शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • सामाजिक संजालमा आफु माथि लगाएको ओरोप राजनिति पूर्वाग्रह मात्र – मेयर खड्का

सामाजिक संजालमा आफु माथि लगाएको ओरोप राजनिति पूर्वाग्रह मात्र – मेयर खड्का

  • मङ्लबार, जेष्ठ ९, २०८०
सामाजिक संजालमा आफु माथि लगाएको ओरोप राजनिति पूर्वाग्रह मात्र – मेयर खड्का

बाजुरा– केही दिन देखी बडीमालिका नगरपालिकाका नगरप्रमुख अमर खड्का लगाएत कर्मचारीका विषयमा लगाएको आरोप विपक्षको निराधर रहेको बताएका छन् । केही दिन अगाडी प्रमख प्रशासकीय अधिकृत र प्राविधिक समेत नगरपालिकालाई जोडेर सामाजिक संजालमा आर्थिक चलखेल गरेको पत्र निराधार भएको नगर प्रमुख अमर खड्काले बताएका छन् ।
सोमबार बडिमालिका नगरपालिकाले गरेको पत्रकार सम्मेलनमा नगर प्रमुख खड्काले यस्तो बताएका हुन । नगर प्रमुख खड्काले सामाजिक सञ्जालमा फैलाइएको कपोकल्पित भ्रमका पछाडी नलाग्न नगरबासीलाई आग्रह गरेका छन् । सामाजिक संचाजलमा आफ्नो चरित्र हत्या गर्न खोजिएको समेत उनले बताए ।
बैशाख १ गते बडिमालिका नगरपालिकाका नगरप्रमुख खड्का र प्रमुख प्रशासकिय अधिकृत रंगमल विकले आर्थिक चलखेल गरेको भन्दै एउटा बन तथा भु संरक्षण विभागको पत्रको केही अंश फेसवुक मार्फत सार्वजनिक गर्दै भरम सिर्जना गर्ने काम भएको प्रमुख खड्काले बताए । पत्र पुरा सार्वजनिक नगरेर नगरप्रमुख अमर खड्का प्रमुख प्रशासकीय अधिकृत्त रंगमल विक र प्राबिधिकको नाम जोडेको अंश सार्वजनिक गरिएको उनले बताए ।
पत्रमा लेखिएको विषय आफु पदबहाली हुनुभन्दा पहिलेको विषय हो । उजुरी पछि वातावरण मूल्याङ्कन भए नभएको सम्बन्धित निकाएले मागेको र त्यसको जवाफ सम्वन्धित निकाएलाई पठाई सकेको नगर प्रमुख खड्काले बताए । पत्रको केही अंश मात्र सामाजिक संजालमा सार्वजनिक गरेर आफ्नो र नगरपालिका कर्मचारीको चरित्र हत्या हुनेगरि गरिएको विषयमा आफु साईभरमा जाने तयारीमा रहेको बताए ।
सोमबार पत्रकार सम्मेलन मार्फत प्रेस विज्ञप्ती सार्वजनिक गर्दै नगर प्रमुख अमर खड्काले आर्थिक बर्ष २०७८÷०७९ मा बडिमालिका नगरपालिकाको २०७८ कार्तिक १६ गते बसेको ७० औं कार्यपालिकाको वैठकमा मार्तडी फुलचढाउना सडकको प्रारभिक बातावरणीय परिक्षण प्रतिवेदन स्वीकृत भई सोही अनुसार ०७९ चैत्र २१ गते नै ई विड प्रणाली मार्फत डेक्का प्रकृया सुरु भएको थियो । सोही अनुरुप ०७९ जेठ ५ गते ठेक्का प्रकृया सवै पुरा भईसकेको थियो आफू जेठ ६ गते मात्र नगर प्रमुखको रुपमा पदबहाल भएको नगर प्रमुख खड्काले बताए । यस्तो कपोकल्पीत निराधार आरोपको र अनावश्यक भ्रम सिर्जना प्रति गम्भिर ध्यानाकर्षण भएको बताईएको छ ।
२०७९ चैत्र २१ गते तत्कालिन नगरकार्यपालिकाको निर्णय अनुसार सार्वजनिक खरिद ऐन तथा नियमावलीको अधिनमा रहि इ विडिङ प्रणाली मार्फत ठेक्का प्रक्रिया अगाडि बढाई सोहि अनुसार हालको दोस्रो स्थानिय चुनाव मार्फत निर्वाचित भई बडिमालिका नगरपालिकामा पदबहाली हुनु भन्दा पहिले नै मुल्याङ्कन भई प्रक्रिया अगाडी बढिसकेको थियो । ठेक्का प्रक्रियामा कुनै पनि व्यक्तिगत स्वार्थ लिन नपाएको झोकमा राजनीतिक प्रतिशोध साँध्ने गरि पूर्वाग्रह र सुनियोजित रुपमा विभिन्न निकायमा बेनामी उजुरी दर्ता गर्ने गरेका छन् । उक्त उजुरीको केही अंश मात्र सामाजिक संजालमा सार्वजनिक गरेर नगरबासीलाई भरम सिर्जना गर्ने कार्य मात्र भएको र यस्तो झुट कपोकल्पित भ्रममा नपर्न नगर प्रमुख खड्काले बिज्ञप्ती मार्फत जानकारी गराएका छन् ।
निर्माण व्यावसायि संघ जिल्ला शाखा बाजुराका सदस्य र सामुदायिक बन उपभोक्ता समिति बडिमालिका नगरपालिकाका सदस्यहरुले नगर प्रमुख अमर खड्का र प्रमुख प्रशासकिय अधिकृत रंगमल विक समेत संलग्न रही नगरपालिकाका कर्मचारीको मिलोमतोमा आर्थिक चलखेल गरि आफु अनुकुलका व्यक्तिलाई ठेक्का दिई पुरै रकम भुक्तानी दिने गरी ठेक्का सम्झौता गरेको भन्दै उजुरी परेको पत्रको केही अंश सार्वजनिक भएको थियो ।

 

चर्चामा

सम्बन्धित समाचार