंगा नगरपालिकामा महिनाबारी स्वच्छता दिबस सम्पन्न

  • सोमवार, जेष्ठ १५, २०८०
बुढीगंगा नगरपालिकामा महिनाबारी स्वच्छता दिबस सम्पन्न

बाजुरा —  मर्यादित महिनाबारी हाम्रो जिम्मेवारी  भन्ने नाराका  देउडा प्रतियोगिता आयाेजना गरी गर्दै मे २८ महिनाबारी स्वच्छता दिबस मनाइएकाे छ ।  बुढीगंगा नगरपालिका वडा न: २ को ताप्रा गाउमा  दिवस मनाइएकाे हाे ।
बुढीगङा नगरपालिका २ नम्बर वडा कार्यालयको आयोजना गुड नेबर ईन्टरनेशनल नेपाल र पीसविन बाजुराको सहयोगमा आयोजित उक्त देउडा प्रतियोगिता वडाध्यक्ष पदम भन्डारीको अध्यक्षतामा संचालन गरिएकाे पिसविन बाजुराका महेश जाेशीले बताएका छन ।

नेपाल रास्ट्रिय शिक्षक महासङका केन्द्रीय सदस्य तुला बहादुर थापाको प्रमुख आतिथ्यता र निबर्तमान नगर उप प्रमुख तारा खातीको बिशिस्ट आतिथ्यतामा सन्चालन गरिएको  जाेशीले बताए ।
समाजमा सामाजिक कुसंस्कारको रुपमा रहेको छाउपडी कुप्रथाको अन्त्य गर्न समुदायमा महिनाबारीप्रती सकारात्मक धारणा ल्याइ समाजमा महिनाबारी स्वच्छता ब्यबस्थापनमा सचेतना फैलाउने उद्देश्यका साथ संचालन भएको उक्त प्रतियोगितामा ६ भन्दा बढी समुहको प्रतिस्पर्धा रहेको आयाेजकले जनाएकाे छ  ।

देउडा गित मार्फत सहभागीले महिनाबारी प्राकृतिक प्रक्रिया भएको र स्वस्थताको प्रतीक भएकोले यसलाई नकारात्मक रुपमा नबुझ्न र महीनाबारीको समयमा महिलालाई विभेद गर्न नहुने कुरा प्रस्तुत गरेका थिए  ।

महिनाबारीलाइ मर्यादित र सम्मानित बनाउनु पर्ने र महिलाहरुले पनि महिनाबारी हुदा सरसफाइ स्वच्छतामा ध्यान दिनुपर्ने ,सुरक्षित बसाइ ,आराम र पोषणयुक्त खाना खानुपर्ने सुझाब पनि देउडा मार्फत सहभागीले गराएका थिए  । ३ सय  जनाभन्दा बढी सहभागी उपस्थित उक्त कार्यक्रममा छाउपडी कु प्रथाको अन्त्य गर्न बुढीगंगा नगरपालिकाको वडा नम्बर २ लाई महिनाबारी स्वच्छतामैत्री वडा बनाउन सबै सहभागीले प्रतिबद्धता ब्यक्त गर्दै प्रतिबद्धता ब्यानरमा हस्ताक्षर समेत  गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार