शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कला /साहित्य
  • कस्तो रह्यो भनौँ यो गणतान्त्रिक सफर

कस्तो रह्यो भनौँ यो गणतान्त्रिक सफर

  • सोमवार, जेष्ठ १५, २०८०
कस्तो रह्यो भनौँ यो गणतान्त्रिक सफर

कस्तो रह्यो भनौँ यो गणतान्त्रिक सफर हाम्रो,
शमिक्षा गरौँ कतागए खोला अनि बगर हाम्रो।

भनौँ शहीदलाई कत्ती सम्झिन्छौँ हिंजो आज,
देश र जनतालाई कत्तिको छ भनौँ भर हाम्रो।

एउटा राजा फाल्यौँ र आए उनै बाइसे चौबिसे,
फैलिंदैगयो झन बिखण्डन देशमा जहर हाम्रो।

भ्रष्टाचारका अनगिन्ती काण्डहरू फर्केर हेर्दा,
न देशमा रोजगार न बनेकोछ एउटा घर हाम्रो।

बिखण्डन् भयो हिमाल पहाड तराई घायल छ,
थियो यो अखण्ड स्वर्ग तुल्य देश सुन्दर हाम्रो।

एउटै सरकार थियो आज आठौटा छन देशमा,
शान्ति छैन मनभित्र,हुन्छ हेर्दा मुटु परपर हाम्रो।

चर्चामा

सम्बन्धित समाचार