शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • देश
  • आज यी चार प्रदेशमा चट्याङ्गसहित हल्लका वर्षाको सम्भावना, कोशी र मधेस प्रदेशमा हावाहुरी

आज यी चार प्रदेशमा चट्याङ्गसहित हल्लका वर्षाको सम्भावना, कोशी र मधेस प्रदेशमा हावाहुरी

  • मङ्लबार, जेष्ठ ९, २०८०
आज यी चार प्रदेशमा चट्याङ्गसहित  हल्लका वर्षाको सम्भावना, कोशी र मधेस प्रदेशमा हावाहुरी

काठमाडौँ– हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशको पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहने छ । कोशी, बागमती , गण्डकी र मधेस प्रदेशका एक वा दुई स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र मधेस प्रदेशको तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

आज राति भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

चर्चामा

सम्बन्धित समाचार