शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • देश
  • बझाङ हिमपहिरो : सबैको पहिचान खुल्यो,दुईको मृत्यु, दुई घाइते,एक बेपत्ता

बझाङ हिमपहिरो : सबैको पहिचान खुल्यो,दुईको मृत्यु, दुई घाइते,एक बेपत्ता

  • सोमवार, जेष्ठ ८, २०८०
बझाङ हिमपहिरो : सबैको पहिचान खुल्यो,दुईको मृत्यु, दुई घाइते,एक बेपत्ता

अर्थ जङ्ग शाही बझाङ– आइतबार बझाङको सुर्मा गाउँपालिकामा गएको हिमपहिरोमा परेका पाँचै जनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक रमेशदत्त अवस्थीका अनुसार मृत्यु हिमपहिरोमा परेर सुर्मा गाउँपालिका–३ काँटेकी रामकोइला देवी बोहरा र जयपृथ्वी नगरपालिका–११की रमिता धामीको मृत्यु भएको छ ।

रामकोइलाको शव सदरमुकामस्थित जिल्ला अस्पतालमा ल्याइएको छ । केही बेरमैं शवको पोष्टमार्टम हुने अवस्थीले बताए ।हिमपहिरोमा परी मृत्यु भएकी रमिता धामीको शव गाउँलेले फेला पारेको तर सदरमुकाम ल्याइनसकेको अवपस्थीले बताएका छन् ।

जयपृथ्वी नगरपालिका–११ चैनपुरका आकास धामी र सुर्मा गाउँपालिका–३ का बाबजी बोहरा घाइते भएका छन् । उनीहरुलाई सदरमुकाम ल्याउने प्रयास भइरहेको छ । हिमपहिरोमा पर्ने जयपृथ्वी नगरपालिका–११ की १४ वर्षिया जामती धामीको अवस्था भने अज्ञात रहेको इन्स्पेक्टर अवस्थीले बताए ।

प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयका अनु्सार हिमपहिरो गएको धानसेरा पाटनमा अहिलेसम्म पनि उद्दार टोली पुग्न सकेको छैन । उनले नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्दार टोली आज साँझसम्म मात्रै घटनास्थल पुग्ने बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार