बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • देश
  • दलितले मन्दिरमा बिहे गर्ने थाहा पाएपछि ब्रामण फरार

दलितले मन्दिरमा बिहे गर्ने थाहा पाएपछि ब्रामण फरार

  • सोमवार, जेष्ठ ८, २०८०
दलितले मन्दिरमा बिहे गर्ने थाहा पाएपछि ब्रामण फरार

बाजुरा ८ जेठ– बडिमालिका नगरपालिका ८ स्थित बडिमालिका मन्दिरमा दलितले बिहे गर्ने थाहा पाएपछि मन्दिरका मुख्य ब्रामण देवराज पाध्याय फरार भएका छन् । आईतबार नै पुजारीलाई भोली सोमबार बिहे गर्ने भन्दै खवर गरेको आज मन्दिर नै बन्द गरेर फरार भएका दलित पत्रकार महासघ बाजुराका अध्यक्ष मदन विकले बताए ।
ब्रामण आउलान भनेर बिहान देखि ३ घण्टासम्म मन्दिर बाहिर कुरेर बसेका थियो । फोन गर्दा फोन सम्पर्क हुन सकेन भन्न थाल्यो । पछि तीन घण्टा पछि मन्दिर बाहिर नै टिका लगाएर समान्य हिसावले विहे गरेर घर फर्केको विकले बताए ।
बडिमालिका नगरपालिका ९ का प्रकाश विकले कन्चनपूर जिल्लाबाट पार्वती सुनारलाई भगाएर ल्याएका पछि बडिमालिका मन्दिरमा बिहे गने लागेका थिए ।
कन्चनपूरबाट भगाएर ल्याएको त दुई महिना बढी भयो तर बिधिवत तरिकाले बिहे गर्ने उद्देश्यले मन्दिरमा बिहे गर्ने गरि ब्रामणलाई जानकारी गराएको दुलाह प्रकाश विकले बताए ।
हामीलाई मन्दिर भित्रै पस्नु थिएन पुजारीले बडिमालिका देवीलाई चढाउने पुजाको सामान राखिदिए भईहाल्थ्यो । ब्रामण नआएपछि मन्दिरको झ्यालबाट बडिमालिका देविलाई प्रसाद चढायौ विकले बताए ।
यो बिषयमा मन्दिरका ब्रामण देवराज पाध्यायले चलाउदै आएको ९८४८४५८९६९ नम्वरको मोवाईल सम्पर्क हुन सकेन भन्छ । पुजारीका छिमेकीलाई सोध्दा बिहान मन्दिरमा दियो बालेर काम छ भन्दै गएका हुन खै कता जानु भयो थाहा नभएको बताएका छन् ।
बडिमालिका नगरपालिकाका नगरप्रमुख अमर खड्काले आफुले पनि सामाजिक संजालमा ब्रामण फरार भएको कुरा थाहा पाएपछि बडिमालिका ९ का वडा अध्यक्ष सुर्यकिरण विकलाईलाई फोन गरेर सम्वन्धित निकाएमा निवेदन दिनु र त्यस पछि वास्तविकता के हो छानविन गरौला भनेको बताए । यदि उजुरी पछि छानविनमा गल्ति भएको देखि कानुन अनुरास कार्वाही गरिने बताए ।
बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले बडिमालिका नगरपालिका ९ का वडा अध्यक्ष सुर्यकिरण विकले फोन गरेर घटना बारे जानकारी गराएको छ । आफु पनि घटनाको बारेमा बुझ्दै छु । वडा अध्यक्षलाई नियम अनुसार निवेदन प्रकृयामा आउन भन्ने सल्लाह दिएको बताए । पीडित पक्षको निवेदन आएपछि घटनाबारे अनुसान्धन थाल्ने बताए । अनुसान्धानको क्रममा दोषि देखिए कानून बमोजित कार्बाही अगाडी बढाउने प्रमुख जिल्ला अधिकारी खड्काले बताए ।
पिडित पक्षले जातिय छुवाछुत तथा अमानविय बेहाहार सम्बन्धि उजुरी दिने तयारीमा रहेको बताए ।

चर्चामा

सम्बन्धित समाचार