शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • राजनीति गदर छ भ्रष्टाचारी अगाडी आएपछि

राजनीति गदर छ भ्रष्टाचारी अगाडी आएपछि

  • आइतवार, जेष्ठ १४, २०८०
राजनीति गदर छ भ्रष्टाचारी अगाडी आएपछि

देश शुरक्षित सम्झिन्छन् दलाल छानेर जनता,
मख्ख र्छन् आफुलाई उन्कै दाश मानेर जनता।

राजनीति गदर छ भ्रष्टाचारी अगाडी आएपछि,
तलैबाट लान्छन् उनी आफूजस्तै तानेर जनता।

समाज पनि उस्तै छ भ्रम कुरितीको दाश भयो,
भौतिकवादी ठान्छ कुसँस्कारमा बानेर जनता।

अरूलाई भ्रष्टाचारी भन्छ आफुलाई त्यहीं राखी,
लुटेको छ आफुलाई महान आफै ठानेर जनता।

कति बस्छौ अन्याय र अत्याचार सहेर उठ जुटौं,
आफ्नै पसिनाले अवसरबादीलाई धानेर जनता।

चर्चामा

सम्बन्धित समाचार